Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उपप्रम सडकमा धर्ना बस्दा प्रहरीले नेताको घुँडामुनि बनाएको चोट

Posted on March 20, 2017 by Salokya


आन्दोलनका क्रममा प्रदर्शनकारीहरुमा घुँडामाथि हान्यो, घुँडामाथि हान्यो भनेर प्रहरीको आलोचना भएर हो कि किन हो, आज उपप्रधानमन्त्री कमल थापाको पार्टीले गरेको प्रदर्शनमा पूर्वमन्त्री पशुपतिशमशेर राणालाई प्रहरीले घुँडामुनि चोट बनाइदिएछ। राससका रोशन सापकोटाले खिचेको फोटोमा नाति जर्नेलको घुँडामुनिको चोट देख्न सकिन्छ। राणा शासन कायम भएको भए पशुपतिशमशेर अहिले श्री ३ हुन्थे। न राणा शासन बाँकी रह्यो, न उनी राप्रपाका अध्यक्ष नै रहे। उपप्रधानमन्त्रीको कुर्सीमा रहेका कमल थापाको आह्वानमा निर्वाचन आयोग घेर्न गए। निषेधित क्षेत्र तोड्न हुन्न भन्ने थाहा हुँदाहुँदै तोडेपछि प्रहरीले हान्दियो अश्रुग्यास, चलायो लाठी। उपप्रम कमल थापाको नौटंकीले बित्थामा दुःख पाए नेता र कार्यकर्ताले।

निर्वाचन आयोगले राप्रपाको विधानमा रहेको हिन्दु धर्म र राजतन्त्र हटाइदिएपछि यो बबाल भएको हो। राप्रपाले कानुनी उपाय खोज्ने भनेको थियो। तर मुद्दा दर्ता भने गरेन। बरु आफै सरकारमा रहेर आफै निषेधित क्षेत्र तोड्ने गैरकानुनी उपाय अपनायो।

हिन्दु धर्म कायम राख्न राप्रपाले संविधान संशोधन प्रस्ताव दर्ता गराइसकेको छ। यो कानुनी बाटो नै हो। निर्वाचन आयोग घेर्न जानु भनेको नौटंकीबाहेक केही होइन।

निर्वाचन आयोगले संविधान अनुरुप नभएका दलको विधान संविधान अनुरुप भएन भनेर हटाउन पाउँछ। राप्रपाको यसअघिको विधानबाट आयोगले हटाएको होइन। राप्रपा र राप्रपा नेपालको एकीकरण भएपछि बनेको नयाँ विधान निर्वाचन आयोगमा दर्ता गराउन जाँदा नयाँ संविधान अनुसार भएन भनेर भनेको हो।

चित्रबहादुर केसीको जनमोर्चाले पनि संघीयता विरोधी विधान अब गएर दर्ता गराउन गयो भने निर्वाचन आयोगले गर्ने त्यही हो। संविधान लागू भएपछि निर्वाचन आयोगले कार्यान्वयन त गरिहाल्छ।

राजतन्त्रको पालामा गणतन्त्र लेखेको दलको विधान पास त हुँदैन पक्कै। अहिले पनि भएको त्यही हो। तर त्यसले गणतन्त्र आउन रोकेन त। जनतालाई राजतन्त्र चाहिन्छ भने विधानमा नहुँदैमा केही लछारपाटो लाउँदैन। जनताले काँधमा बोकेर राजतन्त्र फर्काउँछ।

संविधानमा नभएको कुरा विधानमा राख्न पाइएन तर विचार र अभिव्यक्ति त राख्न पाइयो। त्यो राख्न कसैले रोकेको पनि थिएन। त्यसैले कमल थापाको यो नौटंकीमात्रै हो। विद्रोह गर्नुछ भने सरकारको कुर्सी बाहिर बसेर विरोध गरे हुने हो।

को को भए घाइते?

5 thoughts on “उपप्रम सडकमा धर्ना बस्दा प्रहरीले नेताको घुँडामुनि बनाएको चोट”

  1. Mandip Ramtel says:
    March 21, 2017 at 10:30 pm

    कुरो छर्लङ्ग पार्नु भएकोमा धन्यबाद !

    Reply
  2. Ojash Thapa says:
    March 21, 2017 at 2:49 am

    उपराष्ट्रपति भबन अथवा बहादुर भबन भनेको निषेधित झेत्र हो । उक्त झेत्रमा जान नदिन पुलिसले लगाएको काडेंतारको वारलाई प्रर्दशनकारीले अति नै बल प्रयोगगरि भत्काउन र तोडन लागेपछि यो घटना भएको हो । यसमा प्रहरीले आफ्नो धर्म मात्र निभाएको हो । जुनकुरा त्यहॉको पुरा भिडिया हेर्दा वा हामी प्रतक्षदर्शीले छर्लग देखेकाछौं वा देख्न सक्छौं ।

    Reply
  3. Adhikari says:
    March 21, 2017 at 8:02 am

    Kathmandu bhayera hola Goli chalena, koi marenan. Kathmandu mai bhayeko bhayera media coverage dherai payo. Nepal needs freedom from Kathmandu. Until and unless power is not decentralized the outsider of Kathmandu will always feel alien.

    Reply
  4. Adhikari Ashok says:
    March 21, 2017 at 1:34 am

    Damna haru dharna basne.

    Reply
  5. भुवन says:
    March 21, 2017 at 1:48 am

    अरु कुरो त्यस्तै हो आफ्नै औषधिको डोज दिएको हो|
    यी राजावादी नेताहरुलाई सुझाव दिन चाहन्छु| हिम्मत भए तलको ठाउँबाट आगामी चुनावमा उठनुहोला:
    राजधानीबाट: कमल थापा, पशुपति शम्सेर, दीपक बोहरा|
    पटक पटक भागबण्डामा मन्त्रि भएर साधारण जनताका लागि केहि काम गरेका छैनन् यी नेताहरुले|
    आन्दोलनकारीका नेतालाई केहि प्रश्नहरु:
    १. ज्ञानेन्द्रको प्रत्यक्ष शासन ताका इन्टरनेट फोन बन्द गर्ने को हुन्? सडकमा उत्रेर बिरोध गरे पुलिसले बजाई हाल्थ्यो|
    २. ज्ञानेन्द्रको प्रत्यक्ष शासन ताका राज्यको ढुकुटी बाट लिएको १६ करोडको हिसाब कमल थापाले दिन बाँकी छ|
    ३. अन्तराष्ट्रिय रुपमा भ्रष्टचार गरेको ठहराएका र मुलुकको बेइज्जत गरेका व्यक्ति
    आफ्नो भाईलाई कोटामा सांसद बनाउने को हुन्? के अरु कोहि योग्य थिएनन वा परिवारकै प्रतिनिधित्व हुनपर्ने?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme