Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नझुक्किनुस्, प्रहरीमा अब कामु र कार्यवाहक हैन निमित्त आइजी, के फरक छ तीन वटामा?

Posted on February 14, 2017 by Salokya

मन्त्रिपरिषद्को सोमबार रातिको बैठकले प्रहरी नियमावली परिवर्तन गरेर नेपाल प्रहरी प्रमुखको अस्थायी जिम्मा प्राविधिक समूहतर्फका एआइजी दिनेशचन्द्र पोखरेललाई सुम्पियो।

यसो सोच्दा लाग्न सक्छ उनी नै कार्यवाहक हुन्। कामु प्रहरी महानिरीक्षक उनै हुन्। तर होइन। प्रहरी नियमावलीमा कायममुकायम, कार्यवाहक र निमित्त भनेको छुट्टाछुट्टै रहेछ। पोखरेललाई अहिले बनाइएको निमित्त आइजी रहेछ। के फरक रहेछ त? आउनुस् हेरौँ

प्रहरी नियमावलीको नियम ४६ मा यससम्बन्धी व्यवस्था छ।

कायममुकायम (कामु)
प्रहरी सेवाको कुनै पनि पदमा साधारणतया कायममुकायम नियुक्त गरिँदैन। तर कार्यालय प्रमुखको पद रिक्त रहेको अवस्था परी कार्यालयको दैनिक कार्य सञ्चालन गर्न बाधा पर्न गएमा कायम मुकायम मुकरर गर्न सकिन्छ।

अहिले उपेन्द्रकान्त अर्यालले अवकाश पाएको अवस्था रहेकोले कार्यालय प्रमुखको पद रिक्त भएको हो। त्यसैले कायम मुकायम नियुक्त गर्न सकिन्थ्यो।

नियम अनुसार कायम मुकायम मुकरर गर्दा एक तहमुनिका कर्मचारीहरु मध्ये बढुवाका लागि सबैभन्दा बढी अङ्क प्राप्त गर्ने प्रहरी कर्मचारीलाई मात्र कायम मुकायम मुकरर गरिनेछ।

यो भनेको सरकारले बढुवाका लागि जयबहादुर चन्द देखिएकोले उसैलाई आइजी नियुक्त गरिसकेको अवस्था हो। सर्वोच्चको आदेश अनुसार मात्र रोकिएको हो। कामु दिँदा उनैलाई दिनुपर्ने अवस्था थियो।

कामु मुकरर भएको भए दर्ज्यानी चिह्न र सम्पूर्ण अधिकार प्रयोग गर्न पाइन्थ्यो।

कार्यवाहक
नियमावली अनुसार कुनै कारणले कार्यालय प्रमुखको पद एक महिनाभन्दा बढी अवधिको लागि रिक्त भएमा र सो पदमा कायम मुकायम मुकरर नगरिएको अवस्थामा एक तहमाथिको कार्यालय प्रमुखले सो पदको कार्यवाहक भई कामकाज गर्न सो रिक्त पदभन्दा
एक तहमुनिको सबैभन्दा वरिष्ठ प्रहरी कर्मचारीलाई तोक्न सक्नेछ।

यो पनि गर्न नसकिने भयो। किनभने प्रहरीमा महानिरीक्षक नै सबैभन्दा माथिको पद हो। एक तहमाथिको कार्यालय प्रमुख कहाँ खोज्न जाने?

निमित्त
नियमावली अनुसार कायममुकायम मुकरर नगरिएको वा कार्यवाहक नतोकिएको अवस्थामा एक महिनामा ननाघ्ने गरी कुनै कारणले कार्यालय प्रमुख अनुपस्थित भएमा सोही कार्यालयको सबैभन्दा वरिष्ठ प्रहरी कर्मचारीले सो पदको निमित्त भई काम गर्नेछ। यसरी
निमित्त भई काम गरेको अवधिको सम्पूर्ण जिम्मेवारी निमित्त भई काम गर्ने प्रहरी कर्मचारीको हुनेछ।

यहाँ पनि प्राविधिक तर्फको एआइजीलाई निमित्त तोक्न सोही कार्यालयको शब्दले बाधा पुर्‍याएको थियो। नियमावली संशोधनले त्यसलाई हटाएको छ।



निमित्त आइजीले कस्तो सुविधा पाउँछन् त?

१५ दिनभन्दा कम अवधि भयो भने पाउँदैनन् नत्र आइजी पदकै तलब भत्ता र रासन सुविधा पाउने छन्।

2 thoughts on “नझुक्किनुस्, प्रहरीमा अब कामु र कार्यवाहक हैन निमित्त आइजी, के फरक छ तीन वटामा?”

  1. bibek Dhakal says:
    February 15, 2017 at 1:21 am

    काँ देख्या काँ देख्या भन्या त जमानामा भुँडी फुलेर भरोशा हस्पिटल बानेश्वर मा जचाउन जाँदा मेरो भुँडी जाच्ने डाक्टर पो रछन … ल जे होस् ‘आइ जी पी ले भुँडी जाचेको मान्छे पो हो त’ भनेर फुइ लाउन पाइने भो

    Reply
  2. मुकेश यादव says:
    February 14, 2017 at 9:29 am

    फर्क तो यही मात्र छ कि एउटा ले दश करोड डकार्यो र अर्काले भेने एघार करोड डकारेर मातर चित्त बुझाई लियो / एउटा ले भोड्का र चिकन अनि दोहरि बारका केटि भेटि चढायो र अर्काले स्काच ह्विस्की र बन्देल अनि डान्सबार का केटि भेटि स्वरूप चढायो / फरक भनेको यही मातर हो नि हजुर
    जुन जोगी सन्यासी पनि कान चिरेका

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme