Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

टायरमा लाश जलाउने चलन पो रैछ अचेल

Posted on February 20, 2017February 19, 2017 by Salokya


काठमाडौँमा लाश जलाउने दुई वटा विकल्प छन्- विद्युतीय शवदाह भर्खरै आएको नयाँ विकल्प हो। नत्र दाउरामा जलाउने। यता चितवन, नवलपरासीतिर भने टायरमा राखेर पो लाश जलाउँदा रहेछन् अचेल।

टायर जलाउनु त्यसै पनि वातावरणका लागि राम्रो चिज हैन। तर आइतबार नारायणी नदी किनारमा जाँदा लगभग सबै लाश जलाउँदा टायर नै प्रयोग गरेको पाइयो। कहिलेदेखि आयो होला यस्तो नराम्रो चलन?

धेरै भएको रहेनछ। दाउराभन्दा टायर छिट्टै जल्ने भएकोले टायर प्रयोग गर्न थालेको होला।

नारायणी नदी किनारमा घुम्दै गर्दा हामीले जाल मिलाउँदै गरेका छेदीराम मुसहरलाई भेट्यौँ। एकछिन उनीसँग कुरा गर्‍यौँ। हेर्नुस् भिडियो

3 thoughts on “टायरमा लाश जलाउने चलन पो रैछ अचेल”

  1. सिर्जने says:
    February 22, 2017 at 12:45 am

    टायर बाल्नु बिल्कुल राम्रो होइन / दाउरा नपाउने भए बिधुत शबदाह गृह बनाउनुपर्छ, नगरपालिका ले गर्नुपर्ने हो /

    Reply
  2. Shankar says:
    February 20, 2017 at 2:40 pm

    अचेल
    ज्युदा लास हरुले देश हाकिरहेछन, सदन मा लास, सडक मा लास ,
    पत्रकारहरु लास भएका ,
    दिपिका को सारी को कलर मा रास्ट्रिय दैनिक टाइटल पेज मा लेख्छ ,
    भुकम्प पिडित, बाढी पिडित , भत्केको घर हरु , बाच्न को लागि कोसिस गरिरहेका हरुलाई देख्दैन ,
    ३-४ अरब बजेट खर्च गर्न सकेनन लेखे , कति दुरू पयोग गरे त्यो त् लेखेनन्
    तेसैले एता लास, उतालास , सबै तिर लास ,
    टायरमा लाश जलाउने चलन पो रैछ अचेल|

    ये चुनाब हुन्छ रे, ये हुदैछ ,
    काँ हुन्छ र खै मोर्चा सहमतिमा आएको ,
    स्टालिन को कार्टुन ६ महिना देखि भन्दैछ , हामि छिट्टै चुनाब को घोसना गरछौ|
    देश खोक्रो पार्ने मुसा हरु तराइ हुदै सदन सम्म पुगे , नकाब लाएर कति सरकार मैछिरे
    स्टालिन को कार्टुन मौन छ,
    १४००० उतिबेलै मार्यो , अब सबैलाई क्रमस मार्दैछ
    बिकास निर्माण सिरक ओढेर घुर्दैछ ,
    जता ततै हल्ला बहादुर हरु .दलाल हरु
    देसै लास , येतै लास ,उतै लास , जता ततै लास
    टायरमा लाश जलाउने चलन पो रैछ अचेल

    Reply
  3. सन्तमान श्रेष्ठ says:
    February 20, 2017 at 1:07 pm

    त्यति साह्रो नौलो कुरो त होईन । २०५७ सालमा मेरो दाजुले बीरगति प्राप्त गर्दा प्रार्थिव शरिरलाई तनहुँ जिल्ला भिरकोट गाउ नजिकको कालि गण्डकीको घाटमा लान नसकि दमौलीको सेतीमादीको दोभान भन्दा मुनीको घाटमा अन्त्येष्टि गर्दा पनि टायर नै प्रयोग भएको थियो ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme