अभागी खप्पर जता गए नी ठक्कर भन्ने भनाई आजकाल ठयाक्कै मेल खान पुुगेको छ, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका हकमा । नयाँ दल खोलेर नयाँ प्रजातान्त्रिक शक्तिको केन्द्र बन्ने सपना क्रमशः उडायो सपना सबै हुरीले भने जस्तै भयो, भैरहेकै छ । मुुमाराम खनालदेखि रामेश्वर खनालसम्म, सरोज खनालदेखि निर्मल भट्टराईहरु सम्मको डफ्फाले पार्टी छाडेर लाउनुुसम्मको बात लगाई हाले ।
दशरथ रंगशालामा हजारौंका वीच तामझामका साथ घोषणा गरिएको पार्टी वर्षदिनको पनि नहुदै क्रमशः खिया पर्न थालेको देखेर हो की जनयुद्धदेखिको ईख साँध्न हो प्रधानमन्त्री प्रचण्डले निकै पारा मिलाएर दलीय चुनाव चिन्ह आँखासहित आगामी स्थानीय तह चुनाव लड्ने बाटोमा पनि तगारो हालेका छन ।
दलीय चुनाव चिन्ह सहित चुनाव लड्न पाम भनेर अस्ति भर्खर निर्वाचन आयोग घेर्न के पुुगेका थिए, फेरि धर्मपत्नी हिसिला यमीले डक्टर सापलाई झ्याप्पै एम्वुुसमा पारिदिईन । ओहो, देशै खारेज गर भन्ने हिसिला यमीको नारावाजी शहरमा के निहुुँ पाम र डाक्टर दम्पतिलाई खेदौं भन्नेहरुका लागि के खोज्छस कानो आँखा भने सरह भैगयो । माफी पाम, जनजातीकी छोरीले बेहोसीमा गल्ती नारा बोलिछुु भन्दा पनि हिसिलिाको हिहीमा डा. बाबुरामलाई छि छि दूरदूर गर्ने कत्ति भए कति । अभागीले खाने बेलामा हुुरीबतास भने जस्तै यहाँ पनि हुनुु नहुनुु बदनामी नै भो ।
वालुुवाटारमा ६४ दलीय मोर्चालाई संगै लिएर जादा पनि प्रचण्डले आँखा चुनाव चिन्ह सहित चुनाव लड्न पाम भन्ने आग्रह एक कानले सुनाईदिए, अर्को कानले उडाईदिए । निर्वाचन आयोग घेर्न जादा दिनभर प्रहरी क्लवमा बन्दी बनाए । त्यही धर्ना बस्छुु भन्दा पनि फेरि उनै प्रहरीले लछारपछार गरेर वेईज्जतीपूर्वक फेरि प्रहरी हिरासतबाट पनि निकाला गरिदिए ।
फेरि विचरा डाक्टर साप धाए बुुढानिलकण्ठ । भेटे काँग्रेसका शेरलाई । तर प्रचण्डको बुुई चढ्ने बानी परेका शेरबहादुरले पनि ल ल हुुन्छ, पहल गर्छु नी भन्ने भन्दा परको कुनै ठोस आश्वासन र भरपर्दो ढाड्स दिएन्न ।
बाबुराम आफै हुन एक जना ख्यातीप्राप्त डाक्टर । त्यो पनि हिन्दूस्तानी सौजन्यका पिएचडी डाक्टर । तर यति ठूला डाक्टरको यसपालीको रोग भने निकै पेचिलो छ हजुर निकै पेचिलो ।
झट्ट हेर्दा डाक्टर सापको रोग नाँगो आखाले हत्तपत्ति देखिदैन । तर रोगले भित्रभित्रै च्यापिसकेको छ । नराम्ररी गाँजीसक्या छ । त्यही भएर उनले रोग निको पार्न पूर्व सहकर्मी प्रचण्डकहाँ धाउदा चोक्टा खान गैथिस, झोलमा डुुबेर मर भन्या जस्तो भान हुुन्छ विचरा डाक्टर सापलाई ।
केही सीप नलागेर वैद्य बाको पनि धाए डाक्टर । तर विचरा निकै कमजोर भैसकेछन उ बेलाका बलिया क्रान्तिकारी वैद्य बा पनि । उनी सडकमा ओर्लदा स्याँ स्याँ निकै बढ्ने रैछ, त्यै भएर सीपिलाई पठाए कान्तिपथमा बहादुर भवन अगाडिको बहादुरी प्रदर्शनमा । तर के गर्नु वैद्यलाई नै बिमार लाग्या र वुुढौली बढ्या बेलामा वैद्य बा पनि डाक्टरको रोग निको हुने, समस्या २० को १९ हुने कुनै छेक्छन्द नै आएन भन्या ।
अलीक अघि ६ बुँदामा लिखत नै गरेर उपेन्द्र यादवसंग तै कुरो मिल्छ की भनेर सहकार्यको पहल पनि गरेकै हो । तर त्यो पनि कागजमा नै सीमित भो । मधेशका टाठा बाहुन परेछन उपेन्द्र यादवजी पनि । पहिल्यै दल दत्र्ता गरेर पुरानै चुुनाव चिन्ह पाई हालेछन । नयाँ वर्ष ०७४ मा उपेन्द्रको दलसंग पार्टी मर्जरका लागि रामचन्द्र झा र अशोक राईहरु, राजेन्द्र श्रेष्ठहरुलाई भूतपूर्व कामरेडी मायाको साईनोसहित पहल गरेकै हो । तर त्यसमा पनि खै खिमलालहरुदेखि गंगा श्रेष्ठहरुले खासै गोल हान्ने छाँटकाँट नै देखाएन्न । त्यसैले पछिल्ला दिनमा त डाक्टरको रोग झन झन छिप्पिदै जान थाल्या जस्तो छ ।
आफ्नै पालामा आर्थिक सम्वृद्धि भन्ने मौलिक नारासहित देश र जनताको आर्थिक कायालपट गर्ने भनेर जन्माको नयाँ शक्तिलाई उल्टो १२ लाख रुप्पे त देखाउने र अरु लाखौं देखाउन नमिल्ने आर्थिक दरिद्रीले खर्लप्प निलिसकेको छ । नामै नयाँ राखेर के के न होला भन्या, तर खासै केही नापिएन । धन्न सुुन्दरी करिष्माहरुको साथ जीवित भाकाले डाक्टर सापलाई यसो मन बुुझाउने मेलोसम्म बाँकी नै छ ।
हैन नहुने बेलामा त अनेक हुने क्या । छदाखादाको महिनाको लाखौं तलब खाने विविसीवाला पत्रकार रबिन्द्र मिश्रले पनि नयाँ शक्तिलाई बेकारमा सौता हालिदिए । गरिखाएकै थिए लण्डनमा । पपुलर छर्दै थिए नेपालमा । परोपकारी सेवा संस्था मार्फत नेपालमा सबैका हाई हाई भैरहेकै थिए । बित्थामा किन नेपाल आउनुु परया ? अनि आउन पा छैन किन पार्टी खोल्नुु परया ? नयाँ पार्टी रे, त्यो पनि ठयाक्कै नयाँ शक्तिलाई ओझेलमा पार्ने गरी । उस्तै नाम, उस्तै नीति, विचार, झण्डा र कार्यकत्र्ता । सब्बैले शहरमा बाबुरामलाई सौता भनेर भन्ने मौका नी पाईहाले । खै के, खै के ? नहुने बेलामा जता गए नी यस्तै मात्रै हुन्छ की क्या हो ? अनि त डाक्टरको रोग झन झन बढ्या बढ्यै छ ।
खासमा डाक्टरको बिमारको जड अब नखोजी भा छैन । यसका लागि फेरि एकचोटी दिल्ली नपुुगी नहुने छाँट देखियो । त्यही दिल्लीले जनयुद्धभर स्थायी प्रतिपक्षका रुपमा प्रचण्डविरोधी बन्न उक्सायो । जनयुद्धमा भारी कारवाही भोगेर पनि दिल्लीको मन राख्देकै हुन डाक्टरले । जनयुद्ध हुदै शान्ति राजनीतिमा आएपछि पनि प्रचण्डलाई साईजमा राख्न जसो जसो दिल्ली उसै उसै स्वाहा गरेर डाक्टरले दिल्लीको मन जित्न सकेको कोशिस गरकै हुन ।
तर वेईमान नै हो जस्तो छ दिल्ली । नत्र पार्टी फुुटाएर प्रचण्डलाई धक्का दिदा पनि ढाड्स दिदैन । यसो २, ४ बोरा आइसी पनि फ्यालिदिदैन । भाका राम्रा मान्छेलाई ए बस है बस, डा. सापको साथ नछोड नी भनिदिदैन । साझा पार्टीलाई साईड लाउने गरी कुनै साथ पनि दिदैन । झन अहिले उत्तर प्रदेशमा योगि आदित्यनाथको उदय भएपछि त डाक्टर सापलाई अरु त अरु भरतकेशर सिंह र दीर्घराज प्रसाईसम्मले खिसीटियूरी गर्न थालिसके । तर अहँ त्यो वेईमान दिल्ली न ढाड्स दिन्छ, न साथ । अनि भन्नुुस त यस्तो बेलामा ओराली लागेको हरिणको चाल भो गीत गाउने अवस्था आउदा डा. बबुुरामको बिमार थप बिग्रने खतरा बढ्ने नै भो नी हैन त ? कि कसो त ?
लौ भन्नुुस त संघीय गणतन्त्र नेपालको पहिलो संविधान आफ्नै पसिना समेतमा लेखेको, जारी गरेको हो । भोलिपल्टैदेखि आगो लाउदै तराई मधेश पनि डुुलेको । तर पनि त्यही संविधान लागूहुनेगरी संघीय नेपालका नयाँ ७४४ स्थानीय तहमा प्रचण्डले सत्तामा बसेर चुनाव गराउने आफू भने दलीय चुनाव चिन्हमा चुुनाव लड्न पनि नपाउने । उसै त नयाँ दल त्यो पनि बिना चुनाव चिन्ह कसरी लड्नुु चुनाव । के लड्या लड्यै हुनुु ? कसले साथ दिने ? दिल्लीले किन कुरो नबुुझिदिएको हो त ?
घरतिर हिसिला समस्यामा पारिदिन्छिन । छिमेकमा दिल्लीले । प्रचण्ड त जन्जातै धोकेवाज भैगए । वैद्यसम्म चुनावमा भाग लिने । विप्लवहरुले अब डाक्टर सापलाई गन्ने दिन गै गए । अनि यस्तो मर्नु न बाँच्नुुको हालतमा अलपत्र पारिदिनेहरुसंग डाकटर सापले कसको के भर पर्नु । लालक्रान्तिको बिरासत बिसाउदा नी नहुनी, नयाँ प्रजातन्त्रवादी मसिहा हुुँदा नी नहुनी हो भने अब क्यार्नी हो त डाक्टर सापले ?
मान्छेलाई ठुलो धोका आफै बाट हुन्छ , आफुले आफुलाई चिह्न न सकदा| बाबूराम डॉक्टर को पानी यही भा हो | राम बहादुर बंजन को प्रबचन सुन्न गा भे हुने |
नमस्ते सूर्य जी, म तपाइंको लेखहरुको फ्यान नै हो…तर कत्रो मिहिनेतले यत्रो लामो लेख लेख्नु भो र हाम्रो यत्रो समय बर्बाद भो…किनकि धेरै सस्तो पाराले लेख्नु भएछ | पहिला पहिला त विचारोत्तेजक र घतलाग्दो सिरियस लेख्नु हुन्थ्यो, अहिले यसमा चाही बाबुरामजी र अन्यको खैलो उतार्नु भएछ….नमीठो लाग्यो…तथ्यहरु त सत्य नै होलान् तर प्रस्तुति गर्द्दा चाहि यस्तो स्तरमा नझर्दा राम्रो हुन्थ्यो कि ….तपाइँजस्तो स्थापित लेखकले हास्य व्यंग्य पाराको लेख लेख्नु सुहाउदैन | सबै राजनीतिक दलका नेताहरु र कार्यकर्ताहरुलाइ केही हदसम्म आदर गरौँ….नमस्कार, धन्यवाद !