Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालले केन्यालाई सात विकेटले हराउँदाको ४१ एक्सन फोटोमा हेर्दाको मजा

Posted on March 13, 2017March 14, 2017 by Salokya


विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले घरेलु मैदानमा खेलेको तेस्रो खेल थियो शनिबार केन्याविरुद्ध। वर्षाले प्रभावित खेलमा नेपालले पाँच विकेटको नमीठो पराजय भोग्यो। तर सोमबार भने सात विकेटको विजय हात पार्‍यो। नेपाल शीर्ष ४ मा पर्दै वर्ल्ड कप क्वालिफायर्समा पुग्ने सम्भावना अब गणितीय मात्रै छ। अर्थात् युएई र हङकङसितका बाँकी सबै खेल जितेर मात्र पुग्दैन, आफू अनुकूल अरु टिमहरुले पनि हारिदिनुपर्छ। केन्यालाई हराउँदा मैदानमै उपस्थित भएर खेल हेर्नुको मजा बेग्लै हुन्छ। क्यामेरा बोकेर बाउन्ड्री नजिकै पुगेर लेन्स तेर्स्याउनुको मजा अर्कै। दर्शकहरु पनि गजबका हुन्छन्। खेल अवधिभर विभिन्न आवाज निकालेर वातावरण रमाइलो बनाइराख्छन्। नेपाली इनिङ्ग्सको अधिकांश समय फोटो खिचेरै रमाइयो। हेर्नुस् ४१ वटा विभिन्न एक्सनका फोटो।

केन्याको इनिङ्ग्सका २१ फोटो

माथि नेपालको इनिङ्ग्सका फोटोहरु। टस जितेर नेपालले फिल्डिङ रोजेको थियो। केन्याको ब्याटिङका फोटोहरु योभन्दा मुनि रहेको छ। फिल्डिङतर्फ महबूब आलमले ७ ओभरमा सुरुवाती दुई विकेट लिँदै ५ मेडन राख्दै ११ रनमात्र दिए। करिम र ओबुयाको साझेदारी टाउको दुखाइ भइरहेको बेला सन्दीपले ओबुयालाई विनोद भण्डारीबाट स्टम्प गराए। नेपाललाई विकेट आवश्यक भइरहेको बेला शरद् भेषावकर चम्किए। उनले ४ विकेट लिए। पछि ब्याटिङमा पनि शरदले ४ चौका र एक छक्कासहित ११ बलमा २४ रन नट आउट बनाए।

1 thought on “नेपालले केन्यालाई सात विकेटले हराउँदाको ४१ एक्सन फोटोमा हेर्दाको मजा”

  1. aman says:
    March 14, 2017 at 12:33 am

    अति सुन्दरम …..| क्रिकेटको माध्यमबाट तराई र पहाड्को भावना मेटाउनु पर्छ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme