Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तीन नम्बरको महिमा अपरम्पार

Posted on February 10, 2017 by Salokya

फेरि अहिले नेपालमा तीन नम्बरको महिमा अपरम्पार रहेको चर्चा चलेको छ। नेपाल प्रहरीको वरियतामा तेस्रो नम्बरमा रहेका जयबहादुर चन्दलाई नै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा महानिरीक्षक बनाउने लगभग निश्चित रहेको समाचार आएका छन्।

त्यसो त अहिले देश नै तीन नम्बरको पार्टीले चलाइरहेको छ। पहिलो कांग्रेस र दोस्रो एमालेलाई जिल्याउँदै तेस्रो नम्बरको पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अहिले प्रधानमन्त्री छन्। अहिले मात्र हैन तेस्रो नम्बरले देश चलाएको धेरै भइसक्यो।

अघिल्लो संविधानसभाको निर्वाचनमा पहिलो पार्टी माओवादी थियो। दोस्रो कांग्रेस थियो। तर माधव नेपालदेखि झलनाथ खनालसम्म प्रधानमन्त्री बनाउने दल तेस्रोमा रहेको एमाले नै थियो।

गणतन्त्रमा मात्र हैन राजतन्त्र रहँदा पनि उस्तै थियो। कांग्रेस र एमाले पहिलो र दोस्रो पार्टी रहेका बेला तेस्रो पार्टी रहेको राप्रपाले सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दलाई पालैपालो प्रधानमन्त्री बनाएको थियो।

तीन अक्षरको देश ‘नेपाल’ मा त्यस्तो के जादू रहेछ तीन नम्बरले जहिले पनि पहिलो र दोस्रोलाई जित्ने, गम्भीर अनुसन्धान हुन अब जरुरी देखिएको छ। हुँदाहुँदा अब बाबुआमाले स्कूलमा फर्स्ट ल्याउनेलाई हैन थर्ड हुनेलाई पो स्याबासी धेरै दिने हुन् कि भन्ने डर भइसकेको छ, कि कसो?

4 thoughts on “तीन नम्बरको महिमा अपरम्पार”

  1. Shankar says:
    February 12, 2017 at 4:28 pm

    तिन को महिमा नेपाल , इन्डिया मा सधै छ | हाम्रो देश मा थर्ड क्लास मा एस एल सी गरेकाले न भए फेल भएकाले ले देश चलाउछन , फर्स्ट क्लास ल्याउने हरु इन्जिन्नियर ,डाक्टर आदि बन्ने चलन छ | ठुला बडाको छोरा छोरी ले थर्ड क्लास ल्याउने लाइ झन् गान्धी दिबिजन ल्याएको ( गांदी जिन्दगि भर थर्ड क्लास मा यात्रा गर्ने ) भनेर आफ्नो इज्जत जोगाउने र पार्टी दिने चलन छ |
    बलिवुड , कलिवुड मा त् झन् ३ नै सबथोक हो | ‘पति पत्नी और वो’ ( सुटुक्क खोपी खेल्ने ),तिसरा कौन ,दिपिका पादुकों को ३ ब्वाई फ्रेन्ड , हाम्रादेश का हिरोनी हरुको पनि कम्तिमा ३ ब्वाई फ्रेन्ड , हाम्रा हिरो हरु तीनगुना गर्ल फ्रेन्ड | प्रचण्ड , बाबुराम , माकुने ,झलनाथ ,ओली सबै पालो पालो ३ चोटी प्रधानमन्त्री बन्ने |

    Reply
  2. मुकेश यादव says:
    February 11, 2017 at 1:10 am

    मईले त् पहिलेई भनेको थिएँ / बदनाम जुआरी आफनो घरमा नै क्यासिनो चलाई लाख लाख वसुल करी स्काच र भोड्का को खोला र पोलेको मासुको पहाड पस्किएर अर्ध नग्न डान्स केटि नचाएर र कन्ट्याक्ट हरु लाई भेटि चढाएर त्यसैको भरमा आज लिडर पोजिसन को लागि लायक भयो / यो कुनै पद को लागि खास मा लायक छैन तर चाकडी चापलुसी र खाने खिलाउने र पिउने पिलाउने मा माहिर यो मानिस आज त्यस स्थान मा पुगी लियो / धन्य छ माफिया तन्त्र

    Reply
  3. suraj says:
    February 10, 2017 at 2:41 pm

    नवराज सिलवाल भये राम्रो- बरियेता कायम हुन्छ -कानुन को पालना हुन्छ

    Reply
  4. Rajendra Shrestha says:
    February 10, 2017 at 1:05 pm

    3rd banch ra 3 division pass ko balawala bhayeko desh hunale yesto raheko ko

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme