Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

झण्डै निमन्त्रणा कार्डमा समेत राज्यले नियन्त्रण गर्न लागेको थियो, अब नहुने भयो

Posted on March 27, 2017March 27, 2017 by Salokya


यो नौलो किसिमको निमन्त्रणा कार्डबारे तपाईँले ब्लग पढिसक्नुभएको छ। सामाजिक व्यवहार सुधार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७१ जस्ताको तस्तै पास भएको भए यस्तो कार्ड बाँड्नेलाई सजाय हुनसक्थ्यो। तर आइतबार संसदको राज्य व्यवस्था समितिको बैठकले पारित गरेको प्रतिवेदनमा भने निमन्त्रणा कार्डमा नियन्त्रण गर्ने व्यवस्था हटाइएको छ।

विधेयकको दफा १५ मा यस्तो व्यवस्था थियो।

अर्थात् राज्य निमन्त्रणा कार्ड पनि यस्तो बनाऊ उस्तो बनाऊ भनेर निर्देशन दिने लाइनमा थियो। तर संसदको फूल हाउसमा जाने विधेयकमा भने यो दफा हटाइएको छ।

अब तपाईँले जस्तो निमन्त्रणा कार्ड बनाए पनि हुने भो। तर कार्ड बनाउँदादेखि भोज खुवाउँदासम्मको सबै खर्चको हिसाब भने स्थानीय तह अर्थात् वडामा भोज सकिएको ३५ दिनभित्र बुझाउनु पर्नेछ। नबुझाए १० हजार जरिवाना तिर्नुपर्नेछ।

https://youtu.be/AveLUuh7_pk

1 thought on “झण्डै निमन्त्रणा कार्डमा समेत राज्यले नियन्त्रण गर्न लागेको थियो, अब नहुने भयो”

  1. Shankar says:
    March 28, 2017 at 12:09 am

    अली नेगेटिभ सोचे है , भ्रस्ट र खुफिया नेताहरुले आफ्नो भ्रास्ताचार र अपराध लाइ सुनिश्चित गर्न र
    आफ्ना जुका कार्यकर्ता पोषण गर्न नया नया जुक्ति निकाल्छन | न भये आफुले लूटने राज्यकोष माँ कार्यकर्ताको को नजर पाहिले पर्ने भो , र हल्ल्ला पानी हुने भो |
    स्थानीय को चुनाब भएर स्थानीय सरकार बसेपछि कार्यकर्ता हरु प्रत्येक जनता बात भोज बापत घुस लिने, बिकास निर्माण को नाउँमा आउने खर्च कुम्ल्याउने , आफुहरु माथि अरबो लूटने , तल कार्यकर्ता हरु लाखौ ,करोडौ लूटने | फेरीपानी जत्ति खोके पानी यिनले गर्ने लूट तंत्र नै हो |
    यो बिसेस गरेर काठमांडू को जनता लाइ दुःख दिने नियत जस्तो छः इनको , किनकी काठमांडू माँ जात्रा र भोज बढ़ी हुन्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme