Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चितवनको गैँडाले शुक्लाफाँटा पुर्‍याइएपछि देखाएको रिस, अन्तर्राष्ट्रिय मिडियामा छाएको प्रकाश माथेमाले खिचेका गजबका पाँच फोटो

Posted on April 6, 2017April 6, 2017 by Salokya


बुधबार नेपाल अन्तर्राष्ट्रिय मिडियामा छाएको छ। यसरी छाउनुको कारण भने गैँडा हो। एक सिङ्गे गैँडा विश्वमै लोप हुन लागेको वन्यजन्तुमध्येमा पर्छ। नेपालमा यसको संरक्षणले भने राम्रो नतिजा पाइरहेको छ। गैँडाको शून्य चोरी शिकारीले यो सफलता मापन गरिरहेको छ। चितवन राष्ट्रिय निकुञ्जबाट कन्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ठाउँ फेर्न लगिएको गैँडाको फोटो खिचे एएफपीका लागि नेपाली फोटोग्राफर प्रकाश माथेमाले। त्यसैलाई गेट्टी इमेजेस, गार्डियन, डेली मेल, इन्डेपेन्डेन्ट आदिले ठूलै महत्वका साथ प्रकाशन गरेको छ। हुन पनि फोटो पनि फोटोग्राफरले गज्जबकै क्याप्चर गरेका छन्। हेर्नुस् पाँच फोटो


चितवनबाट ट्रकमा राखेर ल्याइएको गैँडालाई शुक्लाफाँटा छोडेपछि। हेर्नुस् प्रहरीदेखि निकुञ्जका कर्मचारीसम्म कसरी सुरक्षित स्थानमा बसेका छन्।


गैँडाले पहिला आफूले ल्याउने ट्रकतिर हेर्‍यो।


त्यसपछि कुद‍यो जंगलतिर।


जंगलमा हात्ती चढेका निकुञ्ज कर्मचारी र माहुते थिए। गैँडाले रिसले त्यहीँ आक्रमण गर्‍यो।

https://www.youtube.com/watch?v=o2kgaM_NHFA

कसरी लगिएको थियो गैँडा?

चितवनबाट शुक्लाफाँटामा एक भाले र चार पोथी गैँडा लाने र शुक्लाफाँटाका बाह्रसिङ्गे चितवन ल्याउने निर्णय भइसकेको थियो। चैत २१ गते बिहान सुखिभारमा वनदेवीको पूजा गरियो। त्यसपछि बिहान १० बजेर २४ मिनेट जाँदा निकुञ्जको सुखिभारको घाँसे मैदानमा एउटा भाले गैँडालाई ३० वटा हात्तीले घेरेर बीचमा पारियो। रुख चढेका निकुञ्जका प्रविधिज्ञ तीर्थबहादुर लामाले डार्ट (बेहोस बनाउने औषधि राखिएको गोली बन्दुकले हान्ने काम) गरे। गैँडा बेहोस भएर ढल्यो। त्यसपछि गैँडालाई काठबाट पिर्का झैँ बनाइएको ठूलो स्ल्याबमा राखेर डोजरले ट्रकमा राखेको थियो। त्यही ट्रक शुक्लाफाँटा पुगेको हो।

फोटो : नारायण ढुंगाना/रासस

फोटो : नारायण ढुंगाना/रासस

करिब १५ वर्षको सो वयस्क भाले गैँडा चार सय २६ सेन्टिमिटर लामो छ। सो गैँडामा ५८९४ नम्बरको कलर आइडी लगाइएको छ।

गैँडा नियन्त्रणमा लिने कार्यका लागि ३० वटा हात्ती, ३० जना माउते, ३० जना पछुवा र निकुञ्जका १० कर्मचारी दुई दिनदेखि खटिएका थिए। प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार यस अतिरिक्त नेपाली सेना, दातृ संस्थाहरु, प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष, जुलोजिकल सोसाइटीलगायतका प्रतिनिधि गरी करिब एक सय जना परिचालन भएका थिए।

यसअघि सन् २००० मा चार वटा गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा लगिएको थियो। चितवनबाट लगिएपछि शुक्लाफाँटामा गैँडाको सङ्ख्या १४ पुग्नेछ। शुक्लाफाँटामा गैँडाका लागि चाहिने बासस्थान राम्रो रहेकाले स्थानान्तरण गर्न लागिएको निकुञ्जले जनाएको छ। सरकारले शुक्लाफाँटामा पाँच र बर्दिया राष्ट्रिय निकुञ्जमा २५ गरी ३० वटा गैँडा चितवनबाट स्थानान्तरण गर्ने निर्णय गरेको थियो। यही निर्णयअनुरुप गतवर्षको फागुन १८ गते चितवनबाट बर्दिया राष्ट्रिय निकुञ्जमा पाँच वटा गैँडा लगिएको थियो।

लगिएकाको गैँडाको सुरक्षामा चिन्ता गर्दै गैँडा स्थानान्तरणको चितवनका स्थानीयले विरोधसमेत गरिरहेका छन्।

यो पुरानो भिडियो हेर्नुस्-
https://www.youtube.com/watch?v=-U-V33tqrHc

मुलुकभर ६४५ गैँडा गणना गरिएकामा चितवनमा मात्रै ६०० रहेका छन्। बर्दियामा ३४ गैँडा रहेका छन्। सरकारले चीनमा समेत गैँडा पठाउने तयारी गरेको छ। नेपालमा त केही भएको छैन तर श्रीलंकाले नन्दी नाम गरेको एउटा हात्ती न्युजिल्यान्डमा पठाउन खोज्दा अदालतले रोकेको छ। हात्तीको परिवारसँग बस्न पाउने अधिकार र न्युजिल्यान्डको चीसो मौसम घातक हुने भन्दै पशु अधिकारवादीहरुले हात्तीलाई त्यता पठाउन रोक्न मुद्दा हालेका थिए।

3 thoughts on “चितवनको गैँडाले शुक्लाफाँटा पुर्‍याइएपछि देखाएको रिस, अन्तर्राष्ट्रिय मिडियामा छाएको प्रकाश माथेमाले खिचेका गजबका पाँच फोटो”

  1. Ang says:
    April 9, 2017 at 1:48 am

    Do national parks trim rhino horns when they relocate? You can see the sharp horn rhinoceros, right after dart shut laying on ground, trimmed when they release in new location.Question is where they put the piece and what they do??

    Reply
  2. Sabin says:
    April 6, 2017 at 11:32 pm

    Funny part is that all the news sites are saying that the rhino was released in Chitwan far western part of Nepal.

    Reply
  3. Navin Rayamajhi says:
    April 6, 2017 at 3:49 am

    मेरो मित्र प्रकाश माथेमाले खिचेको फोटो अन्तर्राष्ट्रिय मिडियामा छाएको खबरले मलाई निकै खुशी लागेको छ, तिमी एउटा क्षमताबान मान्छे हौ. तिमीलाई लाख लाख बधाई छ र तिमी यो बधाई को हकदार हौ.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme