Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हैट, लाजै लाग्यो मिस नेपाल आयोजकहरुको यो पारा देखेर

Posted on March 25, 2017March 25, 2017 by Salokya


ब्युटी विद् दि ब्रेन – सुन्दरी प्रतियोगिता आयोजकहरुको एउटा राम्रो बहाना हो। बौद्धिक व्यक्तित्व अनि त्यसमाथि सौन्दर्य। अहा!

तर नेपालमा ब्युटी विद् दि ब्रेन खोज्ने जिम्मा लिएका अर्थात् मिस नेपालका आयोजकहरुको पारा देख्दा चाहिँ लाजै लाग्ने रहेछ। मिस नेपाल २०१७ को घोषणा गर्ने कार्यक्रममा एउटा प्रेस विज्ञप्ति बाँडिएको थियो। त्यो प्रेस विज्ञप्ति यति लाजमर्दो छ कि नेपाली भाषाप्रेमीहरुले देखे भने आफ्नो टाउको आफैले भित्तामा ठोक्लान् भन्ने डर छ।

एउटा नमूना हेर्नुस्- मिस नेपालमा सहभागी हुने र जित्नेहरुले के पाउँछन्? विज्ञप्तिमा भनिएको छ- ‘युवतीहरुको जीवनमा नै काल्पनिक सीपभित्र तर्क मुक्त प्रस्तुती करण गर्न सक्षम बनाउने’

हे राम, राम! के हो यो काल्पनिक सीप भनेको? अझ त्यसभित्र तर्क मुक्त प्रस्तुती करण गर्न सक्षम बनाउने रे। तर्कमुक्तको अर्थ हो तर्कै नचाहिने। काल्पनिक अर्थात् कल्पनाको सीपमा तर्क के खान चाहियो त!

अझ रमाइलो नमूना भित्र हेर्नुस्।

विज्ञप्तिको सुरुमै ‘नेपालको असाधारण विलक्षण कुमारीहरुको अन्वेषण गर्ने’ उल्लेख छ। अनि आफूले आफैलाई नेपालको अति प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको उपमा दिइएको छ।

विज्ञप्तिको दोस्रो अनुच्छेदको वाक्य अजीबको छ।

तेस्रो अनुच्छेदमा त मुख्य प्रायोजकको विशिष्ट योगदानले समारोहका गरिमा पूरै देशको गरिमा बन्न पुगेको उल्लेख छ। अचम्म ! मुख्य प्रायोजकले गर्ने काम भनेको मिस नेपाल आयोजकलाई रकम दिने न हो। त्यो काम कसरी पूरै देशको गरिमा बन्न पुग्यो त? खै पुष्टिको आधार? अनि त्यसैमा मुख्य प्रायोजक रुसलान एफएम (भोडकाले छायाँ विज्ञापन गर्न बनाएको ब्रान्ड) को उत्कृष्ठ प्रसारणबाट अति रोमान्चित र नवीन शक्ति प्राप्त गर्न सकिने यथार्थ रुपमा देखिन्छ रे। हैट। के भन्या हो?

चौथो अनुच्छेदमा मोबाइल प्रविधिमा रहस्यमय सफलता प्राप्त भएकोमा गर्व गरिएको पनि कति नसुहाउँदो !

छैटौँ अनुच्छेदमा प्रतियोगीहरुले अनुमानबाटै जीवन पछिसम्म सुखमय र शान्तिमय बनाउने अभिप्राय राखिएको छ।

अन्तिम अनुच्छेदमा प्रतियोगितामा भाग लिन नेपाली नागरिकता र नेपाली पासपोर्ट नै भएको हुनुपर्ने भनिएको छ। सँगै गैर नेपाली नागरिकले पनि उल्लेखित मापदण्ड अनुसार प्रतियोगितामा भाग लिन सकिने भनिएको छ। कति हाँस्नु ! नेपाली नागरिकता र नेपाली पासपोर्ट नेपाली नागरिकले पो पाउने, गैर नेपालीले पाउँछन् र? नेपाली नागरिकता हुनुपर्ने तर गैर नेपालीले पनि भाग लिन पाउने भनेको के ? कोही होला तपाईँको मिस नेपालका आयोजकलाई चिन्ने, सोधी हेर्नुस् है। अति भो यो त! यस्ताले उत्पादन गर्ने सुन्दरीको बुद्धि कस्तो हुने हो, कठै !

हेर्नुस् विज्ञप्ति, तपाईँले पनि यस्तै केही देख्नुभयो भने लेख्नुस् है तल कमेन्टमा

22 thoughts on “हैट, लाजै लाग्यो मिस नेपाल आयोजकहरुको यो पारा देखेर”

  1. Samir says:
    March 26, 2017 at 3:41 pm

    Ruslan Vodka को असर जस्तो छ ! जय शम्भो कैलाशपति !!

    Reply
  2. Premsagar Khatiwada says:
    March 26, 2017 at 4:59 am

    Hahahha halka ramailo ..

    Reply
  3. Suresh D Shrestha says:
    March 26, 2017 at 3:27 am

    हिजोआज मिस नेपाल हुनेले …मिस नेपाल भईसकेपछि मात्रै नेपाली भाषा सिक्ने गर्छन् ..

    Reply
  4. Kishor says:
    March 26, 2017 at 5:44 am

    “नेपाली नागरिकता साथै नेपाली पासपोर्ट् नै हुनुपर्ने छ” भने पछि नागरिकता मात्र भएर पनि काम भएन, पासपोर्ट् पनि हुनुपर्‍यो!!!

    Reply
  5. ईमरान खाँन ,पाल्पाली,नेपाली says:
    March 25, 2017 at 8:31 pm

    जाने ठिक,
    नजाने,झनै ठिक,,

    बिचरा,मेरो देश!!!!!!!!!

    थोत्रो अनुहार,,,
    थोरै पाउडर,धेरै लिपिस्टिक.

    Reply
  6. Machhindra Acharya says:
    March 25, 2017 at 10:14 am

    Tyo baikalpik sip bhitra tarkayukta prastutikRan bhanera kasaile lekhera diyeko hunuparchha ali bad handwriting bhayekole type garnewala le bhujena hola…

    Reply
    1. Machhindra Acharya says:
      March 25, 2017 at 10:15 am

      Ani chamatkar balatkar va jasto bha hola

      Reply
  7. Ramesh Nanda Bajracharya says:
    March 25, 2017 at 9:39 am

    Nepali cheap media only knows criticize.

    Reply
  8. yash says:
    March 25, 2017 at 8:40 am

    राम राम राम ! यस्ता बुद्दी भएकाहरुले उत्पादन गर्ने “नेपाल सुन्दरी “,को बौद्दिक स्तर कस्तो होला ? । हैट कति हास्नु ! ।

    Reply
  9. पीताम्बर ढकाल says:
    March 25, 2017 at 2:03 am

    अङ्ग्रेजीमा भएको लाई गुगलमा ट्रान्स्लेट गरेछन् अनि जस्ताकोतस्तै कपिपेस्ट गरि पृन्ट गरेछन्

    Reply
  10. Sandip Adhikari says:
    March 25, 2017 at 2:00 am

    कुन दिना ह्रस्व दीर्घ लाई दाउरा को सिठा सम्झेर भात पकाउछन इनारुले । हन नेपाली ले अब नेपाली बिर्सिन्छन जस्तो लाको छ । बजारमा इङ्लिस र हिन्दी वाला टिभी जो आको छ

    Reply
  11. Shankar says:
    March 25, 2017 at 6:21 am

    डोनाल्ड ट्रैम्प लाई बोलाएको भये दूध को दूध , पानीको पानी हुन्थ्यो | पासा हरुले दिमाग लगाएनछ |

    Reply
  12. Nepal Bimal says:
    March 24, 2017 at 11:36 pm

    हैट यस्तो पनी भाषा ?

    Reply
  13. Hakim Shab says:
    March 25, 2017 at 4:40 am

    हह्हहह एस्ता मति भ्रष्ट हुने आयोजक बाट के शिक्षा लिन्छन् हहह्हह !

    Reply
  14. Shrestha Prashant says:
    March 24, 2017 at 10:54 pm

    ह्रस्व दीर्घ पनि पोलेर आलु खाएछन

    Reply
  15. Pradip says:
    March 25, 2017 at 4:02 am

    Also check the application form written in English and find some mistakes.

    Reply
  16. Narayan Gaunle says:
    March 24, 2017 at 9:00 pm

    तपाईंले यस्ता विषयमा नजर पुर्याउनुहुन्छ । मजा लाग्छ ।

    Reply
    1. Hakim Shab says:
      March 25, 2017 at 4:41 am

      मज्जाको कुरा हैन भाइ सत्य कुरा हो ?

      Reply
    2. Narayan Gaunle says:
      March 25, 2017 at 7:29 am

      हो नि दाइ !

      Reply
  17. Atma R Adhikari says:
    March 24, 2017 at 8:14 pm

    लाजको पसारो

    Reply
  18. Yam Budha Magar says:
    March 24, 2017 at 7:40 pm

    यो चमत्कारिक बलात्कार देखेभने भाषाविदहरूले स्वयंलाई गोली ठोक्ने पक्का भयो ।

    Reply
  19. Amit Ratna says:
    March 24, 2017 at 7:07 pm

    Hait kati hasnu yo pakkai google translation ho

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme