Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सर्वोच्चको आदेशमा भेटियो गल्ती, नवराज सिलवालको मुद्दामा यमुनाकुमारीको मुद्दाको के साइनो?

Posted on April 12, 2017April 13, 2017 by Salokya


सर्वोच्च अदालतमा ईश्वरै हुन्छन्, उनीहरु केही गल्ती गर्दै गर्दैनन् भन्ने सोच भएकाहरुलाई एउटा धक्का सर्वोच्च अदालतको फूल बेञ्चले जोडेको डिआइजीहरुको कार्य सम्पादन मूल्याङ्कनको नम्बरको हिसाब गडबड भएको हुनसक्ने समाचारले दियो। तर पनि हैट, कहाँ सर्वोच्चले गल्ती गरेको होला, सरकारले नै कीर्ते गरेको पो हो कि भन्ने मनको एउटा कुनामा राखेर बस्नेहरु छँदैछन्।

आज फेरि नवराज सिलवालको मुद्दामा ईश्वरप्रसाद खतिवडा श्रीमानको आदेशमा गल्ती भेटिएको छ। सर्वोच्च अदालतको वेबसाइटमा राखिएको चार पेजको आदेशमा पेज २ मा गल्ती भेटिएको हो। आदेशको बुँदा नम्बर ५ (क) मा उल्लेख भएको सात दिनभित्र मिसिल मगाउन भनिएको 073-WO-0022 मुद्दा नवराज सिलवालको नभएर यमुनाकुमारी श्रेष्ठ (स्नेहा) को मुद्दा हो। नवराज सिलवालको मुद्दामा यमुनाकुमारीको के साइनो पर्ने हो कुन्नि?

आदेशमा उल्लेख भएको मुद्दा नम्बरबाट सर्वोच्चको वेबसाइटमा मुद्दाको विस्तृत विवरण खोज्न मिल्छ। त्यस अनुसार खोज्दा 073-WO-0022 मुद्दाको विवरण यस्तो छ-

यो स्नेहाज केयरकी अध्यक्ष यमुनाकुमारी श्रेष्ठ (स्नेहा) ले मन्त्रिपरिषद् तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाई दायर गरेको मुद्दा हो। नवराज सिलवालको मुद्दासँग यसको कुनै साइनो छैन। तर पनि आदेश अनुसार गर्ने हो भने सिलवालको मुद्दामा 073-WO-0022 को मिसिल र सोसँग लगाउमा रहेका सबै मिसिलहरु सात दिनभित्र झिकाएर सँगै राख्नुपर्ने स्थिति आएको छ।

आइजी मुद्दामा आज जनआस्था साप्ताहिकले पनि बडो रोचक समाचार दिएको छ। समाचारमा फैसलाको भोलिपल्ट बेन्च सहायकले प्रधान न्यायाधीश सुशीला कार्कीसँग श्रीमान् गडबड भए जस्तो छ, यहाँ त नम्बर फरक पर्‍यो भनेको र त्यसपछि न्यायाधीशहरुबीच मुखामुख चलेको उल्लेख छ। समाचारमा सम्मानीत सर्वोच्च अदालतलाई हिसाबमा हडबडाएको सीधा आरोप छ, गडबड भएको कार्यसम्पादन मूल्यांकनको आधारमा सर्वोच्चले फैसला सुनाएको पनि उल्लेख छ। के शेरबहादुर देउवालाई जस्तो कसैले जनआस्थालाई पनि मानहानीको मुद्दा लगाउने आँट गर्न सक्लान् त गलत हो भने? हैन भने त…

1 thought on “सर्वोच्चको आदेशमा भेटियो गल्ती, नवराज सिलवालको मुद्दामा यमुनाकुमारीको मुद्दाको के साइनो?”

  1. भिम says:
    April 13, 2017 at 4:54 pm

    लाज शरम पचेकाले कसरी राजीनामा गर्ने? अदालत र अदालतको परिसरमा के हुन्छ त्यो बुझ्न् गाह्रो छैन|
    हजारौं मुद्दाहरु पेन्डिङ राखेर कसरी सुत्न सकेका होलान श्रीमानहरु?
    अर्का रतिभर लाज शरम नभएका शेखर कोईरालाले अस्ती मात्रा न्याय पालिकालाई ब्यवस्थापिका अन्तर्गत राख्ने सुझाव दिएछन|के भन्न् खोजेको हो, उस्लाई शक्तिको प्रिथकीकरणको सिद्धान्त कसले बुझाउने हो?
    शेरेले कि रामचन्द्रले| होइन खुमे र गोबिन्देले पो होला|
    यो त सुर्यजीलाई सोध्नपर्ला|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme