Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यी हुन् सोनी वर्ल्ड फोटोग्राफी अवार्डसमा पहिलो, दोस्रो र तेस्रो भएका नेपालका फोटो

Posted on April 4, 2017April 4, 2017 by Salokya


सोनी वर्ल्ड फोटोग्राफी अवार्डस् वर्षेनी हुने फोटोग्राफी अवार्ड हो। यसमा प्रोफेसनल, ओपन र युथ गरी तीन वटा प्रतियोगिता समूह हुन्छ। त्यसमध्येबाट पनि नेसनल भनी देशगत रुपमा उत्कृष्ट तीन फोटो छुट्याइन्छ। यो वर्ष पहिलो पटक यसमा नेपाल पनि परेको थियो। नेपालसँगै कम्बोडिया, पाकिस्तान, कतार, साउदी अरेबिया, श्रीलंका र युएई यो वर्ष थप हुँदा नेसनल अवार्ड ६६ वटा देशका घोषणा भएका थिए। २ लाख २७ हजार ५९६ वटा कूल फोटो सहभागी भएको यो प्रतियोगितामा नेपालबाट कति फोटो परेको थियो भन्ने चाहिँ खुलाइएन। नेपालका फोटोहरुमध्येबाट शशांक चित्रकारको फोटो पहिलो, उद्धव केसीको दोस्रो र अजय महर्जनको तेस्रो भयो। तेस्रो भएको अजय महर्जनको फोटो सिएनएन लगायत अन्य मिडियामा पनि आए पनि पहिलो र दोस्रो हुने फोटो भने त्यति चर्चामा आएको देखिएन। हेरौँ अवार्ड जित्ने तीन वटै फोटो

पहिलो भएको फोटो : द ब्यालेरिना

The image of an egret was taken in Chitwan National Park in August 2016. The bird soaring elegantly through the white sky almost looks like a ballerina performing on a stage. It goes to say how easy it is to find beauty in even the most common things.

मञ्चमा ब्याले डान्स गरिरहेको जस्तै देखिने यो फोटो चितवन राष्ट्रिय निकुञ्जमा अगस्त २०१६ मा खिचिएको हो। खासमा यो सेतो बकुल्ला सेतो आकाशमा उडेको बेलाको हो। सामान्य कुरामा पनि सौन्दर्य खोज्न कति सजिलो छ भन्ने यसले देखाउँछ।

दोस्रो भएको फोटो : द एक्साइटमेन्ट

Shot was taken during Yearly Machindranath Chariot Festival at Mangalbazaar, Patan. Every year thousands of people attend the chariot pulling festival. This person was very excited to see the festival in first hand and was jumping all over the place to see the chariot, which I captured.

पाटनको मंगलबजारमा वर्षेनी हुने मच्छिन्द्रनाथको रथ यात्रामा खिचिएको फोटो। हरेक वर्ष हजारौँ यो रथ तान्ने जात्रामा सहभागी हुन्छन्। फोटोमा रथ हेर्नका लागि आतुर भएर उफ्रेका व्यक्ति देखिन्छन्।

तेस्रो भएको फोटो : द बिलिभिर्स

A Nepalese Hindu youth offers oil on a mud pot to Lord Krishna on the occasion of Krishna Janmasthami at Bhaktapur, Nepal.

भक्तपुरमा कृष्ण जन्माष्टमिका दिन माटोको दियोमा  बत्ती बालेका हिन्दु केटा।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme