Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

महानगरपालिकाका सिइओले काठमाडौँमा २४ घण्टामा गुडाएका पाँच वटा रेल

Posted on February 9, 2017 by Salokya

विपनामा काठमाडौँमा धूलो र धुँवाको सास्ती खपिनसक्नु छ। तर सपनामा भने के के गुड्छ के के। नाकाबन्दीको बेला पनि यहाँ इलेक्ट्रिक बस सररर गुडिसकेका थिए। मेट्रो रेल पनि कल्पनामा गुडेको धेरै भइसक्यो। बुधबार भने स्काई रेल गुड्यो। खासमा काठमाडौं महानगरपालिकाले स्काई रेल चलाउनेबारे सम्भाव्यता अध्ययन गर्न लागेको थियो। यसका लागि महानगरपालिका र सिमेक्स कम्पनीबीच सम्भाव्यता अध्ययन अघि बढाउने सहमति पत्रमा हस्ताक्षर भयो। तर यो समाचार मिडियामा आउँदा भने काठमाडौँमा साँच्चिकै स्काइ रेल गुडिसकेकै भान भयो। महानगरपालिकाका सिइओ (चुनाव नभएको जुग भो, कर्मचारीले चलाइराछन्। नत्र त मेयर भन्न पाइन्थ्यो) रुद्र तामाङले पनि आफ्नो फेसबुक वालमा रेल गुडाइदिए। हेर्नुस् उनको फेसबुक वालमा गुडेका विभिन्न मिडियाका पाँच किसिमका रेल।

रेल नम्बर १

रेल नम्बर २

रेल नम्बर ३

रेल नम्बर ४

रेल नम्बर ५

12 thoughts on “महानगरपालिकाका सिइओले काठमाडौँमा २४ घण्टामा गुडाएका पाँच वटा रेल”

  1. Pingback: कामनपाको सिइओ चेन्ज, ‘स्काइरेल’को सपना पनि ‘स्काइबस’मा चेन्ज « Mysansar
  2. टिका says:
    February 12, 2017 at 1:00 am

    रुद्र सिंग अर्को कुलमान, दुवै तामांग, उमेर पनि उतिकै तर कहाँ कुलमान कहा रुद्र सिंग !

    Reply
  3. kps says:
    February 10, 2017 at 3:57 pm

    लास्टमा प्रदर्शनीमार्गमा लाग्ने ठाउमा भाको रेल नै ठिक हुन्छ | रेल त रेल नै हो नि |

    Reply
  4. जमल says:
    February 10, 2017 at 11:38 am

    काठमान्डौमा बिजुली रेल ल्याएर फेरी ट्रली बसको जस्तो हालत नहोस| एउटा अन्तराष्ट्रिय एयरपोर्ट समेत सफा राख्ने क्षमता देखिएन नेपालीमा| लाजमर्नु छ| मुख्य सचिवलाई केरकार पार्नुपर्ने| जाऊ एयरपोर्टमै डेराडण्डा राखेर हेरौ|
    ओलीको पानी जहाज, रेल र पिटिक्क ग्यास बालेर जनतालाई मनपरि दिन खोई कता गयो? योजना र काम चै छैन, मुंखा आयो भन्दियो, खालि हावा गफ दियो, हामीलाई हुरुक्कै बनायो| सत्तामा हुँदा त मनचिन्ते वकवास र उखानले डांडा कटायो, अब त्यसरी नै दिन कटाउदा हुन| जनतालाई अन्ध्यकारमा राख्ने ओली सरकार पनि मुख्य रहेछ| त्यस्तालाई राष्ट्रवादी होइन राष्ट्रखाते सरकार भने हुन्छ|
    ओली, माकुने, शेरे र झले अब फेरी कहिले पनि प्रधान मन्त्रिको कुर्सीमा नबसून| बरु बाबुराम लाई अर्को एक चान्स दिए हुन्छ त्यो पनि म्यादम हिसिलालाई पावर दुरुपयोग गर्नदेखि टाडै राख्ने हो भने मात्र| प्रचण्डलाई चाइने नेपाल राष्ट्रको होइन तर आफ्नै परिवार नातागोताको स्थायी प्रधान मन्त्रि खान दिए हुन्छ| प्रकाशलाई अर्थ र टेक्नोलोजी मन्त्रि|अहिले सम्म टन्न कमाएको आफ्नै ढुकुटीको रक्षक|

    Reply
  5. __rupan__ says:
    February 10, 2017 at 8:21 am

    sima tokne , scooter chalauna thau chaina , rail re, ka bata chalcha ? indra lok bata ki chandra lok baata ?

    Reply
  6. Yogendra Paudyal says:
    February 10, 2017 at 3:59 am

    Ma ta 4 prakar ko maatra dekhxu, Setopati ra Onlinekhabar ko eutai xa ta… Google gardaa eutai vetexan 😀

    Reply
  7. सुरज मास्के says:
    February 9, 2017 at 11:00 pm

    टुडीखेलमा चढेको मोनोरेल रेल राजदरबार, महाराजगंज, गौगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सानेपा, जावलाखेल, कुपन्डोल, बबरमहल हेर्दै सिंहदरबार पुगे पछि बिउझिए ।

    जे होस ट्रलीबसको भग्नावशेष हिडेर भएपनि जाने विचार छ ।
    आजलाई यति नै । बॉचि रह्यो भने २५ बर्ष पछि नेपाली मोनो रेलबारे फेरा लेखौला !!!!!

    सुरज

    Reply
  8. बिनय says:
    February 9, 2017 at 10:55 pm

    काठमान्डौमा मोनोरेल नै ठिक हुनेछ| मेरो जग्गा मिच्यो र त्यसको जग्गा मिच्ने विवादमा नत्र बित्ने भो दश बर्ष| तल सुमन भोटेजीले सोच्या होला, दिन भरिमा एउटा र एकचोटी मात्र चलाउने भनेर र दुई हजार बोक्ने चाहियो रे| किन त्यसरी भोटो देखाएको हो? इन्टरनेट हातको औलामा छ भन्दैमा जेपीटी भन्दिने?
    जे होस, कतातिर हो महानगरपालिकाको सीईओ होइन प्रबक्ताले हात मिलाएर सम्भाव्यता अध्ययनको अग्रीमेन्ट गरेको फोटो मेडियामा देखेको थिए| अरुलाई पनि चान्स दिएका रहेछन, आफै मात्र लाईम लाइटमा आउने प्रबित्ति देखिएन पब्लिसिटी हंग्री राजनेताहरु
    जस्तो| तामाङ्गले काम गरेकै हो विस्तारै विस्तारै| अहिले मेयर भएको भए घुस खाएर हैरान बनाउने थियो| अर्को दुई बर्ष तामाङ्ग बसे केहि होला कि भन्छु| दश बर्ष जति अघि एउटा सिलवाल भन्ने कार्यकारी रहेछ, कांग्रेसले काम गर्न होइन घुस खान नियुक्ति दिएको| उनलाई गएर चरम सीमामा रहेको ढिला सुस्ती गर्ने र काम नगर्ने र घुस ताक्ने फाँट कर्मचारी बारे गुनासो विस्तार विनम्र सुनाए| नसुने झैँ गर्यो| भोलि आउनुस भन्यो| तेस्पछि जोडले कराएर बोल्न थाले पछि तुरन्त फाँटवाला कर्मचारीलाई बोलाएर काम गर्न अह्रायो र फत्ते भयो| जाँदा जाँदै धन्यवाद दिए उनलाई तर तपाई जस्तो खत्तम र घुसिया कार्यकारीले यो मुलुक बिगारेको हो भन्न पनि भियाईन| अरु चम्चेहरुले मलाई खेदौला जस्तो गरेर उठे तर म पनि के कम, फोन गरेर दलवल बोलाएको थिए|

    Reply
  9. Suman bhote says:
    February 9, 2017 at 7:37 pm

    1000 bhanda kam passenger bokne kehi pani kaam chaina…. Kathmandu 2000jati manis bokne rail chahiyo…..

    Reply
  10. Badri Rai says:
    February 9, 2017 at 8:31 am

    मनको लड्डु घिऊसंग खाने श्वतन्त्रता छ यीनलाई।

    Reply
  11. Limbu Trilok Pratap Nalbo says:
    February 9, 2017 at 5:32 am

    होइन यो माओबादी सरकारले अनौठो नै गरेको छ देश नै उज्यालो बनायो राजा जस्तो सक्तिसाली देशको नीति नियाम उल्टो पार्दियो मेलाम्ची पानी भन्दै अगिल्लो पुस्ता मरेर गये तर यो पुस्तको लागि मेलम्ची तयार पार्दियो सडक बिस्तार बिस्तार भयो भ्रष्टाचारहरुको दिन गन्न थाले बिदेशमा अकाल मै बोको बलि झैं हुन लागेको उद्दार गरे नेपाल्म धेरै कुराको बिकास गर्नु पर्नेछ अझै त्यस्मा केइ न केइको बिकाश चै गरिरको छन त्यो मुले मेटृाे रेल मुले के गारो भयो र तेत्रो बोइङ लेउने देस नेपाललाई दुईवोटा रेल उपत्यका भित्र हाल्दिये नेपाल यहि मओबादी सरकारको हातमा निरन्तर चल्नेछ ।

    Reply
  12. Mishra Bharat says:
    February 8, 2017 at 10:26 pm

    सबै सपनाहरुका सौदागर त हुन नि! भ्रस्टाचार गर्ने अर्को सुत्र को खोजी हुँदै…………….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme