Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सेनाले नक्सा पास नगरी टुँडिखेलमा भवन ठड्याउँदा बोल्ने कोही छैन

Posted on February 10, 2017February 10, 2017 by Salokya


वैशाख १२ को भूकम्पपछि काठमाडौँमा घर बनाउन पहिले जस्तो सजिलो छैन। तर काठमाडौँ महानगरपालिकाको कार्यालयको ठ्याक्कै अगाडि टुँडिखेलमा सेनाले नक्सा पास नगरी ठड्याएको भवन सकिन लागिसक्दा पनि बोल्ने कोही थिएन। बल्ल आज शुक्रबार काठमाडौँ पोस्टले एउटा समाचार छापेको छ जसमा काठमाडौँ महानगरपालिकाले स्वीकारेको छ- हो, सेनाले नक्सा पास नगरी भवन बनाएको हो।

यो भवन बनाउन थालेको धेरै समय भइसक्दा पनि महानगरपालिकाले रोक्न सकेको छैन। पत्रिकामा महानगरपालिकाको भवन अनुमति शाखाका अधिकारीले “यो गैरकानुनी काम हो। नेपाली सेनाले हामीसँग अनुमति लिएको छैन” मात्र भनेका छन्।

सेनाका प्रवक्ता ताराबहादुर कार्कीले भने त्यहाँ सार्वजनिक पुस्तकालय बनाउन लागेको पत्रिकालाई बताएका छन्। सेनालाई काठमाडौँको खुला स्थानको जग्गा अतिक्रमण गरेर किन सार्वजनिक पुस्तकालय बनाउने रहर चलेको हो, त्यो चाहिँ बुझ्न सकिएन।

5 thoughts on “सेनाले नक्सा पास नगरी टुँडिखेलमा भवन ठड्याउँदा बोल्ने कोही छैन”

  1. विजय says:
    February 18, 2017 at 3:12 am

    पावर हुुनेेेेलेे जेे गर्दाा पनि हुुन्छ। सराेेकार वालाहरुुकाे केेहि गर्नेे र बाेेल्ने हिम्मतनैै हुुन्दैैन। त्यहि काम अाम जनतालेे गरेकोे भएमा कार्वाही हुुन्छ।

    Reply
  2. dipendra shrestha says:
    February 14, 2017 at 9:37 pm

    desh ko yeuta jimmewar sangathan le desh ko kanun namannu bhaneko usle aafulai sarkar bhanda thulo thannu ho jun sena jasto desh ko sewak ko lagi lajmardo kura ho yesle desh ra jantako bhawana ma sena prati shanka uthna sakchha jun ramro haina …tesakarn banaunu pare pani desh ko kanun adhinma rahera garnu parchha yesle janta ko sena prati astha , samman ra biswas badne chha

    Reply
  3. राम बाबु श्रेष्ठ says:
    February 13, 2017 at 2:33 pm

    अर्को एउटा पार्टी प्यालेस बनाएर पैसा कमाउने काम गरेनि हुन्छ । वा सुपर मार्केट नै ठड्याए पनि कसैले केही भन्नेवाला छैन । सेना, प्रहरी, सशस्त्र प्रहरी, महानगरपालिकाले ब्यापार नगरे हामी जनताले के खाने ?

    Reply
  4. Shankar says:
    February 11, 2017 at 2:55 pm

    टुडिखेल हाम्रो बाजेले परेड खेल्न बनाको , हाम्ले हाम्रै जग्गामा बनाउन किन न पाउने सोचेकी ज्वान कान्छा हरुले | आम जनता र सेनाको फरक नै यो हो , आम जनता सोचेर हान्ने गर्छ , सेना ले पहिले हान्छ अनि सोच्छ | पहिले घर बनायो , अब नक्सा बनाउने होला तेस्का बाजे | भुइचालो जादा , बाडी पैरो जादा कान्छा हरुले राम्रो काम गरेका छन् |

    Reply
  5. मुकेश यादव says:
    February 11, 2017 at 1:24 am

    सेना लाई अइन कानून लागदैन? देवीदत्त को छाती हेर आकाश नपदैछ? सेवा नै विजये हो? तारा बहादुर कार्की लाई त् झन अइन कानून लागदैन? उसको त् नाम नै तारा भयो न / अइन कानून नलागे पनि कुन दिन चाहिं जनता ले हुल करेर ढाड भाँचि लिन्छन अनि सुद्दी आउँछ यी भरस्ट कुकुर लाई / नेपाल मा सेना भन्दा भरस्ट कुनै छैन

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme