वर्ल्ड ह्यापिनेस रिपोर्टको हालै सार्वजनिक भएको तथ्याङ्कबारे समाचार धेरै पढिसक्नुभयो होला। त्यसमा नेपाललाई ९९ औँ नम्बरमा राखिएको छ। यो खुसी वा सुखीको मापन भने तपाईँ हामीले गर्ने भावनात्मक खुसीबाट गरिएको होइन। औसत बैयक्तिक आय, स्वस्थ रही बाँच्ने प्रति ब्यक्ति औसत आयु, एक आपसमा सामाजिक सहयोगको भावना, व्यक्तिगत स्वतन्त्रताको उपभोग, देशमा व्याप्त आर्थिक वा अन्य प्रकृतिका भ्रष्टाचार, बैयक्तिक दया तथा क्षमाशीलता जस्ता मूल्य र मान्यतालाई यसको आधार बनाइएको थियो। तथ्याङ्क हेर्दा नेपालले औसतभन्दा कम नम्बर पाएको छ। हेर्नुस् भित्र चार्ट। औसतभन्दा माथिलाई खुसी र तललाई दुःखी मान्ने हो भने नेपाललाई के देखाइएको हो, प्रष्ट हुन्छ।
हेर्नुस् चार्ट
नेपाल भारतभन्दा माथि चाहिँ भएकै हो। अधिकांश नेपालीलाई खुसी बनाउने चाहिँ रिपोर्टको यही तथ्यले हो 🙂 यसलाई आधार मान्ने हो भने चाहिँ नेपाल खुसी नै देखिएको हो।
यो रिपोर्टबारे थप जानकारी आधिकारिक साइटमा हेर्न यहाँ क्लिक गर्नुस्
2.Denmark .3.Iceland 4.Canada 5.Finland
America kata gayab bhayo feri….
Number-2 Denmark is missing in the list.