पछिल्लो पटक जनगणना भएको सन् २०११ र त्यसअघिको सन् २००१ को दुवै जनगणनामा पुरुषभन्दा महिलाको संख्या बढी छ। यही प्रतिबिम्बित हुन्थ्यो निर्वाचनमा पनि। पछिल्लो पटक भएको संविधान सभाको निर्वाचनमा ५०.७७ प्रतिशत महिला मतदाता थिए। तीन वर्षपछि निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा भने महिला मतदाताको प्रतिशत ४९.७ प्रतिशतमा झरेको छ। महिला मतदाताको अनुपात कम भएका पाँच जिल्लाहरुमध्ये सर्लाही, रौतहट, बारा र पर्सा प्रदेश नम्बर २ का हुन्। अर्को एउटा जिल्ला कपिलवस्तु हो। ३९ जिल्लामा पुरुषभन्दा महिला मतदाता धेरै छन्। ती मध्ये शीर्ष १० जिल्ला पहाडका हुन्। हेर्नुस् नेपालभोट्सको इन्फोग्राफिक्स।