Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

वर्ल्ड प्रेस फोटो अवार्ड जित्न सफल विश्वका उत्कृष्ट फोटोहरु

Posted on February 15, 2017 by Salokya

वर्ल्ड प्रेस फोटो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा एउटा प्रतिष्ठित अवार्ड हो। यो अवार्ड अहिलेसम्म कुनै पनि नेपालीले जित्न सकेको छैन। गत वर्ष भूकम्प आउँदा नेपालीको कुनै फोटोले यो अवार्ड जित्ने आशा गरिएको थियो। भूकम्पको फोटोले अवार्ड जित्यो पनि तर नेपालीले हैन विदेशीले।

यो वर्षको अवार्ड सोमबार घोषणा गरिएको छ। हेरौँ विभिन्न विधामा पुरस्कार जित्न सफल केही फोटोहरु।

वर्ल्ड प्रेस फोटो अफ  दि इयर

मेभ्लुट मेरिट अल्टिन्टास नामका एक २२ वर्षीय अफ ड्युटी पुलिस अधिकारीले टर्कीको राजधानी अङ्कारामा १९ डिसेम्बर २०१६ मा रुसी राजदूतको हत्या गर्दाको फोटो। उनले तीन जना अन्यलाई पनि घाइते बनाएका थिए। पछि सुरक्षाकर्मीहरुको गोली प्रहारमा उनी पनि मारिए।

कन्टेम्पररी इस्युज, सिङ्गल्सको फर्स्ट प्राइज

 

अमेरिकाको लुजियानामा प्रहरीले एक काला पुरुषलाई गोली हानी मारेको घटना सार्वजनिक भएपछि प्रहरी दमनको विरोधमा चर्किएको विरोध प्रदर्शनका क्रममा लेसिया इभान्स आफूलाई पक्रनका लागि हात दिँदै।

कन्टेम्पररी इस्युज सिङ्ग्लसमा सेकेन्ड प्राइज

 

ग्रीस–म्यासेडोनियाको सीमामा सीमाको काँडेबार नाघेर म्यासेडोनिया पुग्न प्रयास गरिरहेका शरणार्थीहरु। एक महिलालाई सहयोग गर्दै दुई पुरुष।

कन्टेम्पररी इस्युज सिङ्ग्लसमा थर्ड प्राइज

लिबियाको सुर्मानस्थित शरणार्थीलाई राख्ने शिविरमा दुई नाइजेरियाली शरणार्थीहरु रुँदै। यो शिविरमा सयौँ महिलालाई राखिएको छ। अधिकांशले आफूहरुलाई दिनहुँ पिट्ने र यौन दुर्व्यवहार हुने बताएका छन्। यी मध्ये अधिकांश महिला युरोप जाने प्रयासमा रहेका हुन्।

 

डेली लाइफ, सिङ्गल्सतर्फ फर्स्ट प्राइज

 

अफगानिस्तानको काबुलमा भएको बम विस्फोटमा घाइते भएका दुई वर्षका भतिज शबिरका साथ अस्पतालमा नजिबा। सन् १९७९ देखि अफगानिस्तान सशस्त्र द्वन्द्वमा फँसेको छ।

डेली लाइफ, सिङ्गल्सतर्फ सेकेन्ड प्राइज

 

चीनको सुझाउस्थित जिमन्यास्टिक स्कूलमा चार विद्यार्थीहरु दिउँसो आधा घण्टाका लागि अभ्यास गर्दै।

 

डेली लाइफ, सिङ्गल्सतर्फ थर्ड प्राइज

 

यी महिला चीनको उइगुर मुस्लिम महिला हुन्। स्टकिङमा पैसा राख्नु उनीहरुको सामान्य अभ्यास हो। छिमेकी देशहरुमा मुस्लिम महिलाहरुका लागि भएको पुरातनवादी पहिरन संहिता यहाँ लागू हुँदैन।

जनरल न्युज, सिङ्गल्सतर्फ फर्स्ट प्राइज

 

इराकी स्पेसल अपरेसन्स फोर्सेज मोसुलको गोग्जालीमा घरहरुको खानतलासी गर्दा। इस्लामिक स्टेटको नियन्त्रणमा रहेको मोसुलमा नोभेम्बर २०१६ मा यो फोर्स पहिलो पटक प्रवेश गरेको थियो।

जनरल न्युज, सिङ्गल्सतर्फ सेकेन्ड प्राइज

आफ्नी आमा लिबियामा मरेको बताउने ११ वर्षीया नाइजेरियाली बालिका आफ्ना १० वर्षका भाइसित रुँदै। उनीहरु एनजिओ रेस्क्यु बोटमा थिए। लिबियाका स्मगलरहरुले शरणार्थीहरुबाट फाइदा उठाउँदै इटाली पुर्‍याउने भन्दै डरलाग्दो जोखिमपूर्ण डुङ्गामा राखी पठाउन ७५० देखि ३५०० डलरसम्म लिन्छन्।

 

जनरल न्युज, सिङ्गल्सतर्फ थर्ड प्राइज

फिलिपिन्सको सबैभन्दा भिड भएका जेलहरुमध्ये एक क्वेजन सिटी जेलको दृश्य। ८०० जनाका लागि ६ दशक अघि बनाइएको यो जेलमा अहिले ३८ सय बन्दी छन्।

 

स्पेनको क्यानरी आइल्यान्डमा समुद्री कटुवा फिसिङ नेटमा अल्झिएपछि।


नेचर, सिङ्गल्सतर्फ सेकेन्ड प्राइज

भारतको मुम्बई सहरको उत्तरी भागमा रहेको संरक्षित क्षेत्रमा चितुवा।

नेचर, सिङ्गल्सतर्फ थर्ड प्राइज

मेक्सिकोमा मोनार्क पुतलीहरु।

 

1 thought on “वर्ल्ड प्रेस फोटो अवार्ड जित्न सफल विश्वका उत्कृष्ट फोटोहरु”

  1. Shankar says:
    February 16, 2017 at 1:29 am

    अरबौ रुपिया ब्यांक मा हुदा पनि भुकम्प पिडित हरु को छानो न भएको , भोकै रहेको २ , ४ फोटो पनि राखम, धुर्मुस , सुन्तली ले दिन रात खटेर बनाएका गरिब को आबास को फोटो राखम , देश मा नया नेपाल बनाउछु भनेर १४ हजार मार्ने को पाला मा भएका सुन तस्करीका फोटो पनि राखम , यी पिचास नेताहरु दिल्ली दर्बार मा इन्डियन नेताको अगि लम्पसार पर्दाको तस्बिर राखम , देश का नेताहरु रास्ट्रीय खर्च मा विदेश सयर गरेको तस्बिर राखम | इन्डिया को भित्रि लगानीमा सी के रावत हरुको सैनिक गतिविधिको तस्बिर राखम , भुटान मा चै २५० बर्स अगि गएका नेपालि लखेटिनु पर्ने , यहा १० बर्स अगि आएको मदिसे बिहारी लाइ चै समाबेसी गरिनु पर्ने, तेस्को समर्थन गर्ने पानीमरुवा नेपालीको तस्बिर पनि राखम , येस्ता धेरै तस्बिर हरु राखम जुन नेपालि को दुर्दशा सग सम्बन्धित छ , तिनले पनि पुरस्कार पाउने थिए कि ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme