Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अप्रिल फूल ब्लग : दुई वर्षमा काठमाडौँ-लुम्बिनी रेल

Posted on April 1, 2017April 2, 2017 by Salokya

(अपडेट : अप्रिल २) माइसंसारले सन् २००५ मा आफ्नो स्थापना कालदेखि नै हरेक वर्ष अप्रिल १ तारिखका दिन एउटा साँच्चै हो जस्तो लाग्ने ब्लग राखेर तपाईँहरुलाई पनि रमाइलो गराउँदै अप्रिल फूल मनाउँदै आइरहेको छ। नेपाली कम्पनीलाई फेसबुकले किनेकोदेखि हेटौडामा फिल्म सुटिङका लागि गैँडा कुदाइएकोसम्मका काल्पनिक घटनाका तर अप्रिल फूलको हो है भनी सूचनासहित राखेको ब्लगलाई साँच्चैको ठानी मिडियासमेत झुक्किएका उदाहरण छन्। अहिले ३६५ दिनै सोसल मिडियामा फेक समाचार आउने स्थितिमा अप्रिल फूल ब्लग राख्ने कि नराख्ने निर्णय गर्न बडो गाह्रो भएको थियो। फेक न्युजमा यो फेक हो भन्ने जानकारी दिइएको हुँदैन। तर अप्रिल फूल ब्लगमा भने मुनिको लिङ्कमा स्पष्ट जानकारी दिइएको हुन्छ। त्यसैले यो वर्ष स्थापना कालदेखिको परम्परालाई कायम राख्न रेलको ब्लग तयार पारिएको हो। तपाईँहरुलाई कस्तो लाग्यो, कमेन्टमा लेख्नुहोला। सबैलाई धन्यवाद।

यो वर्षको ब्लग

विडम्बना कपिपेस्ट गर्नेहरुले यसलाई पनि सही जस्तै गरी आफ्ना वेबसाइटमा टाँसेका छन्। आजभोलिको फेसन कसैको केही देख्यो कि पढेर युट्युबमा हाल्नेहरुले यसलाई पनि छाडेनन्। तर त्यसो गर्दा यो अप्रिल फूलको ब्लग भएको भनी अनिवार्य जानकारी दिनुपर्नेमा दिएका छैनन्। यो निकै दुःखलाग्दो कुरा हो।

दुई वर्षमा काठमाडौँ-लुम्बिनी रेल तयार हुने, चिनियाँ राष्ट्रपतिको विशेष पहल, रेलमार्ग निर्माणका लागि ६ हजार आर्मी आउने, चिनियाँ डकुमेन्टको अनुवादसहित

चिनियाँ योजनाले मूर्त रुप लिने हो भने अबको दुई वर्षमै नेपालीले काठमाडौँबाट लुम्बिनीको यात्रा रेलबाट गर्न पाउने भएका छन्।

चीनले तिब्बतको ल्हासाबाट २५० किलोमिटर पर सिगात्सेसम्म ल्याइसकेको रेल्वे ट्रयाकलाई सन् २०२० सम्ममा नेपालको उत्तरी सीमा केरुङ पुर्‍याउने योजना बनाएको छ। केरुङबाट काठमाडौँ र त्यहाँबाट लुम्बिनी रेलमार्ग त्यसपछि मात्रै बन्ने अनुमानविपरीत काठमाडौँबाट लुम्बिनी रेलमार्गलाई पहिल्यै तयार पारी काठमाडौँ-केरुङ रेलमार्ग त्यसपछि मात्रै बनाउने गरी २०२० पछि तिब्बतबाट लुम्बिनी सीधै रेलबाट जोड्ने योजना बनेको हो। केरुङ त्यही नाका हो जहाँबाट नेपालले भारतीय सीमा नाकाहरु बन्द रहँदा अनुदानको पेट्रोल आयात गरेको थियो।

रेलमार्ग निर्माणका लागि ६ हजारदेखि ७ हजार ५ सय चिनियाँ पिएलए (सैनिक) नेपाल पठाउने निर्णय शुक्रबार भएको चिनियाँ सरकारको आधिकारिक वेबसाइट http://www.gov.cn/ ले जनाएको छ।

यससम्बन्धी विस्तृत डकुमेन्ट चिनियाँ भाषामा सोही साइटमा राखिएको छ। माइसंसारका बेइजिङस्थित पाठक विजय सिलवालले डकुमेन्टको नेपालीमा अनुवाद गरी दिएको जानकारी अनुसार राष्ट्रपति सि जिनपिङको विशेष पहलमा यो निर्णय भएको हो। बिहीबार 中央军事委员会 अर्थात् सिएमसी (सेन्ट्रल मिलिट्री कमिसन) को बैठकमा सिले यस्तो निर्देशन दिएका हुन्। चिनियाँ राष्ट्रपति सि नै सिएमसीका चेयरम्यान हुन्। अघिल्ला प्रधानमन्त्री केपी ओलीले गरेको सहमतिलाई हालैको चीन भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले कार्यान्वयन गर्ने वचनवद्धता दोहोर्‍याएपछि चिनियाँ राष्ट्रपतिले यस्तो निर्णय गरेका हुन्। यद्यपि उनको यो निर्णयलाई नेसनल पिपल्स कांग्रेसको स्टायन्डिङ कमिटीले अनुमोदन गर्न बाँकी छ।


तर पनि राष्ट्रपतिको विशेष पहलमा गरिएको निर्णयलाई स्टायन्डिङ कमिटीले सामान्यतया अनुमोदन नगर्ने भन्ने हुँदैन। चीनमा सिएमसीले त्यहाँको पिएलए (सेना) को कमान्ड र कन्ट्रोल गर्छ भने नेसनल पिपल्स कांग्रेसको स्टायन्डिङ कमिटीले त्यसको सुपरीवेक्षण गर्छ।
गएको चैत १४ गते चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ दी पिपुलमा प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सीबीच भेटवार्ता भएको थियो। प्रधानमन्त्री प्रचण्डले नेपालमा लामो राजनीतिक सङ्क्रमणपछि स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढेको उल्लेख चिनियाँ रेल ल्हासाबाट काठमाडौँ हुँदै लुम्बिनी पुगेको आफू र नेपाली जनताले हेर्न चाहेको बताएका थिए। त्यसको जवाफमा चीनका राष्ट्रपति जिनपिङले चीनको रेल सञ्जाल नेपालसँग जोड्ने र नेपालमा रेलको विकासमा आफैले सक्रियता लिने प्रतिबद्धता व्यक्त गरेका थिए।

सम्भव छ चिनियाँ सेना नेपाल आउन?

तपाईँले एउटा चर्चित गीत सुन्नुभएको होला- नबोले नि माया लाग्दो रैछ सान्नानी. चाइना कम्पनी, चाइना कम्पनी।

गीत रचना गर्ने सरुभक्तका अनुसार पोखरा-बाग्लुङ सडक निर्माण गर्न पोखरामा चिनियाँहरु बस्दाको पृष्ठभूमिमा यो गीत तयार भएको थियो। त्यतिबेला सडक बनाउन चिनियाँ सैनिकले क्याम्प नै खडा गरेका थिए। चीनले पोखराबाट बाग्लुङमात्र हैन, सुर्खेतसम्म नै जोड्ने योजना बनाएको थियो। यो योजनाबारे तत्कालीन राजा वीरेन्द्रले भाषणमै भनेका थिए– ‘हामीले दोलालघाट–धनकुटा सडकको सर्भे र निर्माणका लागि मित्रराष्ट्र भारतसँग सैद्धान्तिक सहमति गरेका छौं। यस्तैगरी मित्रराष्ट्र चीनको सहयोगमा पोखरा र सुर्खेतलाई जोड्ने पहाडी राजमार्ग निर्माणका लागि प्रारम्भिक सर्वेक्षण भइरहेको छ।’

तर भारतको आपत्तिपछि राजमार्गले पोखराबाट सुर्खेत हैन, बाग्लुङसम्म मात्रै जोड्न सक्यो। भारतले आपत्ति जनाउनुको प्रमुख कारण चिनियाँ सैनिक यो योजनामा सहभागी हुनु थियो भनिन्छ।

इन्द्रावती तेस्रो जलविद्युत आयोजना बनाउँदा पनि चिनियाँ सैनिक नै आएको विश्वास गरिन्छ। तामाकोशी जलविद्युत आयोजनामा पनि चिनियाँ प्रशस्त छन्। तर यी ठाउँमा सिभिलियनका रुपमा चिनियाँ सैनिक आएका हुन्। पोखरा- बाग्लुङ हाइवे बनाउँदा पनि सिभिलियन रुपमै चिनियाँ सैनिक आएका थिए। यस पटक भने चिनियाँ सरकारको आधिकारिक वेबसाइटमा संख्या नै तोकी चिनियाँ सैनिक नै नेपाल पठाउने सार्वजनिक भएको छ। यसलाई अर्थपूर्ण मानिएको छ।

एकाएक बनेको योजना हैन

काठमाडौँबाट लुम्बिनीसम्मको रेलमार्गको योजना रातारात बनेको हैन। केपी ओली प्रधानमन्त्री हुँदा नै केरुङ–काठमाडौं–लुम्बिनी र केरुङ–पोखरा रेलवेको डिपीआर (विस्तृत अध्ययन प्रतिवेदन) तयार पार्न चाइना रेलवे इन्टरनेसनललाई जिम्मा दिइएको खबर त्यतिबेला नै आएको थियो। चिनियाँ कम्पनीले प्रतिवेदन नेपालको रेलवे विभागमा २ सय ३६ नम्बरमा दर्ता समेत गरिसकेको छ।

सरकारले काठमाडौंबाट गल्छी हुँदै बेत्रावती–मैलुङ्ग–रसुवागढी–केरूङसम्मको सडकलाई दुई वर्ष भित्रमा डबल लेन बनाउने दुई वर्षे योजना अघि बढाइसकेको छ । जस अन्तर्गत बेत्रावती–मैलुङ्ग–हाकुवेसी खण्डलाई अहिले नेपाली सेनाले निर्माण गरिरहेको छ। उसले दुई वर्ष भित्रमा काम सक्ने प्रतिबद्धता जनाएको छ।
कान्तिपुरका अनुसार चिनियाँहरूले केरूङबाट नेपालको राजधानीलाई जोड्ने सबैभन्दा छोटो बाटो पहिल्याउने क्रममा काठमाडौंको उत्तरी क्षेत्र सामाखुसी–टोखादेखि नुवाकोटको छहरे–त्रिशुली हुँदै रसुवाको बेत्रावती–हाकुबेशी–मैलुङ्ग–रसुवागढीबाट केरूङ पुग्ने बाटोलाई प्राथमिकता दिएका थिए।

त्यही योजनाअनुसार नेपाल सरकारले काठमाडौंदेखि नुवाकोटको छहरे खोलासम्मको ३४.२ किमी सडक खण्डलाई डबल लेनमा विकास गर्ने र यस अन्तर्गत रहेको टोखादेखि नुवाकोटको छहरेसम्म ४.१७५ लम्बाईको सुरूङ मार्ग निर्माण समेत गर्न लागेको हो ।

बेत्रावती–मैलुङ्ग–हाकुबेशीको बाटो सेनाले निर्माण गर्ने र काठमाडौं–छहरे–वेत्रावतीसम्म पुग्ने बाटो सुरूङसमेत बनेपछि काठमाडौंबाट केरूङसम्मको लम्बाई एक सय किलोमिटरभन्दा कम बन्न आइपुग्छ ।

सुरूङ मार्गको मात्र लागत करिब ५ अर्ब रूपैयाँ अनुमानित छ । सुरूङ मार्ग भने चीनियाँ कम्पनीले निर्माण गरिदिने प्रस्ताव राखेको छ। चिनियाँ कम्पनीले नै सुरूङको सम्पूर्ण प्राविधिक आफैं ल्याएर निर्माण गर्ने योजनासहित काम अघि बढाउन लागिएको समाचार कान्तिपुरले असार १०, २०७३ मा प्रकाशित गरेको थियो। हेर्नुस् समाचार

यही सडकमार्गको छेउबाट प्रयोग गरेर चीनले काठमाडौंमा रेलमार्ग सजिलै ल्याउन सक्ने भएकोले अहिले तत्काललाई काम थालिहाल्न काठमाडौँबाट लुम्बिनीको रेलमार्ग बनाउने तयारी थालेको हो। डिपिआर केरुङ पोखराको पनि बने पनि चीनको प्राथमिकता पोखरालाई अहिले जोडिहाल्नेमा नभई सीधै लुम्बिनी पुर्‍याउनेतर्फ छ। त्यो पनि दुई वर्षभित्र।

कताबाट बन्दैछ काठमाडौँ-लुम्बिनी रेलमार्ग?


काठमाडौँबाट लुम्बिनी रेलमार्गको स्टार्टिङ प्वाइन्ट चिनियाँ सरकारको वेबसाइटमा राखिएको डकुमेन्ट अनुसार टोखा हुनेछ। टोखाबाट केरुङ पुग्ने बाटो पनि अहिले बन्दै गरेकोले त्यही बाटोबाट २०२० सम्म चीनको सिगात्सेबाट केरुङ रेल आइपुग्ने र त्यसपछि केरुङबाट टोखा रेल ल्याउने योजना देखिन्छ। टोखाबाट भने छत्रे देउराली, जीवनपुर, भूमिस्थान, पीडा, शक्तिखोर, गैँडाकोट, देवचुली, देउराली, मैनाघाट, धुर्कोट हुँदै लुम्बिनी पुग्ने रेलमार्गको म्याप चिनियाँ डकुमेन्टमा देखिन्छ। (हेर्नुस् चिनियाँ सरकारको वेबसाइटमा राखिएको डकुमेन्ट- चिनियाँ नबुझ्नेका लागि केही महत्त्वपूर्ण अंश विजय सिलवालले नेपाली भाषामा पनि अनुवाद गरेर राखिदिएका छन्। कृपया यहाँ क्लिक गरी हेर्न नछुटाउनुस्)

अथवा भिडियो हेर्नुस्
https://www.youtube.com/watch?v=BaIJWZfrQ6I

102 thoughts on “अप्रिल फूल ब्लग : दुई वर्षमा काठमाडौँ-लुम्बिनी रेल”

  1. Wilson says:
    April 1, 2017 at 10:29 pm

    April Fool

    Reply
  2. Hemant says:
    April 1, 2017 at 10:13 pm

    April Fool

    Reply
  3. Yogendra says:
    April 1, 2017 at 10:00 pm

    APRIL FOOL

    Reply
  4. 愚人节快乐 says:
    April 1, 2017 at 9:35 pm

    愚人节快乐

    Reply
  5. saroj says:
    April 1, 2017 at 9:16 pm

    Another April Fool Story…

    Reply
  6. Sagar says:
    April 1, 2017 at 8:52 pm

    “April Fool” bhanne term rakhyo bhane comment post nai nahola. Huna xai tehi ho jasto xa kuro 🙂

    Reply
  7. Yadab says:
    April 1, 2017 at 8:50 pm

    Guys dont be fool. Its April Fool.

    Reply
  8. Bharatman Shrestha says:
    April 1, 2017 at 8:44 pm

    April 1st, 2017 yane ki April fool

    Reply
  9. Deepak says:
    April 1, 2017 at 8:35 pm

    Salokya le pani Kaam napayera every year April fool manaune!!!!!

    Reply
  10. Raj Lamichhane says:
    April 1, 2017 at 8:30 pm

    April fool?

    Reply
  11. William says:
    April 1, 2017 at 8:27 pm

    सालोक्य जी ले अप्रिल फूल राम्रै संग मनाए जस्तो छ, दुनिया लाइ बेकुब बनाएर ।

    Reply
  12. yash says:
    April 1, 2017 at 8:21 pm

    बिगतका बर्शहरुमा गज्जब सङ्ग अप्रिल फुल मनाईदिनु भो । मजा आयो साथीहरुको प्रतिकृया पढ्न पाउँदा ।

    Reply
  13. Nischal Rai says:
    April 1, 2017 at 8:14 pm

    April fool?

    Reply
  14. Rabindra says:
    April 1, 2017 at 7:55 pm

    ……and this is April Fool http://www.mysansar.com/april-fool/

    Reply
  15. Rabindra says:
    April 1, 2017 at 7:52 pm

    I hope this is not April Full.

    Reply
  16. Sumit Singh says:
    April 1, 2017 at 7:36 pm

    Happy April fools day

    Reply
  17. Basu says:
    April 1, 2017 at 7:30 pm

    सबै कमेन्टकारहरु नराम्रै फसेछन् | उमेशजीलाइ बधाई छ |

    Reply
  18. Bharat says:
    April 1, 2017 at 7:29 pm

    Happy April fool.

    Reply
  19. myv4-Vivid Vision, View & Voice says:
    April 1, 2017 at 7:29 pm

    सबै कमेन्टकारहरु नराम्रै फसेछन् | उमेशजीलाइ बधाई छ |

    Reply
  20. Ishwor Ghimire says:
    April 1, 2017 at 6:59 pm

    Salokya ji April 01st ta hoina bhaneko

    Reply
  21. bidur kharel says:
    April 1, 2017 at 6:33 pm

    April fool ko samachar rai6

    Reply
  22. Om Gurung says:
    April 1, 2017 at 6:23 pm

    April Fool !

    Reply
  23. govind thapa says:
    April 1, 2017 at 6:10 pm

    म पनि मेरै खर्चले पूर्व पश्चिम रेल पुर्याउछु। ………………………. april 1 हो जे भनेनी भयोनि हाहाहाहा शुरुमा मज्जाले पढे खुशी लग्यो लिंक हेरेको april fool मनाएको पो रहेछ म पनि हान्दिए happy april fool…

    Reply
  24. LALIT KUMAR TAMANG says:
    April 1, 2017 at 5:52 pm

    Happy April Fool (Frank)

    Reply
  25. Aananda says:
    April 1, 2017 at 5:35 pm

    APRIL FOOL

    Reply
  26. Narayan says:
    April 1, 2017 at 5:30 pm

    Aprilful

    Reply
  27. ~Gaurav says:
    April 1, 2017 at 5:29 pm

    April Fool banaya ….

    Reply
  28. Surya says:
    April 1, 2017 at 5:24 pm

    AprilFool

    Reply
  29. Harke says:
    April 1, 2017 at 5:12 pm

    April foooooooooooooooooool !!!!!

    Reply
  30. Van Blon says:
    April 1, 2017 at 5:10 pm

    I just asked my Chinese teacher to translate it for me n he says it’s about business deals between USA and china in coming 5 yrs. no mention of Nepal. I spoke to him after I even read their English site to confirm. Some Nepali ass holes doing fake news n self propaganda.

    Reply
  31. ra says:
    April 1, 2017 at 4:55 pm

    Its APril Fool News GUYS watch video

    Reply
  32. Bir Gurung says:
    April 1, 2017 at 4:39 pm

    April Fool Guys…

    Reply
  33. Bir Gurnz says:
    April 1, 2017 at 4:34 pm

    April Fool… 🙂

    Reply
  34. Suraj Singh says:
    April 1, 2017 at 4:33 pm

    April fool manachha ketole.

    Reply
  35. Jewan says:
    April 1, 2017 at 4:14 pm

    April Fool Salokya ji.

    Reply
  36. Hari says:
    April 1, 2017 at 3:34 pm

    Happy April fool day!!

    Reply
  37. shambhu says:
    April 1, 2017 at 3:28 pm

    we have dreamt a lot: Now its enough. No train will be constructed so soon, its just a media propaganda to tease India!

    Reply
  38. Krishna says:
    April 1, 2017 at 3:17 pm

    सालोक्यजीले गफ हाने जस्तो लाग्यो, बिश्वास नै नलाग्ने भन्या!! यस्ता प्रचंडे जस्ता भारतीय दलालहरुले एस्तो राम्रो काम गर्न देलान र भन्या??

    Reply
  39. RK says:
    April 1, 2017 at 3:09 pm

    Appril Fool

    Reply
  40. fool says:
    April 1, 2017 at 2:44 pm

    daro..april fool baieyo…toit..

    Reply
  41. Jas says:
    April 1, 2017 at 2:29 pm

    April fool

    Reply
  42. smm says:
    April 1, 2017 at 1:57 pm

    April fools joke, and a cruel one at that playing on the Nepalese people who have only hope to see them through these difficult times

    Reply
  43. Goninda dahal says:
    April 1, 2017 at 1:51 pm

    April fool

    Reply
  44. Hajmadin says:
    April 1, 2017 at 1:51 pm

    April fool news ho ki jasto lagya thio…
    Ho raicha
    ?

    Reply
  45. Dhanesh says:
    April 1, 2017 at 1:41 pm

    This is simply April fool day. I wish It was true.

    Reply
  46. 增达网 says:
    April 1, 2017 at 1:38 pm

    增达网,终生只需99元:

    群发软件免费下,无限广告免费发,

    全站流量免费享,十级提成免费拿。

    逆向网赚,不用推广,照样赚钱!

    注册网址:

    Reply
  47. Prakash Thapa says:
    April 1, 2017 at 1:28 pm

    please remember today’s date 🙂
    good luck

    Reply
  48. Prakash says:
    April 1, 2017 at 1:26 pm

    April first.

    good luck fools ..

    Reply
  49. Vi says:
    April 1, 2017 at 1:25 pm

    April fool

    Reply
  50. sam says:
    April 1, 2017 at 1:20 pm

    mysansar april fool tha huni haru ko comment post hunna ho ?

    Reply
  51. Sagar Man Bajracharya says:
    April 1, 2017 at 1:18 pm

    चिनियाँ सरकारको यो कदमलाई हार्दिक स्वागत गर्दछौँ। चिनियाँ सरकारको योजनालाई अर्को छिमेकी भन्नेले दाहा गरी पूरा गर्न नदीन अनेकौ राष्ट्रद्रोही दूतहरुलाई परिचालन गर्नेछन।अनेकौलाई पालेर राख्नेछन। आन्दोलन गराउनेछन। नाकाबन्दी गराउनेछन।होश गर्नुस।

    Reply
  52. Sbh says:
    April 1, 2017 at 1:13 pm

    Happy Fool’s Day!

    Reply
  53. Sagar says:
    April 1, 2017 at 1:05 pm

    April fool

    Reply
  54. Ashok says:
    April 1, 2017 at 1:02 pm

    April fool 🙂

    Reply
  55. Deepak Adhikari says:
    April 1, 2017 at 12:37 pm

    माइ संसारको यस अघिको अप्रिल फुलको आइटी कम्पनी सम्बन्धी समाचार पढेर मुर्गा बनिसकेका पाठकले थाहा पाउन जरुरी छ यो अप्रिल फूलको समाचार हो

    Reply
  56. Bivor Khanal says:
    April 1, 2017 at 12:36 pm

    सालोक्य जी, अप्रिल फुल मनाउदा मनाउदा लास्टै थाकियो भन्या / बर्तमान अबस्थानुसार दुइ साल त नेपाल मा चिनिया अर्मिहरु आइपुग्नई नपुग समये होला अनि कताबाट तुक्टुके तेही पनि चालक बिनाको किनकि आजकल चिनियाहरू नाचिप्लिने चालक बिहिन रेल पो बनाउछन रे त.
    सालोक्य जी, धेरै अप्रिल फुल मनाउदा मा जस्ता विदेश बसेर देश प्रेमी भन्न टोपल्नेहरुको माथा फेरी उल्टिने पो होकी ” टाडा काँडा हो, म फर्की आए ” भन्दै /
    बिभोर खनाल
    इर्विल,

    Reply
  57. Navaraj Subedi says:
    April 1, 2017 at 12:16 pm

    lol…. April Fool

    Reply
  58. Prakash says:
    April 1, 2017 at 11:53 am

    April fool

    Reply
  59. Ram Babu Shrestha says:
    April 1, 2017 at 11:52 am

    िछटो भन्दा िछटो यो काम पुर्ङ भएको हेर्न पाओस ।

    Reply
  60. Yubaraj Dahal says:
    April 1, 2017 at 11:42 am

    यस बर्षको अप्रिल फुल समाचार त बिहानै पो आयो त माइ संसारमा।
    तर यो समाचार केही बर्ष मै सत्य बनोस।

    Reply
  61. Asoc says:
    April 1, 2017 at 11:36 am

    April Fool ! 😀

    Reply
  62. Raghu says:
    April 1, 2017 at 11:35 am

    April Fool [email protected]

    Reply
  63. Pradeep says:
    April 1, 2017 at 11:23 am

    April foool

    Reply
  64. Prakash Thapa says:
    April 1, 2017 at 11:11 am

    April 1st

    Reply
  65. Sam says:
    April 1, 2017 at 11:00 am

    April fool April fool n April fool China is not so kind

    Reply
  66. Rajesh Khanal says:
    April 1, 2017 at 10:59 am

    I think its a april Fool prank!!!! I would be blissed, if not.

    Reply
  67. Shaila Neupane says:
    April 1, 2017 at 10:16 am

    april fool news ho yo 🙂

    Reply
  68. Diwakar Dahal says:
    April 1, 2017 at 9:43 am

    Happy April Fool Day 2017 …………….

    Reply
  69. Nabin says:
    April 1, 2017 at 9:40 am

    Hope this News comes in reality.. Unfortunately toddy is 1st April. April fool.

    Reply
  70. Aaroj says:
    April 1, 2017 at 9:37 am

    April fool

    Reply
  71. jit says:
    April 1, 2017 at 9:35 am

    yo yojana ma pani indiale aabrodha garn khojxanae sabaelae tha vayako kura ho sabthan yo yojana banna amale ya mawabadi ko sarkar ko aabasyakata xa

    Reply
  72. किरण (देशभक्त) says:
    April 1, 2017 at 9:34 am

    April Fools’ Day राम्रो सँग भयो जस्तो छ, उमेश ज्यु । April Fools’ Day नभएर, वास्तविक होस् मेरो यो शुभकामना| RAW+CIA+European Union ले नेपाल लाई भलो (प्रगती ) हुने कुनै पनि काम कदापी गर्न दिदैनन, China ले चाहेर पनि नेपाल लाई केही गर्न सक्दैन , बिचरा हामी नेपाली ।

    Reply
  73. Kiran says:
    April 1, 2017 at 9:18 am

    April fool

    Reply
  74. Sharad says:
    April 1, 2017 at 9:08 am

    April fool

    Reply
  75. Uddhav says:
    April 1, 2017 at 8:43 am

    APRIL FOOL

    Reply
  76. sam says:
    April 1, 2017 at 8:31 am

    april fool

    Reply
  77. Nepal Sam says:
    April 1, 2017 at 8:03 am

    “April fool” banayeko jasto layo…. Salokya style!

    Reply
  78. Ramesh Dahal says:
    April 1, 2017 at 7:18 am

    माइ संसारको परम्परा….. ।
    यो समाचार वास्तविक हुदो हो त ! प्रत्येक दिन april 1st मात्र आइरहोस ।

    Reply
  79. प्रकाश मान श्रेष्ठ says:
    April 1, 2017 at 7:00 am

    सुसमाचार सुन्न पाइयो । मन केही हलुंगो भयो । भगवान गरोस्, यो सत्य होस् ।

    Reply
  80. khabin says:
    April 1, 2017 at 6:52 am

    माइसंसारको अप्रिल फुल पोष्मा म चै झकिन छोडेको १ बर्गा भयो है

    Reply
  81. ra says:
    April 1, 2017 at 6:39 am

    No body viewed the video and I knew that its April fool as my Sansara celebrates every year such away..

    Reply
  82. Heyraj says:
    April 1, 2017 at 6:20 am

    I guess its for april fool !

    Reply
  83. ई. दीपेन्द्र (@DeependraShahi) says:
    April 1, 2017 at 6:08 am

    अप्रिल फुल 🙂 :p

    Reply
  84. Prashant says:
    April 1, 2017 at 5:59 am

    Lol!
    Good news,
    Black Sea and Caspian Sea in Map.
    It must be Uresia railway line.
    Good thinking.

    Reply
  85. Rohini says:
    April 1, 2017 at 5:52 am

    Wait. It may be April fool news.

    Reply
  86. Suvas says:
    April 1, 2017 at 5:44 am

    April fool

    Reply
  87. Nepali says:
    April 1, 2017 at 5:27 am

    April Fool

    Reply
  88. Gokarna Pandey says:
    April 1, 2017 at 5:24 am

    Nice April fool news.. Lets see how many main stream new papers/rooms will be fool this year .

    Reply
  89. Diwash Koirala says:
    April 1, 2017 at 4:35 am

    अच्छा खासा अप्रिल फुल

    Reply
  90. Shankar says:
    April 1, 2017 at 4:17 am

    My god I felt jack ass.Today is April first.

    Reply
  91. Shankar says:
    April 1, 2017 at 4:16 am

    India will try all its might to prevent it. We all Nepalese should stand together now.
    Indian resistance comes through our crooked leaders. They have sold their soul to foreign invaders.

    Reply
  92. Prakash says:
    April 1, 2017 at 3:43 am

    Salokya umesh jee, APRIL FOOL manaunu bhayecha. same to you

    Reply
  93. Rohini says:
    April 1, 2017 at 2:33 am

    Good news.

    Reply
  94. Rajesh Khanal says:
    April 1, 2017 at 2:27 am

    kasto April fool April fool kasto gandha aairako chha….

    Reply
  95. रवीन्द्र मिश्र says:
    April 1, 2017 at 2:07 am

    चिनियाँ सरकारको यो कदमलाई हार्दिक स्वागत गर्दछौँ।

    Reply
    1. Sam says:
      April 1, 2017 at 11:02 am

      April fool lai ni welcome chaa

      Reply
    2. Harke says:
      April 1, 2017 at 5:14 pm

      Lau rabindra Mishra ji pani April fool ko hikaar hunu bhaye6a. Kathai baraa !!!! ha ha ha

      Reply
  96. Ajaya says:
    April 1, 2017 at 12:38 am

    Happy April fool 🙂

    Reply
  97. Dr Khadka says:
    April 1, 2017 at 12:25 am

    “तिब्बतबाट २५० किलोमिटर पर सिगात्से” हैन तिब्बतको ल्हाशा बाट २५० कि मि अगाडि को सिगात्से सम्म हो। सिगात्से आँफैमा तिब्बतको एउटा शहर हो।

    Reply
    1. Ramesh Dahal says:
      April 1, 2017 at 7:21 am

      Dr. Khadka j jaha bhaye pani. aaja april 1st ho. mysansar ko parampara ho yo.

      Reply
  98. Dhruv says:
    April 1, 2017 at 12:18 am

    I though I won’t be fooled but you did it.

    Reply
  99. lakhe says:
    April 1, 2017 at 12:10 am

    This is simply April 1st fool day but I wish one day that could happened

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme