Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आइजी विवाद : के सर्वोच्चको फैसलाले नवराज सिलवालबाहेक अरुलाई नियुक्त गर्न बाटो छोडेको छ?

Posted on March 22, 2017 by Salokya

आइजी विवादबारे सर्वोच्च अदालतको बृहद् पूर्ण इजलास (पुनरावलोकन नहुने) ले गरेको फैसलापछि दुई किसिमको धारणा देखियो-

एक, सर्वोच्चले यसलाई नियुक्त गर उसलाई नियुक्त गर भनेको छैन। जयबहादुर चन्दको नियुक्तिमात्र बदर गरेको हो।
दुई, सर्वोच्चले नवराज सिलवाललाई नै नियुक्त गर्न भनेको छ।

के हो त कुरा? यसबारे फैसला पढेर मैले बुझेको कुरा यस्तो छ।

सर्वोच्चले आफ्नो १० पेजको १७ बुँदे आदेशको अन्तिम बुँदा (अदालतको फैसला बुझ्ने सजिलो उपाय ठहर खण्ड वा अन्तिमतिरको निश्कर्ष हेर्नु हो) मा नवराज सिलवाललाई नै नियुक्त गर्नु भनेर नामै तोकेको छैन।

तर नाम तोक्नमात्र बाँकी राखेर अरु सबै काम भने गरेको छ। अर्थात् सरकारलाई नियम अनुसार नियुक्त गर्नु भनेर नियुक्त गर्ने अधिकार दिएर नियम अनुसार यो व्यक्ति चैँ उपयुक्त छ है भनेको छ।

यसमा सर्वोच्चले भनेको छ-
प्रहरी नियमावली २०७१ को नियम ४१ समेतका प्रावधानहरुको समुचित परिपालना गरी,
न्यायका मान्य सिद्धान्त,
सुरक्षा निकायको नियन्त्रण कडी (चेन अफ कमान्ड),

यति भन्दासम्म प्रष्ट नभए पनि बाँकीका शब्दमा ध्यान दिनुहोला
रिट निवेदकको वैध अपेक्षा (अर्थात् नवराज सिलवालको वैध अपेक्षा- आफूलाई महानिरीक्षक बनाइयोस् भन्ने)
लगायतका माथिका प्रकरणहरुमा उल्लेख भएका समग्र कुराहरु तर्फ न्यायोचित रुपमा दृष्टिगत गरी

नेपाल प्रहरीका बहालवाला प्रहरी नायब महानिरीक्षकहरु मध्येका योग्यतम् तथा विगत चार आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कनमा प्रतिस्पर्धीहरु मध्ये ‍औसत उच्चतम अङ्क प्राप्त गरेका व्यक्तिलाई प्रहरी महानिरीक्षक पदमा तत्काल नियुक्त गर्नु गराउनु।

सर्वोच्चले योग्यतम् तथा विगत चार आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कनमा प्रतिस्पर्धीहरु मध्ये ‍औसत उच्चतम अङ्क प्राप्त गरेका व्यक्तिलाई प्रहरी महानिरीक्षक पदमा तत्काल नियुक्त गर्नु गराउनु भनेको छ।

सर्वोच्चले विगत चार आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कनमा ‍कसको नम्बर बढी छ पनि भनिदिएको छ

त्यसैले सर्वोच्चको आदेशले सिलवालबाहेक अरुलाई नियुक्त गर्ने बाटो छोडेको छैन।

3 thoughts on “आइजी विवाद : के सर्वोच्चको फैसलाले नवराज सिलवालबाहेक अरुलाई नियुक्त गर्न बाटो छोडेको छ?”

  1. Suraj says:
    March 23, 2017 at 4:07 am

    Shere lai garo baa. .good decision..

    Reply
  2. Bright Tamu says:
    March 21, 2017 at 10:05 pm

    सरसरती हेर्द अजको भोली नवराज लाई पुल माल लगौदा हूनि भयो l

    Reply
  3. sandip sharma says:
    March 22, 2017 at 3:14 am

    Good decision

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme