Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँमा हर्न बजाउन नदिने योजना सम्भव छ? यी हुन् फेल हुने पाँच कारण

Posted on April 5, 2017April 5, 2017 by Salokya


काठमाडौँ धूलो र धूँवाले निस्सासिएको छ। तर राहत भने ध्वनि प्रदूषण हटाएर दिने भन्ने आएको छ। ठीकै हो। नाक र मुखले आराम नपाए पनि कानले आराम पाउँदा जाति नै हुने मान्छु।  एकचोटी सात समुद्र पार गएर आएका सबैलाई थाहा हुन्छ- उतातिरको सडकमा हुँदा कानलाई कति आनन्द हुन्छ। त्यस्तै यता हुने भए कसले पो विरोध गर्छ र। हर्न बजाउन नपाउने निर्णय काठमाडौं महानगरपालिकाका प्रमुख, ट्राफिक प्रहरी, प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभागका महानिर्देशक लगायतको आइतबार दिउँसो बसेको बैठकले गर्‍यो र महानगरपालिकाका नयाँ प्रमुखले त वैशाख १ गतेदेखि नै लागू गराउने गफ दिएछन्। राम्रै हो लागू गराए त। मेरो विचारमा भने सवारी चालकमा चेतना नफैलाएसम्म यसरी जरिवाना लगाएर हर्न बजाउन रोक्न सकिँदैन। किन? यी हुन् केही प्रमुख कारण-

१) होप्रो क्यामेरा ल्याउने?

अनुमान गरौँ, जमलमा गाडीको लामो जाम छ। ट्राफिकलाई जाम खुलाउन भ्याइ नभ्याइ छ। यत्तिकैमा प्वां गरेर हर्न बज्यो। अब कुन चैँ गाडीले हर्न बजायो, त्यसलाई ५ हजारको जरिवाना तिराउन चिट काट्ने कि जाम खुलाउने ट्राफिकले? फेरि कुन चाहिँ गाडीले हर्न बजायो कसरी थाहा हुने? लगातार एक घण्टा अन नहुने गोप्रो क्यामेराले लेन मिचेको खिच्छ भनेर गफ दिए जस्तै हर्न कुन चैँ गाडीले बजाएको होप्रो क्यामेरा ट्राफिकले भिरेको हुन्छ भनेर अर्को गफ ठोक्नुपर्‍यो।

२) कसरी समात्ने नि?

काठमाडौँ उपत्यकामा ११ लाखको हाराहारीमा सवारी साधन गुड्छन्। रिङरोडभित्र मात्र लागू गर्ने हो भने पनि उत्तिकै गुड्छन्। ठूलो संख्यामा सवारी साधन लाइसेन्स नबोक्नेहरुले चलाउँछन्। र त ट्राफिक प्रहरीले लाइसेन्स बिना चलाउनेलाई नियम अनुसारको जरिवाना र कारबाही गर्न सकेको छैन। कारण हो कसरी गर्ने? खै जनशक्ति? ट्राफिक छन् जम्मा एक हजार ३ सय ४६। बाटो-बाटो, चोक-चोक, गल्ली-गल्ली ढुकेर प्वाँक्क हर्न बजाउने बित्तिकै जरिवाना तिराएर वैशाख १ गतेदेखि हर्न बजेकै नसुनिने हुन्छ जसरी हल्ला गरिएको पत्यारलाग्दो छैन। सार्वजनिक स्थानमा धूमपान गरे कारबाही गर्ने त कानुनै बनेर लागू भइसकेको छ। खै, कार्यान्वयन हुन सकेको छ? काठमाडौँ पूरैमा हर्न बजाउन नपाइने भनेर त कानुनसमेत बनेको छैन। कसरी गर्ने हो कारबाही?

३) नानीदेखिको बानी

विदेशतिर हर्न नबजाउनु सभ्यताको परिसूचक हो। आवश्यक परेको बेला मात्र उनीहरु हर्न बजाउँछन्। अथवा ज्यादै खुसी भएको बेला। जस्तै आफूले समर्थन गरेको टिमले जित्दा हर्न बजाउँदै कुद्छन्। हामीलाई चैँ हर्न बजाउने नानीदेखिको बानी नै लागेको छ। हर्न बजाउन रोकिए त संस्कृति नै नासिने जस्तो खालको प्रतिक्रियासमेत आइरहेको छ। यस्तालाई तह लगाउन जरिवानाले मात्र सम्भव हुन्न। आवश्यक परेको बेलामा बाहेक अरु बेला हर्न बजाउनु हुन्न है भनेर सवारी साधन चलाउनेमा चेतना नजागेसम्म हर्न बज्न रोकिनेवाला छैन।

४) पहिला भएको कानुन त लागू गरी देखाऊ

निषेधित ठाउँमा हर्न बजाउन नपाउने गरी कानुनै बनेको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा ध्वनि संकेत दिए यातायात निरीक्षक वा प्रहरीले तत्काल कारबाही गर्न सक्ने प्रावधान छ।

सवारी तथा यातायात व्यवस्था नियमावली अनुसार निषेध गरिएको ठाउँमा यस्तो खालको संकेत चिह्न राख्नुपर्छ

ट्राफिक प्रहरीको वेबसाइटमा हर्न बजाउन नहुने ठाउँमा बजाए १५०० रुपैयाँ जरिवाना हुने उल्लेख छ

अस्पताल, स्कूल-कलेज अगाडि हर्न बजाउन नपाइने गरी हर्न निषेधित क्षेत्र तोकिएको हुन्छ। वीर अस्पताल अगाडि केही समयअघिसम्म माथि देखाइएको जस्तै संकेत चिह्नसमेत थियो। अहिले छ कि छैन याद गरेको छैन। त्यो संकेत चिह्न हुँदा त त्यहाँ हर्न बजाउनेहरुको कमी हुँदैन थियो भने अहिले आएर काठमाडौँ पूरैलाई हर्न निषेधित क्षेत्र बनाउँछु भनेर कसैले ठोकेको गफ मैले चैँ पत्याइनँ है।

५) नमूना हेर्नुस्

यो एउटा भिडियो हेर्नुस् काठमाडौँको। अब यस्तो बाटो र यस्ता गाडीले हर्न नबजाई यात्रा गर्न सम्भव छ भन्ने ठान्नुहुन्छ तपाईँ?
https://youtu.be/UL2a6JHigjA

यो योजना सफल होला कि नहोला तपाईँका पनि केही विचार छन् भने तल कमेन्ट लेख्नुस्।

8 thoughts on “काठमाडौँमा हर्न बजाउन नदिने योजना सम्भव छ? यी हुन् फेल हुने पाँच कारण”

  1. unmukta says:
    April 17, 2017 at 4:36 pm

    मानिस हरुले जथाभाबी सडक नकाटे, ओवर टेक गर्न तछाड मछाड नगरे, सवारी साधन सुचारु रुपले सडकमा गुड्ने बातावरण बनाई दिए त यो होर्न निषेधको जरुरत नै पर्दैन नि ! यो भन्दा त दुवै जनाले हेल्मेट लाउनुपर्ने नियम बिउंताए हुन्थ्यो नी ! कमसेकम कसै कसैको ज्यान त जोगिन्थ्यो !

    Reply
  2. Ek says:
    April 6, 2017 at 11:36 pm

    its possible. Hami janata nai aafai sachet bhayera lagnu parcha. Na ki maile yo bigareko kei garna sakena police/sarkhar le bhaera khilli udaaunu bhana, afailai laaj hune feel huna jaruri cha. Chetana sabai istaar bata uthaunu parcha. Uneducated driver le horn bajauchha bhane, tapai hami padhelekheko le samjhaunu parcha. its collective effort n its not impossible.

    Reply
  3. LimbunaYan says:
    April 6, 2017 at 9:21 pm

    minimise it, use when neccessary. don’t say as a punishment. horn for alarm, safety meassure awareness..!

    Reply
  4. Himmat says:
    April 6, 2017 at 11:10 am

    Yes we should follow the rule and regulation decently

    Reply
  5. surya says:
    April 6, 2017 at 9:51 am

    Let’s be positive and support this rule. I agree it will be difficult to enforce, but I am sure it will reduce at least.

    Reply
  6. Tanium says:
    April 6, 2017 at 6:33 am

    Sadak ma hidne, jathabhawi bato katne hami paidal yatri lai kasle kasari karwahi garne?

    Reply
  7. HRISHIKESH says:
    April 6, 2017 at 12:08 am

    We should appreciate and follow this.

    Reply
  8. Lljcool says:
    April 5, 2017 at 10:06 pm

    It is most welcome step. Can be successful if all the public also help hand in hand. Good for everyone on the road.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme