Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समथर जमिनमा डरै लाग्ने गरी भएको जिप दुर्घटनाको साक्षी

Posted on February 18, 2017February 18, 2017 by Salokya


चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र (बफर जोन) को जङ्गलमा वन्यजन्तु अवलोकन गरी फर्केर काँडेतार भन्दा बाहिर एकछिन सुस्ताइराखेका थियौँ। रमाइलो गफ भइरहेको थियो। पाहुना पुर्‍याएर फर्किएको सफारीवाला जिप हाम्रो अगाडिबाट हुँइकियो। स्थानीयहरु चढेका रहेछन् त्यसमा। उनीहरुले हामीलाई हात हल्लाउँदै गए। सफारीवाला जिपको सिट अरु जिपभन्दा फरक हुन्छ। सामान्य जिपका सिटलाई मोडिफाइ गरी अग्लो बनाइएको हुन्छ ताकि त्यसमा बस्ने सबैले बाहिरका दृश्य राम्रोसँग हेर्न सकून्। धुलो उडाउँदै कुदेको जिप देख्दा सोचेको थिएँ भिडियो खिच्नुपर्छ कि के हो। तर हातैमा क्यामेरा भए पनि खिचिएन। एकैछिनमा ठूलो आवाज आयो। यसो हेरेको त धूलो उड्दै रहेछ। जिप त पल्टिएछ। एक साइडबाट कोल्टे फर्ने गरी जिप पल्टिएको थियो। मान्छे किचिएका होलान् कि भनेर निकाल्न हामी आफू बसेको ठाउँबाट कुद्‍यौँ।

मान्छे यत्रतत्र छरिएका थिए। छतमा चार जना जति बसेका थिए उनीहरु जिपभन्दा अलि पर ढलेका थिए। ड्राइभर र भित्र बस्ने अर्का एक जना पनि घाइते थिए।

कोही पनि च्यापिएका थिएनन् त्यही भएर निकाल्ने दुःख गर्नु परेन। तर तत्काल अस्पतालमा लग्न जरुरी थियो। हाम्रा एक जना साथीले १०० मा फोन गरे। १०० मा फोन गर्दा बुटवलमा जाने रहेछ। त्यहाँको प्रहरीले कता हो ठाउँ नै थाहा पाउन सकेन। तर पछि कयौँ पटक विभिन्न ठाउँका प्रहरीले फोन कलब्याक गर्दै ठाउँ सोधिरहे।

धेरै पछि स्थानीय प्रहरी त्यहाँ आउन त आयो। तर त्यतिञ्जे्ल घाइतेलाई अर्कै दुई वटा जिपमा राखी डन्डामा रहेको अस्पतालतर्फ लगिसकिएको थियो। एक जनालाई अलि धेरै चोट परेको रहेछ। नत्र सबै सामान्य घाइते मात्र भएका थिए।

घटनास्थलमा एकै छिनमा स्थानीय भेला भए। पानी खुवाउन हुन्न भन्ने र खुवाउन खोज्नेको अन्यौल थियो। फेरि स्थानीय महिलाहरु रोएर हैरान। सम्झाउँदैको हैरान केही भएको छैन भन्दै। घाइतेलाई समेत मनोवैज्ञानिक रुपमा असर पर्ने गरी रुवाबासीले गाह्रै बनायो केही समय।

अमलटारीको बाघखोरको हात्ती पोलो हुने समथर मैदानमा जिप कसरी पल्टियो, थाहै भएन। हेरौँ केही फोटोहरु

3 thoughts on “समथर जमिनमा डरै लाग्ने गरी भएको जिप दुर्घटनाको साक्षी”

  1. Karbir says:
    February 20, 2017 at 4:22 pm

    Over speed ! Yeah, that’s the beast! And, i can spot in each photo 🙁

    Reply
    1. सिर्जने says:
      February 21, 2017 at 11:01 pm

      Over speed could be the reason, but how Mr. Karbir can ‘spot’ that in ‘each photo’ is beyond my understanding.

      Reply
  2. Shankar says:
    February 18, 2017 at 11:54 pm

    झ्याइ खट्टे को करामत जस्तो छ | सुहाना सफर और ये मौसम हँसि, अनि सुरुप्प दिदै, लैजान्छु तिमीलाई ठमेल बजार | गाडी उत्तानो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme