Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

धुलिखेलको रिसोर्टमा मनीषाको ‘अ डे विद् प्रिन्सेस’ हिमानी

Posted on April 5, 2017 by Salokya

कलाकार मनीषा कोइरालाले बुधबार बिहान फेसबुक र इन्स्टाग्राममा पूर्व युवराज्ञी हिमानी शाहसितको फोटो अपलोड गरेकी छिन्। धुलिखेलको द्वारिकाज रिसोर्टलाई लोकेसन देखाएर उनले हिमानी र अर्की एक विदेशीसितको फोटो इन्स्टाग्राममा राख्दै लेखेकी छिन्- ‘अ डे विद् प्रिन्सेस।’

मनीषा हिमानीका छोरा पूर्व नवयुवराज ह्रदयेन्द्रको व्रतबन्धमा सहभागी हुन भारतबाट आएकी थिइन्। लामो समय बलिउडबाट बाहिर रहेकी मनीषाले हालै सञ्जय दत्तको बायोपिकमा नर्गिस दत्तको भूमिका गर्ने खबर छाएको थियो। मनीषा र राजपरिवारको सम्बन्ध राम्रो छ।

पिता वीपीका पुत्र प्रकाश कोइराला राजावादी हुन्। उनी ज्ञानेन्द्रको मन्त्रिमण्डलमा मन्त्री समेत भएका थिए।

मनीषाले फेसबुकमा अपलोड गरेका फोटोहरु

2 thoughts on “धुलिखेलको रिसोर्टमा मनीषाको ‘अ डे विद् प्रिन्सेस’ हिमानी”

  1. Janak says:
    April 7, 2017 at 4:44 am

    बाउ पनि राजावादी, छोरी पनि राजावादी| हजुरबा बीपी समाजवादी| अर्का हजुरबा मात्रीकाले नेपाललाई भारतमा मिसाउने प्रस्ताव राखेका थिए|
    मनिषा हाम्रा गौरव नै हुन वलिवुडमा| उनको करोडौ अरबौ सम्पत्तिबाट नेपालमा भुकम्प पीडितको लागि कती दान दिए त्यो पनि सुनौ न| बच्चनले समेत तीन लाख दिए क्यारे| प्राधिकरणले उक्त दान के म कसरी खर्च गरे त्यस्को जानकारी दिनु परै जावस, एउटा ठुलो धन्यवाद पत्र समेत लेखेका छैन रहेछन|

    Reply
  2. Shankar says:
    April 5, 2017 at 11:17 pm

    हिमानी सैग बिहे गर्नु आगि पारस ले मनीसा सैग बिहे प्रस्ताब गरे अरे भन्ने छापामा आएथ्यो , सही गलत जे होला | बिचित्र संयोग हो |तर दुबई चर्चित सामंत पुत्रीहरु चर्चामा छान राम्रो काम को लागि | उनीहरुको सफलताको कामना |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme