Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माफी मागेपछि पनि हिसिला कान्ड कायमै : आज करिश्मा तारो, अति गर्नेको पनि आलोचना

Posted on April 4, 2017April 4, 2017 by Salokya


बेहोसीमा आदेशलाई खारेज गर भन्नुपर्नेमा अन्यथा हुन गएको भन्दै हिजो माफी मागिसकेपछि पनि हिसिला यमीको सोसल मिडियामा आलोचना भइरहेको छ। तर स्थिति हिजोभन्दा अलि मत्थर भएको छ। हिजो पत्रकार सम्मेलन गरी उनले उनका समर्थकहरुले जस्तो त्यो शब्द बोल्दै नबोलेको, भिडियो एडिट गरिएको आदि भनिनन्। जे सबले सुने, आफूले त्यही भनेको हो तर बेहोसीमा भन्दै माफी मागेपछि आज उनको भन्दा बढी आलोचना चाहिँ नयाँ शक्ति पार्टी कै नेतृ करिश्मा मानन्धरले सहनु पर्‍यो। उनले प्रविधि बुझेकी भन्दै हिजो जे लेखेकी थिइन्, हिसिलाकै अभिव्यक्तिले त्यसको खण्डन गर्‍यो।


आज एउटा सोसल मिडियामा हिसिला कान्डकै एउटा अर्को रुप पनि चर्चामा आयो। हिसिलाको विरोध गर्ने नाममा गरिएको अति प्रतिक्रियाको पनि आलोचना भयो।

यो अति प्रतिक्रिया करिश्माले नै सेयर गरेकी थिइन्।

त्यो अति प्रतिक्रियाको स्क्रिनसट अरु धेरैले पनि सेयर गरेर आलोचना गरे

हेलो सरकारलाई ट्विटरमा मेन्सन गर्दै कारबाहीका लागि माग गरियो।

यस्तो लेख्ने मध्ये एक फेसबुकमा भेटिएनन्। शायद उनको प्रतिक्रिया भाइरल भएपछि फेसबुक डिएक्टिभेट गरे कि। अर्का एक जना भने अझै फेसबुकमा देखिन्छन्।

सम्बन्धित ब्लग
के नारा लगाएकी थिइन् हिसिलाले?
यसरी माफी मागिन् हिसिलाले

5 thoughts on “माफी मागेपछि पनि हिसिला कान्ड कायमै : आज करिश्मा तारो, अति गर्नेको पनि आलोचना”

  1. Pradeep says:
    April 5, 2017 at 11:45 am

    Manche katti girna sakcha yetti ghattiya sabda (balatkar) proyog gardani birodh gardani yestahrulai karwahi gardaina. no sence of humanity.katti chadapan ho!!!!!!!!

    Reply
  2. Navin Rayamajhi says:
    April 5, 2017 at 2:56 am

    पत्रकार सम्मेलन नै गरेर माफी मागिसकेपछि हिशिला यमीलाई माफी दिनुपर्छ भन्ने मेरो विचार छ, किनकी यतिको माफी राजनीतिमा बेइज्जत नै सम्झीइन्छ. उनको बिरोध नै गरे पनि एउटी महिला लाइ बलात्कार गर्छु भन्ने जस्तो शब्द प्रयोग गर्नु सर्वथा अनुचित छ. अर्को तर्फ करिश्मा मानन्धर जस्तो एउटा सामान्य महिला लाई समाचारमा किन यति ठुलो स्थान दिएको हो मैले बुझ्न सकेको छैन. चलचित्र जस्तो प्रभावकारी क्षेत्र मा मात्र भएर उनलाई सबैले चिनेका हुन्, अर्को क्षेत्रमा भएको भए त्यस्तो चिनिने उनको कुनै हैसियत छैन.

    Reply
  3. Shankar says:
    April 5, 2017 at 12:09 am

    देश अराजकता र अनियमितता , भद्रगोल तंत्रबाट ग्रसित छ| राजनीति नाफाको ब्यापार भएको छ , अतृप्त कुंठा लाइ , जघन्य अपराध लाइ , प्रतिशोध लाइ , नालायकी लाइ र देश घात लाइ राजनीतिको को जलप लगाएर चोख्याउने अभ्यास हुदैछ |
    कोई अमेरिका माँ ७०के को जागीर छोडेर राजनति माँ लागेको धवास दिने , कोई सालाना १२० के को बी बी सी को जागीर छोडेर राजनीतिमा लागेको धवास दिने , कोई यस एल सी माँ बोर्ड फास ल्याएको ले
    राजनीति आफ्नो पेवा समझने , कोई माओ र लेनिन , स्तालिन को तस्बीर मुख माँ टाँसेर प्रबृत्ति चै तारे भीर को ढेडु को बोक्ने , कोई कोठा माँ बसेर फूस फुस पाद दै जनता ले गर्छ जे गर्छ भन्दै आस गारी बस्ने , के देश को राजनीति यसरी चल्छ ?
    अहम् निर्णय लिने दिल्ली , दूतावास पूरे देश को जासूससिको केंद्र जस्तो , मेरो पतिलाई मारयो भन्दै आंसू झारेको ले सहानुभूति को भोट लिने आफ पद माँ हुदा खाई हत्यारा पक्रेको ? खाई प्रोसेस चालेको?
    तेसो भये झूट बोल्नु नै राजनीति हो ? सारा जनता ले के सिकने अब ?

    Reply
    1. RBS says:
      March 6, 2022 at 2:28 pm

      Q- के देशको राजनीति यसरी चल्छ ?
      @-पेटको धन्दा त्यसरी नै चल्छ।।
      आखिर यो देशका नागरिक हुन्।

      Reply
  4. Samar says:
    April 4, 2017 at 10:47 pm

    भनेको सुनेको :
    ” DUI ( Driving Under the Influence- रक्सी पीएर गाडी चलाएको) गम्भीर अपराधमा क्रेडीट बीग्रेर USA को नागरीक्ता नवन्ने भएपछी नेपाल फर्कीएकी एक जना महान् राष्ट्रबादी छोरी नयाँ शक्तीद्वारा नयाँ नेपाल बनाउदैछीन ।”

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme