Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यही देख्‍न बाँकी थियो – प्रचण्डको सरकारमा कमल थापा उपप्रम

Posted on March 9, 2017 by Salokya


मधेसी मोर्चाले समर्थन फिर्ता लिने भनेर सरकारको कुर्सी हल्लाइदिएपछि रातारात कमल थापाले काँध थापेर प्रचण्ड सरकारलाई बलियो बनाइदिएको छ। एकताका राजतन्त्रविरोधी आतंकवादी भन्दै दोस्रो जनआन्दोलनमा गोली ठोक्ने आदेश दिने तत्कालीन गृहमन्त्री कमल थापा अब त्यही गणतन्त्रवादी आन्दोलनकारीहरुका नाइके प्रचण्ड एउटै सरकारमा बसेर गणतन्त्रलाई बलियो बनाउने भएका छन्। के गर्नु यो सत्ताको मातै यस्तो हुने रहेछ। र त अस्ति भर्खर राप्रपाको महाधिवेशनमा प्रचण्डले कमल थापासित मिलौँ मिलौँ लाग्छ भनेका थिए।

देशमा जुन तन्त्र आए पनि कमल थापालाई कहिल्यै सत्ता विरानो भएन। पञ्चायत कालमा मन्त्री भए। बहुदल कालमा कहिले एउटा पार्टीको सरकारमा कहिले अर्को पार्टीको सरकारमा मन्त्री बनी नै रहे। जसका कारण लोकेन्द्रबहादुर चन्दले उनी जस्तालाई मुसा प्रवृत्ति भनेर नाम नै राखिदिए।

राजाले प्रत्यक्ष शासन हातमा लिए, उनी नै राजतन्त्रका रक्षक भएर देखापरे। राजाको सत्ता गयो, राजावादी रहेका उनी नै गणतन्त्रको रक्षक भएर देखा परे- केपी ओलीको सरकारमा उनी नै प्रभावशाली मन्त्री थिए। केपी ओलीको सरकार ढलेर प्रचण्डको सरकार बन्यो, उनी नै उपप्रधानमन्त्री बनेर प्रचण्डलाई जोगाउन आइलागे।

अब संविधान कार्यान्वयन भएर अर्को सरकार बन्दा पनि उनी सत्ताविमुख हुनु पर्दैन होला। अथवा संविधान कार्यान्वयन हुन नसकेर देशमा अर्कै सरकार बने पनि उनी नै सत्तामा हुने होला। गजब छ। गणतन्त्र त यस्तै पात्रलाई पो लाग्ने रहेछ।

20 thoughts on “यही देख्‍न बाँकी थियो – प्रचण्डको सरकारमा कमल थापा उपप्रम”

  1. john gauchan says:
    March 11, 2017 at 11:22 am

    कमल थापा जी बधाई छ ,
    देश रहनु पर्छ देश रहे सबै जनता रहन्छन बिहारिहरुको नाजायज माग कदापि पुरा हुनु हुदैन यहा तिन पुस्ते नेपालि नागरिक रोएर बसेका छन् साला हिजो आएका बाउले भन्दा पहिले नेपालि अंगिकृत नागरिकता लिएका बिहारिहरुको स्वार्थमा सिमा भाषा र अंगिकृतलाइ राज्य प्रमुख कदापि स्वीकार्य छैन ,,, धर्ममा स्वतन्त्र हुनु पर्छ , राज सस्था फर्कनु पर्छ ६०१ राजा भन्दा एउटा राजा ठिक …. ६०१ ले ६०१ गल्ति गर्छ तर एउटा पनि काम गर्दैन , एक राजाले एक गल्ति गरोस एक काम पनि नगरोस बरु …५ बिकाश क्षेत्र नै पाच प्रदेश हुनु राम्रो खर्च कम , देशको ढुकुटीको सुरक्षा हुन्छ ,

    Reply
  2. मुकेश यादव says:
    March 11, 2017 at 12:17 am

    मैले पहिले कमेन्ट मा पनि भनको थिएँ / दस बरस भन्दा बडी गृहयुध चरकाएर दसौं हजार निर्दोस शिक्षक, बुद्धिजीवी र गरिब निमुखा को हत्या के को लागि करेको त् यो छविलाल ले ?

    दसौं हजार को हत्या मातर होइन , नेपाल का सहर सहर, गाउँ गाउँ को सामाजिक स्थिति नै बदलेको छ निगेटिभ काया पलट करेर कंगाल स्थिति मा धकेलेको छ यो हत्यारा छविलाल ले /

    यस्को गृहयुध ले गर्दा नै लाखौं लाख युवा बेरोजगार भइ गाउँ छोडेर मलेसिया र खाडी को धुप र गर्मी मा पलायन भए मरेतुल्य काम करने बाध्य भए / गाउँमा सुरक्ष्य नहुने देखी लाखौं लाख युवा युवती गाउँ छाडी काठमाडौँ मा सरे र आज त्यसको परिनाम देसको राजधानी काठमाडौँ संसारको प्रदुषित असामान्य रुपले फोहर र जनसंख्या को चाप ले ग्रसित भयो / गाउँ खाली भए केवल बुढा बुढी मातर बाँकि रहे गाउँ मा / काठमाडौँ मा डान्स बार र मसाज खुले र चेलीबेटी त्यहाँ पलायन भए /

    दस हजार भन्दा बढी को हत्या मातर होइन एक जेनरेसन एक पिढी को भविस्य नै सत्यनास करयो यो छविलाल ले /

    यो सब के को लागि त् ? आज आएर सत्ता लोलुप यो नकचरो छविलाल ले कमल थापा जसता खुंखार संग कन्धा मा कन्धा मिलाई भुँडी भरने र घिचने घिचाउने ?

    कति बालबालिका लाई मार्ने धम्की दिएर बन्दुक बोकन बाध्य बनायो र जीवन सत्यनास करयो यो पापी छविलाल ले ? ती सबै ले मिलेर धुन्धकारी लाई लुछी लुछी च्यातेको जसतो करुन यो असतती लाई

    Reply
  3. विष्णुजी says:
    March 10, 2017 at 3:23 pm

    प्रचण्डले सत्तामा बसाएर लात्ताले हानी पछारेको बेला मात्र थाहा पाउँछ थापाले ।

    Reply
  4. NABIN says:
    March 10, 2017 at 8:49 am

    NO COMMENT MANDALE;;;;;;;;;;ABSARBADI…CHOR DANKA…FATAHA…MANDALE BHANEKO TEHI HO

    Reply
  5. Shrestha Devens says:
    March 10, 2017 at 2:04 am

    Swartha ko rajniti ko parakastha ko namuna ho yo

    Reply
  6. Tul Bahadur Purjamagar says:
    March 10, 2017 at 2:00 am

    सबै लाई आफ्नै आफ्नै पिर छ।कसै लाई दुई छाक टार्न,कसै लाई बाँस को,कसै लाई सत्ता जोगाउन अनेक कुटनैतिक चाल,गरि खाउ सरकार।

    Reply
  7. Badan Man Tamrakar says:
    March 10, 2017 at 1:52 am

    अब केन्द्रीय स्तरका मन्त्री काे संख्या कम्तिमा १०० पुगेको देख्न पावसाे ,शुभकामना ।

    Reply
  8. Hira Niraula says:
    March 10, 2017 at 1:51 am

    यो पनि जनतालाई गोली ठोक्न सिपालु छ मिलेछ जोडी कपु को । ज्यानमाराहरूको सरकार ।

    Reply
  9. Basu says:
    March 10, 2017 at 5:14 am

    गच्छदारलाई ‘आलु’ भन्थेँ कमल थापा त झन् महाको ‘आलु’ रहेछन् |

    Reply
  10. Sujit Singh says:
    March 9, 2017 at 10:35 pm

    Kamal Thapa musa prabriti auto example ho

    Reply
  11. नन्दन चालिसे says:
    March 10, 2017 at 4:16 am

    कमल थापा लाइ सरकार मा आइ संसोधन प्रस्ताब मा सहयोग नगरे, गणेश थापा लाइ अख्तियार लगाएर जेल हाल्ने थ्रेट प्रचण्ड एंड उसको लैन्चौर का आका हरु ले देको कुरा पनि आइ राखेको छ,,सत्य हुन् पनि सक्छ, हिजो सम्म सरकार बाट बाहिरिने कुरा गर्ने कजिसाब्, लाखौ कार्यकर्ता को चित्त दुखाएर किन यो दले सरकार मा सामेल भए त ?? कुरा मनन योग्य छ |

    Reply
  12. Rajesh Khanal says:
    March 9, 2017 at 9:39 pm

    Kamali Bahini bikri bhain aba samsodhan jayeg hun6 hola katha Le Mage pachhi

    Reply
  13. बुढा says:
    March 10, 2017 at 3:18 am

    नेपाली लाजनितीमा जे पनि संभब छ। अब आर्को संभावना देख्यो भने यो सरकार छोडने पहीलो मुसो कमले हुनेछ। नेपाली लाजनितीमा नैतिकता छैन सिर्फ पदलोलुपता।

    Reply
  14. बिनोद अन्जान says:
    March 9, 2017 at 6:40 pm

    kina parchanda lai satha deko kamal thapa le oli lai satha deko vaya nepal ma yasto janatale dukha paune thiyana ke nepal ko sab neta haru paisa ma bikne ho jun manxe le ramro kam garxa teslai garnu difaina kina yo dalali neta vandata hamro raja nai thik xa manxe nepal mata roj gari diyana manxe bides ma jane lai pani yati dukha dina yoparchada sarkar le jasle paisa denxa usko kam hunxa yo pani gadatantra hunxa yota karmatantara po vako xa yasto ni sarkar hunxa xixixixixxixixi nepali hunu ma malai ta sarai dukha lagxa

    Reply
  15. Shukla Ji says:
    March 9, 2017 at 6:27 pm

    मधेशी मात्र यो देशको खराब मानिस हुन…. बाकी सब भाले खाने….

    Reply
  16. gopal says:
    March 9, 2017 at 10:36 pm

    चुनाब को लागि पैसा कमाउन गएको होला सिमाङ्कन पनि गर्देभैहल्योनि कमल थापा येति गिर्ला र धोकेबाज होला भनेर कल्पना गरेको थियिना दुर्भाग्य जसरि राप्रपा को इमेज जनमानसमा बिस्तारै बढेर गएको थियो त्यो भन्दा हजारौ गुणाले घटेर गयो कम्तिमा पनि म चाहि भोट हाल्दिन

    Reply
  17. Manoj Shrestha says:
    March 9, 2017 at 4:47 pm

    राजनीतिको उद्देश्य भनेकै शक्ती हासिल गर्नु रै छ । रिस डाह लाज सरम भन्ने कुरा यस्को शब्दकोषमा हुन्न रै छ ।

    Reply
  18. Nirmal Kumar Shrestha says:
    March 9, 2017 at 4:35 pm

    Think +ve milyo bhani pani faida nai huncha k bhanda auta party ghat cha

    Reply
  19. Bir Parakrami says:
    March 9, 2017 at 3:52 pm

    हाम्रा भिजनरी नेता “बाबुहराम” र “नयॉ शक्ती”को मुकुन्डो!!!
    ——————————————————-
    —————————————————————————

    भिजन त भएकै हो नि,वुर्जुवा शिक्षाको विरोधमा विधालयमा बम पड्काउने,विधार्थिका हातमा बन्दूक़ थमाउने,शिक्षकहरुको घॉटी रेटी हत्या गर्ने देशमा गरीव विधार्थिकालागि आन्दोलन गर्ने तिनकै छोरी विधावारधी गर्न जेएनयु मा छात्रवृती प्राप्त गर्ने। तर नारा चाहिं वर्ग संघर्षको गर्ने चुनावमा चाहिं जातिय नारा जोड्ने।
    पहिलो संविधान सभा विफल पार्ने र दोस्रो पनि विफल पार्ने प्रयत्न गर्दा केही नलागी संविधानमा हस्ताक्षर गरेको भोलिपल्ट पार्टी/संसदबाट राजीनामा गरी जारी संविधानको विरोध गर्ने।
    भिजनरी भएकै कारण रविन्द्र मिस्रले सुरुगरेको “नयॉ शक्ती” संवन्धी वहसको फाईदा उठाऊँदै सो नाम आफुले हत्याई जनता माँझ नयॉ बनि आए पनि त्यो “नयॉ” मुखौटा भित्रको पुरानै रगतको टाटा बसेको अनुहार सबले चिनिहाले।

    धेरैले रंगशालामा विर्यानी पनि खाए,राष्ट्रीय पत्रिकाहरुले विज्ञापन मार्फ़त थुप्रै अर्थ संकलन गरे। भिजनरी अर्थमन्त्री जो परे।

    भिजन पनि कति सम्म भने भारतमा विन्ती पत्र चढाई नेपालमा रक्तपात र विधंवस गरी १७००० जनाको हत्या गर्ने र लाखौंलाई शरणार्थी बनाउने र खरबौंको क्षति पुर्याउने र लाखौं युवालाई मरुभुमीमा गोठालो बनाउने।

    भिजनरीको पनि सिमा हुन्छनी दिल्लीमा बसेर नेपालमा भेंडाहरुलाई भारतसंग युद्ध गर्न सुरुंग खन्न लगाउने,जसको मद्दतले कठमाडौंवासीहरुको मेलम्ची सपना झट्टै साकार हुँदैछ।।।

    Reply
  20. Bright Tamu says:
    March 9, 2017 at 3:43 pm

    मेरो बिचारम यो संकटको धड़ी म कमल (कमाल) थापाले ठीक गर्यो नत्रा देश संकाट म पर्नी थियो l

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme