Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेरि हिंसाको कुचक्र, तीन ज्यान बित्थामा गयो अतिवादी दुई थरि नेताहरुको हठले

Posted on March 6, 2017March 7, 2017 by Salokya

केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहको निर्वाचन गरिसक्नु पर्ने बाध्यात्मक मिति २०७४ साल माघ हो। अर्थात् त्यसका लागि अब एक वर्ष पनि समय बाँकी छैन। त्यसैले अब संविधानप्रति रहेका असन्तुष्टिहरुलाई जसरी हुन्छ मिलाएर सर्वस्वीकार्य बनाउँदै चुनावमा होमिनु बाहेक अरु विकल्प छैन।

तर दुई थरि अतिवादी नेताहरुको हठले स्थितिलाई झन् झन् बिगार्दै लगिरहेका छन्। एउटालाई संविधान संशोधन नभई नहुने, अर्कोलाई संविधान संशोधन गर्नै नहुने। संविधान संशोधन गरौँ भनेर संसदमा विधेयक दर्ता हुँदा छलफलसम्म गर्न नदिई संसद बन्द गरी निषेधको राजनीति गर्ने एकथरि। अर्कोथरिलाई भने आफ्नो प्रभाव क्षेत्रमा अरुलाई कार्यक्रम गर्न दिनै नहुने। यही दुई अतिवादको चेपुवामा परी आज संजन मेहता, पिताम्बर मण्डल, दिगम्बर यादव (यिनी घाइते मात्र भएको भेटिए पछि। मृत्यु हुनेको संख्या तीनमात्रै पुष्टि भयो) र आनन्द साहले बित्थामा ज्यान गुमाउनु पर्‍यो। लामो मधेश आन्दोलन र नाकाबन्दीको दुःखबाट पार भएको देश फेरि हिंसाको कुचक्रमा फँस्यो।

प्रमुख प्रतिपक्षी एमालेलाई यही बेला मेची महाकाली यात्रा गर्न परेको थियो। मधेसी मोर्चालाई त्यही कार्यक्रम बिथोल्न परेको थियो। बीचमा थियो सुरक्षाको जिम्मा लिनेहरु। यस्तो हुनसक्ने भनी धेरै पहिलेदेखि आएको खबरका बीच पूर्ण तयारी हुनुपर्थ्यो। पानीको फोहरा, विदेशतिर जस्तो पिपर स्प्रे आदि विकल्प नसोची परम्परागत पारामै गोली ठोकियो। घुँडा मुन्तिर हान्नु पर्ने गोली टाउको छेड्ने गरी हानेको देखियो।

वैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनका लागि मधेसी मोर्चालाई मनाउन बाँकी थियो। स्थानीय तहको संख्या २ नम्बर प्रदेशमा बढाएर सरकारले फकाउने प्रयास पनि गरेकै हो। बाँकी थियो संविधान संशोधन जसलाई विन विनको स्थिति बनाएर पार गरी चुनावमा होमिने उपाय थियो।

तर आजको घटनाले फेरि मधेसलाई भड्काउने कार्य गरेको छ। पहिलेका आन्दोलनहरुमा पनि सप्तरीबाटै मृत्युको घटनापछि आन्दोलन चर्किएको थियो। मधेसी मोर्चाले भोलि र पर्सि दुई दिन मधेस बन्दको घोषणा गरिसकेको छ।

एमालेले तीन दिनका लागि मेची महाकाली यात्रा स्थगित गर्ने घोषणा आजै बसेको स्थायी कमिटीको बैठकले गरिसकेको छ। अब दुवै पक्ष संयमित भएर अघि बढ्न जरुरी छ। नत्र फेरि कहीँ नपुगिने हिंसाको यात्रामा हामी फेरि रुमल्लिने छौँ र यो यात्रामा हार्ने भनेको हामी नेपाली मात्रै हुनेछौँ।

9 thoughts on “फेरि हिंसाको कुचक्र, तीन ज्यान बित्थामा गयो अतिवादी दुई थरि नेताहरुको हठले”

  1. paris says:
    March 7, 2017 at 8:00 pm

    after thoughtfully reviewing the video, i haven’t seen any necessity of firing real bullets. shooting can be done when the life of someone (police in this case) is at stake, which was not the case in that circumtance.

    Reply
  2. Rohini says:
    March 7, 2017 at 7:01 pm

    कुनै पनि पार्टीले देशको जुनसुकै भूभागमा राजनैतिक आमसभा गर्न पाउनुपर्छ | मधेश मा मोर्चाका कार्यकर्ता मात्र जनता होइनन | कांग्रेस माओबादी एमाले राप्रपा सबै पार्टी लै मन पराउने जनता छन् | त्यसकारण अब सबै राष्ट्रिय पार्टीहरु मधेश मा गएर राजनैतिक सम्मेलन गर्नु अत्यन्त जरुरि भैसकेको छ |

    Reply
  3. mahesh says:
    March 7, 2017 at 2:16 pm

    शान्तिपूर्ण रुप मा आफ्नो कुरा जनता मा लैजाने एमाले कसरी अतिबादी भयो? नेपाल को हरेक कुन मा हरेक नेपाली ले शन्तिपूर्ण कार्यक्रम राख्ने अधिकार संबिधान प्रदत्त अधिकार हो र यो अधिकार को सुरक्षा स्वयम सरकार ले गर्न पर्दछ। एमाले को क्आर्य्क्रम खुल्ल रुप ले बिथोल्ने भन्ने मधेशी मोर्छ एस हत्या कान्ड् को एक मात्रा दोशी हो। उत्तेजना फैलाएको म एस्को टाउके लाई कारबाही हुनै पर्दछ. एमाले मधेश बिरोधएे हो भने तेस्को भन्दा दश गुना ठुलो जनमास उतार्न मधेशी मोर्चा लाई कस्ले रोकेको छ? गत चुनाव मा मधेश को जनमत धेरै मधेशी मोर्चा ले पायो कि एमाले ले? जनता बाट तिरस्क्रित हुने हरु को बपौती हो मधेश? नेपाली ले नेपाल भित्र शन्तिपूर्ण कार्य्क्रम गर्न लाई मधेशी जनता बाट नै तिरस्क्रित भएका राजेन्द्र महतो हरु को अनुमती लिन पर्छ? एमाले को भन्दाफोद एदी तराइ मा गर्न सक्देनौ भने आउ पहाड तिर एमाले बिरुद्द शन्तिपूर्ण रुप मा जनमत बनाउन। स्वागत छ मधिशे नेता लाई । राजनीति जनता को मन र मस्तिस्क जितेर गर्ने हो, लाठी लिएअर होइन, AK47 निकम्मा भएको जमना मा केही भरौटे को लाठी ले जनमत रोक्ने?

    Reply
  4. राजन says:
    March 7, 2017 at 12:55 pm

    कांग्रेस र मधेसी मोर्चा नाटक,
    घुन झैं पिसिने ऊल्लु युवाको जमात ।

    Reply
  5. Ekraj says:
    March 7, 2017 at 11:57 am

    This what keeps happening Inna country where the politics and rulers belongs to criminal gangs and are member of corrupt syndicates whonare interested only on thugy and phatahagirinand have no respect for general publics. We will witness many gang fights.

    Reply
  6. Nabin Baskota says:
    March 6, 2017 at 10:33 pm

    कांग्रेस र मधेसी मोर्चा , आफै बोक्सी , आफै धामी बन्दै छ । सप्तरी घटना

    Reply
  7. Dipendra Narayan Shrestha says:
    March 6, 2017 at 9:07 pm

    Very bad situation

    Reply
  8. Bir Parakrami says:
    March 6, 2017 at 6:35 pm

    ५० लाख,

    हन यो मधेस तिर जान मन थियो,अहिले जान हुन्न भन्छन् मोर्चा र तिनका सिम्पथाईजरहरु। बरु कहिले जाने होला आर्को बिस वर्ष पछि!!!

    बरु भिषा चै लिन दुतावासमा नै संपर्क गर्नु पर्ने हो की, सल्लाह पाऊँ न मधेसी ज्युहरु!!!

    Reply
    1. Ssl Dhl says:
      March 6, 2017 at 7:42 pm

      Pls dont underestimte…
      Pls dont joke with the sentiments

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme