Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अवार्ड जित्न सफल फोटोहरु जुन देखेपछि तपाईँले पनि भन्नुहुनेछ ‘अहो !’

Posted on February 17, 2017February 18, 2017 by Salokya

वर्ल्ड प्रेस फोटो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा एउटा प्रतिष्ठित अवार्ड हो। यो अवार्ड अहिलेसम्म कुनै पनि नेपालीले जित्न सकेको छैन। भर्खरै घोषणा गरिएको अवार्ड अन्तर्गत विभिन्न विधाका सिङ्गल्सतर्फका विजयी फोटोहरु माइसंसारमा राखिसकिएको छ। आज भने स्टोरिजतर्फको पालो। यसमा विभिन्न विधातर्फ स्टोरिज र सिङ्गल्स गरी दुई किसिम छुट्याइएको हुन्छ। 

 

कन्टेम्पोररी इस्युज, पहिलो पुरस्कार

स्ट्यान्डिङ रक सियोक्स जाति र उनीहरुका सहयोगीहरुले झण्डै १० महिनादेखि आफूहरुको क्षेत्र क्रस गरेर लैजान लागिएको डकोटा एक्सेस पाइपलाइनको विरोधमा डेरा जमाइरहेका थिए। उनीहरुले विरोध गर्नुको कारण थियो, यसले उनीहरुको पानी आपूर्तिमा समस्या पार्छ। इनर्जी ट्रान्सफर पार्टनर्सको सहयोगमा ३ अर्ब ७८ करोड डलर अनुमानित लागत रहेको यो प्रोजेक्ट झण्डै सकिन लागेको थियो। विरोध दबाउन सैनिक वाहनमा हतियारसहित आएका प्रहरीले अश्रुग्यास फ्याँकेर, पिरो छर्केर, रबरको गोली हानेर र पानीको फोहोरा छ्यापेर प्रदर्शनकारीहरुलाई तितरबितर बनाए। प्रहरीले पक्राउ परेकाहरुलाई अमानवीय व्यवहार गरेको आरोप लाग्यो।

दङ्गा प्रहरीहरु डकोटा एक्सेस पाइपलाइनबाहिरको दोस्रो बाटोमा रहेका प्रदर्शनकारीहरुलाई त्यहाँबाट हटाउँदै।

प्रदर्शनकारीहरुको क्याम्पमा काठ काट्ने र पकाउने दैनिकी हुन्छ। यहाँ खाना पकाउनका लागि ठूलो संख्यामा काठ अनलोड गरिँदैछ।

राजमार्ग नाकाबन्दी गरिरहेका प्रदर्शनकारीहरुमाथि प्रहरीले पिरो छर्केपछि घाइते एक पुरुषलाई म्याग्नेसियाको दूधले उपचार गरिँदै। आदिवासी प्रदर्शनकारीहरुको अगाडि ठूलो संख्यामा गोरा जातिका मानिसहरुले पनि मानव ढाल बनेर उभिएर प्रदर्शनमा सघाए।

प्रदर्शनकारीहरुको एउटा शिविरमा रहेको युनिटी टिपीमा प्रवेश गर्दै १२ वर्षीय जेस्सी जासो। यो टिपीमा उत्तर अमेरिका लगायत विश्वभरका समर्थकहरुले हस्ताक्षर गरेका छन्।

कन्टेम्पोररी इस्युज – दोस्रो पुरस्कार : जिका भाइरसका पीडितहरु

सेप्टेम्बर २०१५ मा ब्राजिलमा बच्चाहरु माइक्रोसेफाली र अन्य विकृत रुपमा जन्मन थाले र अप्रिल २०१६ मा जिका भाइरस र यो विकृतपनाको बीचमा सम्बन्ध पुष्टि भयो। उत्तरपूर्वी ब्राजिल जहाँ जिका केसहरु सबैभन्दा बढी रिपोर्ट भएका थिए, त्यहाँ पर्याप्त स्वास्थ्य सुविधा छैन। माइक्रोसेफाली भएका कयौँ बच्चाहरु नजिकैको स्वास्थ्य केन्द्रबाट सयौँ किलोमिटर टाढा बस्थे र चिकित्सकीय र शारीरिक थेरापीका लागि उनीहरुलाई घण्टौँको यात्रा गर्नुपर्थ्यो। अधिकांश गरिब घरपरिवारका थिए र सरकारको कमै सहयोग पाउँथे।

 

दुई वर्षकी मार्सेला आफ्ना बहिनीहरु आमाको काखमा बसेको हेर्दै। जुम्ल्याहा दिदी बहिनीहरु हेलोइसा र हेलोआ जिका भाइरसको संक्रमण फैलेपछि जन्मिएको सात महिना भएको छ।

दुई बच्चाको स्याहार सुसार आमा एक्लैले गर्न सक्दिनन्। त्यसैले सघाउँछिन् हजुरआमाले पनि।

सात महिनाकी हेलोआ हजुरआमाको काखबाट दूधको बोतल लिँदै।

फिजियोथेरापिस्ट कहाँ सयौँ किलोमिटरको यात्रा गरेर पुगेपछि।

३० वर्षीया एड्रियाना कोर्डेइरो सोआरेज आफ्नो तीन महिने छोरा जो जिका भाइरस संक्रमित भएर जन्मिएका थिए, लाई नुहाइदिँदै।

नेत्र रोग विशेषज्ञ ११ महिनाकी जिका संक्रमणसहित जन्मिएकी मारिया एलिसलाई आमाको काखमा जाँच्दै। चिकित्सकका अनुसार माइक्रोसेफाली भएका ४० प्रतिशत बालबालिकामा आँखा र कानको समस्या हुन्छ।

कन्टेम्पोररी इस्युज – तेस्रो पुरस्कार : कोपाकाबाना दरबार

कोपाकाबाना दरबार घरबारविहीन ३ सयभन्दा बढी परिवारका लागि ब्राजिलमा बनाइएका आवासहरुको व्यङ्ग्यात्मक नाम हो। ३० वर्षअघि बनाउन सुरु गरेको भए पनि यो कम्प्लेक्सको निर्माण अझै पूरा भएको छैन र अहिले यस्तो हालतमा छ। सफा पानी, विद्युत र ढलनिकासको अभावमा यहाँका बासिन्दाहरुले गम्भीर स्वास्थ्य समस्याको सामना गर्नुपर्छ। यहाँ बस्ने अधिकांश मानिस फाभेला समुदायका हुन्छन्। उनीहरुलाई सरकारले रिहाउजिङ स्किम पनि दिएको हुन्छ तर उनीहरु त्यहाँ बस्न सुरक्षित ठान्दैनन् किनभने त्यहाँ ड्रग ग्याङ परिवारहरु बस्छन्। ब्राजिलमा १८ लाख जना घरबारविहीन मानिस छन्।

एडुआर्डा झ्यालमा बसेर तलको दृश्य हेर्दै। सात जना दाजुदिदीसँग उनी यो भवनमा बस्छिन्।

कब्जा गरिएको भवनमा बस्ने एक पादरी बयान गर्छन् यहाँको समस्याबारे। केही हप्ताअघि हलको जमिन राति खस्न पुग्यो। भाग्यले सबै जना सुतिरहेको भएर त्यहाँ केही नराम्रो भएन।

एडिलाने र उनका सात सन्तान भूँइमा म्याट्रेस ओछ्याएर आराम गर्दै। छिट्टै नै उनले छोरा जन्माउँदै न्। बालबच्चालाई कसरी खुवाउने भन्ने संघर्ष र सारा समस्याका बीच पनि उनी आफ्नो जीवनप्रति सकारात्मक छिन्। भर्खरै उनले भवनभित्र एउटा सानो र आधारभूत इन्टरनेट पसल खोलेकी छिन्। १० वटा पुराना कम्प्युटरबाट उनले एउटा स्टोरका लागि बनाउन सक्छिन्। दिनमा उनले ५ डलर कमाउने छिन्।

अंगोलाबाट राम्रो जीवनको खोजीमा कयौँ वर्ष अघि ब्राजिल आएका डोमिङ्गो।

भाडा तिर्न नसक्ने घरबारविहीन अधिकांशका लागि एउटै उपाय खाली भवनहरुमा बस्ने हो।

माहुरीले टोकेपछि मरेको गधा।
ट्रान्सजेन्डर भएकी कारण घरबाट बाउले निकालेर पठाएका डेबोरा पहिले आन्द्रेका नामले चिनिन्थे। यिनी आफ्ना ब्वाइफ्रेन्डसित साढे तीन वर्षदेखि यहाँ बसिरहेका छन्।
पर्दापछाडि एक आमा।
पार्क गरेर फ्याँकिएका कारहरु बच्चाहरुका लागि रमाइलो तर जोखिमयुक्त खेल्ने ठाउँ
छतमा चङ्गा उडाउँदै एक बालक।

1 thought on “अवार्ड जित्न सफल फोटोहरु जुन देखेपछि तपाईँले पनि भन्नुहुनेछ ‘अहो !’”

  1. Shankar says:
    February 18, 2017 at 7:46 pm

    अहो!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme