Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सहिदको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि, तर चितामा टायर जलाएर?

Posted on March 13, 2017March 13, 2017 by Salokya


भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागी निधन भएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमको आज अन्त्येष्टि गरियो। नेपाल सरकारले गोविन्दलाई सहिद घोषणा गरिसकेको छ। उनको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय भए अनुसार प्रहरीले सलामी पनि दियो। कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थिव शरीरमा उनका ७२ वर्षीय पिता खेमलाल गौतमले दागबत्ती दिए। उनलाई राष्ट्रिय झण्डा ओढाइएको थियो। तर अन्त्येष्टिको फोटो हेर्दा एउटा कुरा भने चित्त बुझेन- चितामा टायर पनि राखिएको रहेछ।

नेपाल–भारत सीमाभन्दा निकै वर आनन्दबजारमा कल्भर्ट राख्ने विषयमा सुरु भएको विवादले उग्ररुप लिँदा एसएसबीले गत बिहीबार गौतमको गोली हानी हत्या गरेका थिए।


अन्त्येष्टि कार्यक्रममा कैलाली र कञ्चनपुरका सयौँ सहभागी भए। यसअघि धनगढीस्थित सेती अञ्चल अस्पतालबाट उनको शवयात्रा निकालिएको थियो । शवयात्रा धनगढी, डोकेबजार, चौराहा, त्रिनगर भन्सार हुँदै दोदा लगिएको थियो । उहाँको शव गृहनगर पुनर्वासमा श्रद्धाञ्जलिका लागि केहिबेर राखिने भनिएपनि समयअभावका कारण सिधै दोदा नदी किनार लगिएको थियो।

दोदा नदी किनारमा बनाइएको चिताको फोटो पनि सामाजिक सञ्जालमा देखियो। चितामा टायरको पनि प्रयोग गरिएको रहेछ। चितामा टायर जलाएर गरिएको राष्ट्रिय सम्मान भने चित्त बुझेन। के स्वास्थ्य र वातावरणमा समेत असर पर्ने गरी टायर नजलाई अन्त्येष्टि गर्न सकिँदैन थियो र?

2 thoughts on “सहिदको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि, तर चितामा टायर जलाएर?”

  1. Mohan Thapa says:
    March 13, 2017 at 10:17 am

    Rip

    Reply
  2. Maharjan Tulsi says:
    March 13, 2017 at 2:10 am

    नेपालको राष्ट्रिय दाउरा भनेको टायर नै हो । सडकमा नि बालिने, चितामा नि बालिने, भत्तीमा नि बालिने ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme