Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रविन्द्रको राजीनामापछि को बन्दैछ बीबीसी नेपालीका प्रमुख?

Posted on March 4, 2017 by Salokya

राजनीतिमा होमिने भन्दै बीबीसी नेपाली सेवाबाट यसका प्रमुख रविन्द्र मिश्रले मार्च १ तारिखदेखि लागू हुने गरी राजीनामा दिए। उनले सन् २००६ को अप्रिल २४ तारिखदेखि बीबीसी नेपालीको नेतृत्व गर्दै आएका थिए। ११ वर्षपछि बीबीसी नेपाली सेवाको प्रमुख पद रिक्त भएको छ। आकर्षक तलब र सुविधा भएको यो पदमा रविन्द्र मिश्रको ठाउँमा को आउँदैछ त? देशभर विभिन्न एफएममा बज्ने र देश बाहिर इन्टरनेटमा सुनिने बीबीसी नेपालीका स्रोताहरुलाई चासो लाग्नु स्वभाविक हो।

बीबीसीले रविन्द्र मिश्रलाई नेपाली सेवाको प्रमुख बनाउँदा खुला प्रतिस्पर्धाबाट नभई संस्थाभित्रैबाट चयन गरेको थियो। तर यस पटक भने बीबीसीले खुला प्रतिस्पर्धाबाट बीबीसी नेपाली प्रमुख छान्ने भएको छ। अबको तीन महिनापछि खुला प्रतिस्पर्धाबाट छानिएका व्यक्तिले बीबीसी नेपाली प्रमुखको कार्यभार सम्हाल्नेछ। खुला प्रतिस्पर्धाको अर्थ हो- योग्य भए तपाईँ पनि छनौट हुन सक्नुहुनेछ।

यसअघि बीबीसी मिडिया एक्सनको साझा सवाल कार्यक्रमका प्रस्तोता नारायण श्रेष्ठले राजीनामा दिएपछि पनि खुला प्रतिस्पर्धाबाटै अर्की प्रस्तोता विद्या चापागाइँ छानिएकी थिइन्।

बीबीसी नेपालीको प्रमुख छान्न उसले विज्ञापन पनि गरिसकेको छ।

कस्तो उम्मेदवार चाहन्छ बीबीसी?

बीबीसीले आफ्नो विज्ञापनमा राखेका शर्तहरु यस्ता छन्-

The Ideal Candidate
A successful track record in a news editorial role is essential to this role and you will be able to demonstrate experience of making sound judgements on editorial and political issues. Fluency in Nepali and English are required and you will have the ability to communicate and provide output effectively in both languages. We need your ability to deliver output for radio, TV, digital and social media platforms so a sound knowledge of production processes is required. You will have a detailed current knowledge of Nepali and international current affairs. An extensive knowledge of our audience needs and the media situation in Nepal and the wider target area is also required.
In addition, we need your experience of managing editorial teams and of monitoring and managing budgets and resources effectively.

विस्तृत जब डिस्क्रिप्सन पढ्न यहाँ क्लिक गर्नुस्

के के छ सुविधा?
पाइने सरसुविधाबारे बीबीसीको विज्ञापनमा केही उल्लेख छैन। तर रविन्द्र मिश्रले जागिर छाडेपछि दिएको अन्तर्वार्तामा आफ्नो तलब मासिक ७ लाख रुपैयाँ, गाडीको सुविधा र स्वास्थ्य बीमा लगायतको भएको बताएका थिए।

आवेदन दिनुपर्ने अन्तिम मिति २३ मार्च, २०१७ तोकिएको छ।

आवेदन दिने स्थान र विज्ञापन हेर्न यहाँ क्लिक गर्नुस्।

7 thoughts on “रविन्द्रको राजीनामापछि को बन्दैछ बीबीसी नेपालीका प्रमुख?”

  1. Karbir says:
    March 9, 2017 at 1:45 am

    Helo all, i have applied for the post and im very much confident that i will get it. However, in case, my application get rejected or unsuccessful, i will lose nothing. Just thought to give a try. Please wish me for good luck and keep me in your prayer 😉

    Reply
    1. shashwatb says:
      March 10, 2017 at 12:45 am

      Yesto gramma namilya अंग्रेजी लै चाहिं अलिक नपाउनु होला जागिर!

      Reply
    2. Karbir says:
      March 10, 2017 at 10:19 pm

      एउटा ट्राई गरम न हो भनेर नि | पाउन्त के पाइन्थो र भेनि यसो ! हेहेहे

      Reply
  2. Shankar says:
    March 5, 2017 at 9:04 am

    रबिन्द्र ले महिनाको ७लाख को जागिर छोडेर धमिलो पानीमा माछा मार्न गए |
    पछिल्लो समय राजनीति ब्यापार बनेको छ देश मा , सबै आकर्सित छन् यो ब्यापार मा |

    Reply
  3. Shukla Ji says:
    March 4, 2017 at 6:51 pm

    I think he is one of the most biased person….. from upper authorities it was pressure to leave……

    Reply
  4. Madan Gurung says:
    March 4, 2017 at 5:32 pm

    आस गुरंग य सरल गुरंग होस। जय पशुपतिनाथ बाबा

    Reply
    1. Him says:
      March 8, 2017 at 6:00 am

      Hasayo solta le ….aas gurung re

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme