Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यताको चिफ साबलाई उताको राष्ट्रपतिले र उताको चिफ साबलाई यताको राष्ट्रपतिले दिनुपर्ने यो चलन

Posted on March 29, 2017March 29, 2017 by Salokya


आज राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष जनरल विपिन रावतलाई राष्ट्रपति भवनमा आयोजित समारोहमा मानार्थ जनरलको उपाधि दिइन्। यस क्रममा दर्ज्यानी चिह्न दिने र खड्ग जनरलको म्यानमा हाल्दिने चलन रैछ। ठ्याक्कै यस्तै दृश्य गत वर्षको माघमा पनि देख्न पाइएको थियो- भारतीय राष्ट्रपति प्रणव मुखर्जी र नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्रीबीच।


उताको राष्ट्रपति।

हाम्रो राष्ट्रपति।

यताको चिफ साबलाई उताको र उताको चिफ साबलाई यताको मानार्थ जनरल बनाउने चलन पुरानै हो भनेर चाहिँ लेखिन्छ तर ठ्याक्कै कहिलेदेखि सुरु भएको हो? भारत स्वतन्त्र भएदेखि नै हो कि त्यसपछि मात्रै हो भन्ने चाहिँ कतै खुलाएको पाइन्न। नेपाल आर्मीको विज्ञप्तिमा पनि यस्तो लेखिएको छ-

मानार्थ जनरल बनाउने कुरामा समानता भए पनि अरु कुरामा भने समानता खोज्नु हुँदैन। जस्तै हजारौँ नेपाली नागरिकहरु भारतीय सेनामा काम गरिरहेका छन्। तर नेपाली सेनामा भारतीय सेना? आम्मामामा…यस्तो त सोच्नु पनि हुन्न है, यो राष्ट्रघाती कुरा हो! भारतीय सेनाले नेपाललाई के-के सहयोग गरिरहन्छ। यी विपिन रावतले नै पनि सात वटा घोडा दिएछन् आज। तर नेपाली सेनाले भारतीय सेनालाई केही सहयोग दिएको भने अहिलेसम्म हेर्न पाइएको छैन मिडियामा।


यता सामूहिक फोटो खिच्दा।


उता सामूहिक फोटो खिच्दा। उता चैँ पुरुषै पुरुष भएछ। उता हाफ सर्ट र चप्पल लाउने चैँ मनोहर पारिकर हुन्, भारतका रक्षा मन्त्री।

2 thoughts on “यताको चिफ साबलाई उताको राष्ट्रपतिले र उताको चिफ साबलाई यताको राष्ट्रपतिले दिनुपर्ने यो चलन”

  1. shyam says:
    April 3, 2017 at 12:16 pm

    What’s the use of Honorary CinC of one another’s Army when one nation dominates the other, one thinks he is the Big Brother of the other’s. After all if one interferes in the other’s political, development and financial matters what’s the use of the so called ” fraternal relationships”? Nepal as a sovereign state can and should have her own appropriate foreign and international security policies irrespective of the guidance of the southern neighbor. What if Nepal tells India to abide by Nepal’s foreign policies and India should freeze all it’s nuclear arsenals? What if Nepal tells India to avoid wars with China, Pakistan or Bangladesh and live peacefully with all of her neighbors? Can India do so?

    Reply
  2. Shankar says:
    March 30, 2017 at 12:35 am

    सिमाना पानी मिच्ने ,नेपाली पानी मारने , यता नेपाल सरकार सेना चै मानार्थ दिने ?
    यदि पाकिस्तानी ले भारतीय सेना मारेको बा सिमाना मिचेको भये पानी येस्तै हुन्थ्यो त?
    भुत्रो को बहादुर नेपाली , दरबान बसने बहादुर मात्र |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme