Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भालुको आक्रमणबाट यसरी ज्यान जोगाएँ, सुन्नुस् जीउको रौँ ठाडो पार्ने गरी शंकरले सुनाएको विवरण

Posted on February 23, 2017February 23, 2017 by Salokya


यी हुन शंकर चौधरी। भाग्यले ज्यान जोगाएका व्यक्ति। यिनी बस्छन् बाघखोरमा। नजिकै नारायणी नदी तरेपछि चितवन राष्ट्रिय निकुञ्ज छ। निकुञ्जका जनावरहरु खोला तरेर यतासम्म आउँछन्। केही वर्षअघि वनमा घाँसदाउरा गर्न जाँदा भालुसित जम्काभेट भयो। उस्तै परेको भए ज्यान जान सक्थ्यो। तर यिनले भालुसँग लाप्पा खेले। घाइते त भए तर उपचारपछि ज्यान जोगियो। बाघखोरमा रहँदा हिजो राति उनको अनुभव सुन्न पाइयो। सुन्नुस् उनैको मुखबाट यो भिडियोमा

तपाईँलाई लाग्ला झण्डै ज्यान गुमाएका शंकर वन्यजन्तुसित घृणा गर्छन्। त्यसो हैन रहेछ। उनी त वन्यजन्तुलाई जोगाउनु पर्छ भन्दा रहेछन्। वन्यजन्तु हेर्न पर्यटक आउँछन् र उनीहरुबाट आफूहरुको रोजिरोटी चल्छ भन्ने चेतना यहाँ फैलिएको रहेछ। सरकारले निकुञ्ज आसपासका क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषणा गर्दै जंगल स्थानीय समुदायलाई हस्तान्तरण गर्ने नीति यहाँ सफल भइरहेको देखियो। यहाँका अरु पनि विषय छन् त्यो अर्को ब्लगमा।

2 thoughts on “भालुको आक्रमणबाट यसरी ज्यान जोगाएँ, सुन्नुस् जीउको रौँ ठाडो पार्ने गरी शंकरले सुनाएको विवरण”

  1. Anjan says:
    February 24, 2017 at 8:32 pm

    He looks so happy even he is Nepal ( also in village), probably struggling to eat every day. I am in USA but I am not happy at all. Life is all about happiness.

    Reply
  2. सिर्जने says:
    February 23, 2017 at 11:44 pm

    राम्रो, यत्ति भएपनि बन्यजन्तु संरक्षण गर्नुपर्छ भन्ने मान्छे, उनको सोचलाई सलाम छ /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme