Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सीके राउत प्रवृत्तिका जन्मदाताको शल्यक्रिया खोई?

Posted on February 5, 2017 by सूर्य खड्का

अघिल्लो साता मात्रै आफ्नो तराई मधेश क्षेत्रको भ्रमणका क्रममा जनताले नै डा. सीके राउतको प्रतिकार गर्नेछन भन्ने बहुुअर्थी टिप्पणी गरेका प्रधानमन्त्री प्रचण्डले राजधानीमा पार्टीको भातृृ संस्था वाईसिएलको भेलामा दक्षिणपन्थीहरुको प्रतिकार गर्न निर्देशन दिएका थिए । त्यसको केहीदिनमा सिके राउत र केपीओलीपन्थको भण्डाफोर गर्ने विज्ञप्ती वाईसिएलले जारी गरेकै दिन प्रचण्ड गठबन्धन सरकारका गृहमन्त्री विमलेन्द्र निधिले डा. सिके राउतलाई गिरफतार गराएका छन्। माघ २० का दिन सिंहदरवारमा चुनावी घोषणाका लागि निर्वाचन आयोगलाई निर्देशित गर्नेगरी मन्त्रीपरिषदको वैठक चल्दै गर्दा जनकपुरबाट डा. सीके राउत प्रहरीको फन्दामा परिसकेका थिए । मधेशमा मधेशी दलहरु मात्रै होईन, सत्तारुढ र विपक्षी दलका लागि पनि हाउगुुजी बनेका र तराई मधेश क्षेत्रका युवा माझ अति लोकप्रिय रहेका डा. सीकेको गिरफतारी सरकारको लागि चुनाव बिथोल्न नदिने पूर्व सर्तकता वा प्रयाश हुनसक्छ भने मधेशी मोर्चा वा अन्य तराई मधेशवादी दलका लागि दुश्मन किनारा लगाउने प्रयाश र राहत । किन भने मधेशी दलहरुका तुलनामा डा. सीके तराई मधेशका धेरै जनसमर्थन पाएका एक वौद्धिक अभियन्ता पनि हुन भन्ने धेरै मधेशी जनको बुुझाई रहदै आएको तथ्य हो ।

मधेशी दलका आखाँको कसिंगर ः
बिगत केही वर्षदेखि उग्र नाराका साथ स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउतलाई प्रहरीले पक्राउ गरेर मधेश केन्द्रीत दलहरुका लागि बाटोको काडाँ पन्छाईएको राहतपूर्र्ण सहयोग बनेको छ । डा. सीकेले मधेशवादी दलहरुको आमसभामा नै वाधा पार्नेगरी प्रदर्शनहरु पनि गर्दै आएका थिए । तराई मधेश क्षेत्रका जनताका सामुु आखाँमा आखाँ जुधाएर डा. सीके गलत र हामी मात्रै सही भन्न सक्ने गरी मधेशी दलका कुनै पनि हेभीवेट नेताहरुले भन्नै नसक्ने भुुधरातलीय यथार्थ परिस्थितिका वीच मधेशी दलहरुलाई शशक्त चुुनौति बनिसकेका डा. सीकेको यो पक्राउ उनीहरुलाई कुचोलो बढार्नुपर्ने कसिंगर हावाले उडाईदिए सरह हाईसन्चो उपलव्धी झै बन्न पुुगेको छ ।

दर्जनौ पट्क पक्रने र छोड्ने प्रहरी काईदाले पनि डा. सीकेलाई तराई मधेशका जनता वीच नयाँ राजनेताको रुपमा हिरो बनाउदै आएको पुरानो श्रृखला हो । सप्तरीका रैथाने डा. सीकेले पछिल्लो समय जनकपुरमा डेरामा बसेर आफ्नो अभियान छेडिरहेका थिए । पछिल्लो पट्क माघ ५ गते राउतले सिराहाको लाहानमा विशाल आमसभा गरेका थिए र, देश टुक्राउने कडा र बिबादाष्पद अभिव्यक्ति दोहोरयाएका थिए । सामाजिक संजाल र गैर सीकेपन्थीहरुले उनको कडा अभिव्यक्तिको चर्को आलोचना गर्दै आएको थियो र त्यो क्रम अझै जारी छ । प्रहरीले केन्द्रको डिजाईनमा डा. राउतलाई पक्रेपछि मात्रै जिल्ला प्रहरी कार्यालय सिराहाद्धारा उनको नाममा पक्राउ पूर्जी जारी गरिएबाट उनको गिरफतारी सरकारको र खासगरी गृहमन्त्रालयको डिजाईनमा भएको स्पष्ट हुुन्छ । स्थायी वासिन्दा सिराहा भएकोले उनलाई थुुन्न र अन्य मुद्धा प्रक्रिया सिराहामा नै अघि बढाइदैछ । यो उनीविरुद्धको पुरानै सरकारी एक्सनको दोस्रो अभ्यास मात्रै हो । माघ ५ गते डा. सीकेले स्वतन्त्र मधेशको माग दोहोरयाउदै गरेको आमसभाकै आवरणमा उनीविरुद्ध प्रहरीले सरकारवादी राज्य विप्लवको मुद्दा लगाउने तयारी अनुुरुप पक्राउ गरेको हो । केही वर्ष अघि पनि डा. राउतविरुद्ध विशेष अदालतमा राज्य विप्लवको मुद्दा चलेको थियो । तर, अदालतले उनको अभियोग प्रमाणित गर्न सकेको थिएन । उनले अदालतले मागेको न्यून रकमको धरौटी समेत नबुुझाई जेलमै बसेर मुद्धा लडेका मात्रै थिएन्न, जितेका पनि थिए ।

चुुनौति मानवाधिकारवादी र विदशी दवावः
अहिले पनि सरकारले डा. सीकेविरुद्ध प्रमाण पुरयाएर मुद्धा चलाउनुु वा उनलाई कानुुनी रुपमा हराउनुु फलामको च्यूरा सरह हुन सक्छ । कारण के भने उनको समर्थनमा एमनेष्टी ईन्टरनेश्नल होस वा अन्य कुुनै पनि मानवाधिकारवादी संघसंस्था हरियो डलरको बिटा बोकेर अदालतमा सेटिंग मिलाउन अघि सर्नेछन । नेपाल नै त्यस्तो देश हो जहाँ पैसा र पावरको सेटिंग मिलाउन सके न्याय किन्न पाईने सुविधा छ । यो सुुविधा डा. सीकेका लागि झन सजिलो किन हुुन सक्छ भने उनी अन्र्तराष्टिय दुुनियाँका नजरमा उनीहरुका स्वार्थ पुरा गर्नका लागि बलिया मध्येका एक पात्र हुन । उनको प्राज्ञिक व्यक्तित्व, वैज्ञानिक छवी र स्पष्टसंग अरुलाई कन्भिन्स गर्न सक्ने विशेष क्षमताले उनलाई विदेशीका नजरमा एक नोटेबल हस्ती बनाईसकेको यथार्थ पनि संगसंगै छ।

अर्कोतिर उनका समर्थकहरुले तराई मधेशमा गर्ने प्रदर्शन वा विरोधले सरकालाई यो प्रकरण निल्नुु न ओकल्नुु पनि बनाईदिन पनि सक्छ । कारण उत्पीडित मधेशी जनताका लागि उनी निकै लोकप्रिय मधेश अभियन्ता हुन । काठमाण्डुुले माने पनि नमाने पनि धेरै मधेशी जनमन डा. सीकेलाई आफ्ना मुक्तिदाता मान्छन । यो कठोर सत्य हो । सरकारवादी मुद्धा खप्ने छन डा. सीकेले अब । नेपालका सरकारवादी मुद्धाहरु सुुरुमा सरकारी लाईन अनुसार अघि बढ्ने गर्छन, प्रहरी आक्रामक पनि बन्ने गर्छ । तर जब मुद्धा सरकारी वकिल मार्फत अदालतको ढोकासम्म पुुग्नेगर्छ, त्यही न्यायिक ढोकादेखि सरकारवादी मुद्धा कमजोर बनाउने भित्री चलखेल सुुरु हुुन्छ । बिडम्वना नै भन्नुुपर्छ यसमा व्यवसायिक हिसाबले प्रश्न उठाउन नपाईने हेभीवेट वकिलहरुको लर्कोले नै चर्को चलखेल गर्ने गर्दछ । निरन्तर परिवर्तन भैरहने सरकार क्रमशः यस्ता मुद्धाहरुमा उदासिन हुदै जान्छ । र, प्रहरीले सरकारी वकिललाई मुद्धा जिम्मा लगाईसकेपछि सबै मुद्धामा सरकारलाई कमजोर र प्रतिवादीलाई सजिलो पार्ने गरी कानुुनी छिद्रा खोजेर सुरु चरणदेखि नै या त मुद्धा नै नलाग्ने बनाईन्छ या मुद्धा नै लागे पनि ज्यादै कमजोर बनाईन्छ ।

अदालतका बेन्चहरुमा यसरी कमजोर बनाईदै पुरयाईने मुद्धाहरुमा पनि पैसा र पावरको प्रभावमा प्रतिवादीलाई जिताउने हर्कतहरु गरिन्छ । अनि अधिकाँश सरकारवादी मुद्धाहरु सरकारले हार्ने गरेका कयौं उदाहरणहरु छन । यस्तो न्याययिक पृष्ठभुुमिमा डा. सीकेलाई बोक्ने, उचाल्ने वा उनलाई हिरो र निर्दोष बनाउनेहरु हातमा दही जमाएर मात्रै बसिरहलान भन्ने अनुमान गर्नु गलत हुनेछ । न्यायिक कारवाही होस उनीविरुद्ध भनेर हाल नागरिक तहबाट देशभक्तिको आखाँ र मनबाट गरिएका याचनाहरु यसै अर्थमा हात्ति आयो हात्ति आयो फुुस्सा हुन नसक्लान भन्न सकिन्न । यो सबै देशभक्तहरुको लागि, देश विखण्डन नहोस भन्ने कामना गर्नेहरुका लागि चुनौति हो ।

नेपालको कानुुन अनुुसार राज्य विरुद्धको अपराध र सजायँ ऐन २०४६ मा उल्लेखित राज्य विप्लवको अपराध वा उद्योग गरेको ठहरिए राउतलाई जन्मकैद वा १० वर्षसम्म कैद सजायँ हुन्छ । उनले राज्यद्रोह वा त्यसका लागि प्रोत्साहन गरेको प्रमाणित भए कम्तिमा दुईवर्षसम्म कैद सजायँ हुन्छ ।

राज्यविरुद्धको अपराध ऐनअनुसार कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो
गर्ने उद्योग गरेमा उसलाई जन्म कैद हुने व्यवस्था छ । तर कानुुनको यो स्पष्ट जंजिरले डा. सीकेलाई बाध्न उनका समर्थनमा मानावाधिकारवादी, वकिल र नागरिक समाजका आवरणमा आउने दृश्य, अदृश्य स्वदेशी विदेशी सबै चलखेलहरुलाई रोक्ने आँट न्यायलयमा हुनु अनिवार्य शर्त हो । यसअर्थमा अब पनि उनलाई अदालतले धोईपखाली गरिदिएर झन सुकिलो, मुकिलो र आँटिलो बनाउने परिवेश निर्माण हुनै नदिनेतर्फ सरोकारवालाको ध्यान जान सक्नुपर्छ । नत्र उनको पछिल्लो गिरफतारी फेरि पनि उनलाई हिरो बनाउने सरकारी चालवाजी सावित हुन सक्छ ।
खासगरी मधेशी दलहरुकै लागि आखाँको कसिंगर झै बनेका डा. राउतको यो पक्राउ प्रकरणले उनका सहयोगी र समर्थकहरुलाई थप क्रुद्ध बनाएको छ भने मधेशी मोर्चा सम्वद्ध दलहरुलाई केही राहत पुरयाएको छ । उनका अभिव्यक्तिहरु कठोर र देश विखण्डनकारी देखिदै आए पनि त्यसलाई अदालती प्रमाण पुरयाएर पुष्टि गर्नु पनि सरकारका लागि कठिन छ । त्यो अग्नी परीक्षा प्रचण्ड सरकारले पार गरेमा भने उ धन्यवादको पात्र बन्ने छ । तर त्यो साहस देखाउला प्रचण्डसत्ताले ?

आपराधिक करार गर्ने की राजनीतिक ?
अमेरिककाको लाखौं डलर मासिक कमाउने प्रतिष्ठित जागिर छोडेर स्वतन्त्र मधेश आन्दोलन चलाईरहेका डा. सीकेलाई पक्रेर मुद्धा चलाए पनि सरकारले उनलाई देश विखण्डनमा लागेको दुश्मन अपराधी करार गर्ने की राजनीतिक मुद्धा बोकेको एक विद्रोहीका रुपमा डिल गर्ने भन्नेमा अदालतलाई नै कन्भिन्स गर्नेगरी तथ्य प्रमाण जुटाउन सक्नुु पर्छ । अहिले उनी विरुद्ध सामाजिक संजालमा होस वा राजनीतिक रुपमा खनिएका आक्रोशपूर्ण अभिव्यक्ति वा प्रतिक्रियाहरु देशभक्तिको भावले ओतप्रोत छन । तर अदालतमा तथ्य प्रमाणले मात्रै डा. सीकेलाई गलत सिद्ध गर्नुुपर्छ । यसमा मुलतः सरकारको नीतिगत हेराई, बुुझाई र उपचार स्पष्ट हुुन आवश्यक छ । उनलाई देशविरोधी अपराधी सावित गर्ने हो भने अब प्रहरी हिरासतदेखि न्यायलयसम्म उनलाई त्यही खाले दसीप्रमाण सहित सरकारले कडाईका साथ अघि बढ्नुुपर्छ । होईन उनलाई जेल हालेर मात्रै थन्क्याईदिने मात्रै सरकारी चालबाजी हो भने उनले राजनीतिक अभियन्ताको मान्याता पाउदै जानेछन । तत्कालिन राजनीतिक संवाद तथा सहमति समितिका संयोजक डा. बाबुराम भट्टराईले चिठ्ठी नै लेखेर सिंहदरवारमा डा. सीकेलाई स्वागत गर्दै संविधान निर्माणका बेला लिएको राय सुुझावले उनलाई राजनीतिक मान्यता दिएकै हो । मानवाधिकारवादीहरुले उनको प्रतिरक्षा गरेर उनलाई अधिकारवादी विल्ला दिएकै हुन ।

त्यसैले कालान्तरमा यो उनलाई नयाँ मधेश नेता बनाउने सरकारी लगानी हुन सक्ने खतरा पनि छ । त्यसतर्फ सरकारको स्पष्टता र कठोर कदम आवश्यक छ । अहिलेका नेकपा एमालेका नेताहरु ३० को दशकको मान्छेका टाउको गिड्ने झापा क्रान्तिका नायकहरु ह्ुन जो उतिबेलाको पंचायती व्यवस्थाका नजरमा अराष्टिय तत्व थिए । जनयुद्धकालिन माओवादी अहिले सत्तामा छन, तर उनीहरु तत्कालिन सत्ताका नजरमा आतंककारी थिए । अहिले डा. सीकेलाई उनको प्रवृत्तिलाई र विचार मान्यतालाई पनि जरैदेखि स्पष्टतः कानुुनले, मानवाधिकारवाद र राजनीतिले नै प्रतिप्रश्न गर्न नसक्ने गरी परिभाषित र दण्डित गर्ने सरकारी स्पष्टता नभएमा त्यो सरकारकै लागि आत्माघाती कदम सावित हुनसक्छ ।
समस्या सीके हुन की मधेश उपेक्षा ?

करिब तीन साताको बसाईको क्रममा मधेश पुरै परिवर्तित भएको पाँए । सरकारले मधेशलाई बुझ्ने प्रयासै गरेन, दलहरुले पनि ठगे, कथित बुद्धिजीविहरु समस्या समाधान भन्दा स्वार्थमा लागे, सञ्चार माध्यमको त झन कुरै नगरौं हामीलाई पटक पटक अपमानित गरे । यी र यस्तै गुनासो सुने मधेशमा । मधेशको आक्रोस अब निरासामा बदलिसकेको छ र खोज्दैछ…………….. विकल्प ।

पत्रकार रञ्जन झाका यी सारगर्भित पंत्तिहरुको जगमा सरकार र डा. सीके विरोधीहरुले समस्याको समाधानका लागि पहलकदमी लिन सक्नुुपर्छ । स्पष्ट छ की मधेश नेपाल हो र मधेशी नेपाली हुन भन्ने सत्यमाथि सिंहदरबाका रैथानेहरुबाट धावा बोलिएको परिणाम आफ्नै मधेश उपेक्षाका हर्कतहरुका आलोकमा सत्ता र राजनीतिले जन्माईरहेको हो डा. सीके प्रवृत्ति । डा. सीकेलाई सिध्याए पनि मधेशी जनमनको राज्यसंगको एकात्मक मन र भावनालाई बल पुुग्ने गरी सिंहदरबार र राजनीतिक दल, नागरिक समाज वा संचार र अन्य सामाजिक तप्काको नजर मधेश र मधेशीप्रति बदलिएन भने निश्चित छ, अब अरु सीकेहरु अब मैदानमा उत्रनेछन । सरकार, सत्ता वा राजनीतिक दलको मधेश उपेक्षाको अतिवादको वाईप्रडक्ट हुन डा. सीके प्रवृत्ति । त्यसको जरो काटेर मधेशलाई देश संझने र सोही अनुसार व्यवहहार गर्न काठमाण्डुुले अरु भुुलहरु थप्दै गएमा निश्चित छ एक सीकेका हजार सन्तान जन्मिने डिलमा छ तराई मधेश ।

कुनै पनि मानेमा डा. सीकेका मूल्य, मान्यता र विचारको अतिवादलाई समर्थन नगर्दा नगर्दै पनि त्यसका लागि जग खन्ने र आधार दिने सरकारका, दलका गलत कदमर व्यवहारहरु नै पहिले बदलिन आवश्यक छ । मधेशी जनताको बढ्दो चरम निराशाको विकल्प सीके प्रवृत्ति हुनुुपर्ने वाध्यताका रचनाकार हाम्रा दल नै हुन, सरकार नै हो, उनीहरुको मधेश उपेक्षाको गलत पथ र प्रवृत्ति नै हो । यस अर्थमा गाली र कारवाही सीकेलाई गरिरहदा उनलाई उर्वर भुमि प्रदान गर्ने सरकारी कमजोरीमा पनि आमूल सुधार र परिवर्तन अनिवार्य छ । डा. सीके राउत प्रवृत्ति जन्माउने सीमाहिन हाम्रो शासकीय र दलीय भुलको शल्यक्रियामा पनि एकैसाथ हतारो र चटारो हुुन सके मात्रै यो प्रवृत्तिमा पूर्णबिराम लाग्नेछ । तर त्यो कटुुसत्यवोध गरेर सच्चिने जाँगर छ त सत्ता र राजनीतिसंग ?अब कानुुन अनुसार डा. सीके त थुनिए, तर उनीजस्ता प्रवृत्ति जन्माउने मुहानको मुल सुुकाउने हो भने नयाँ आखा, नजर, नीति, कार्यक्रम र व्यवहारका साथ सिंहदरवार तराई मधेशमा छिर्न ढिला नहोस । नागरिकको चरम निराशा बिद्रोहको वीज हो भन्ने सत्तालाई समयमै हेक्का होस ।

18 thoughts on “सीके राउत प्रवृत्तिका जन्मदाताको शल्यक्रिया खोई?”

  1. Kishor says:
    February 10, 2017 at 10:12 am

    ‘Lakhau dollar masik’ – you can write whatever in Nepal. As many here says, US post doc salary averaged around mid 40s, that means barely sufficient to survive your family. Less than 0.5 percent makes ‘lakhau dollar masik’. Je payo tie, keho lekhak Jiu?

    Reply
  2. Bhu says:
    February 8, 2017 at 8:09 am

    True:Doing politics is better way to earn more money in Nepal then being a post doctoral fellow in US. He knew that and got back to Nepal. It is only in Nepal PhD is everything,people think they should pray PhD people, in US if you don’t have skill it does not matter about your degree, he might know while he was there.

    Reply
  3. बिमले says:
    February 6, 2017 at 10:42 pm

    यो सबै गिरिजालाई दोष दिनपर्छ| चिहान खोदेर पनि ल्याउन पर्छ| दुईलाख विहार युपीबाट आएकालाई नागरिकता दिने गिरिजा नै हुन| राजदरवार हत्याकाण्डको ग्राण्ड डिजाइन थाहा छ भन्नेले खोइ खुलेको| एस बेला नर्कको ढोका ढकढकाउनु परे पनि गएर सोध्नापर्यो| पाठ सिक्नुपर्यो हजुर| दार्जीलिंग आसाम, देहरादुन र भुटानबाट आएका नेपालीलाई छि छि र दुरदुर गर्ने प्रबित्ति छ काठमाण्डुमा| नागरिकता नभई जागिर दिन्न र हिज बिहारबाट आएर मधेसी लवजमा बोले सबै पाईञ्छ काठमाण्डुमा| हाम्रा मान्छेहरु यति गिरेका छन्, सोध्दा पनि भाई साब इधर आईए भन्छन र उताबाट आएकाले तुम भन्छन|
    इण्डियन एम्बेसीमा फर्म लिन जाँदा आप आप भन्दा पनि नेपाली देख्यो कि तुम तुम भन्छन, एस्तो लाई हेपेको नभई के भन्ने? वार त होस पैले एस्तैलाई हान्नुपर्छ त्यसपछि मात्र अघि बढेर लडनु पर्छ भन्थे एकजना पल्टने दाजुले|

    Reply
  4. Shankar says:
    February 6, 2017 at 8:28 pm

    सी के राउत अहिले निस्कियो , ढिलो निस्यो | मैले याहा माइसंसार मा उहिबेला राजतन्त्र फाल्ने बेलामा लेखेको , तराइको जनता ले गिरिजालाई , गोबिन्द जोसिलाई , ओली लाइ , माकुने लाइ , झलनाथ लाइ मान्नु पर्ने आधार के ? के उनीहरु विश्व प्रसिद्द बिद्द्वान हो कि , नोबेल लारेट हो कि , दिनहु रेडियो मा उनीहरु माहान बाणी, उपदेश सुन्नु पर्ने ?
    किनकि तराइको जनता सग हाम्रो खान पिन , बिहेबारी , कल्चर धेरै कुरा अलि फरक नै छ |
    उनीहरुको सबै आफ्नो छ , कुनैबेला आफ्नो देश घोसना गरे कसले रोक्ने ?
    उनीहरुको धेरै कुरा बिहारी सग मिल्छ तेसैले त्यो हाम्रो लागि खतरनाक कुरा हो | राजतन्त्र अघोसित दिक्तेटर हो | नेपाल देश जोगाउन ( हाल लाइ देश सिंगो राख्ने अर्थ मा बुझौ ) त्यो जरुरि थ्यो | कृष्ण प्रसाद ले राजतन्त्र अझै आर्को १०० बर्ष सान्दर्भिक भनेको कारण , २५० बर्स को दिक्तेटर ले नै नेपाल लाइ जोगाउछ भन्ने थ्यो |
    यी दाहाल , कोइराला , भट्टराइ हरु नेता हैनन् | बौद्दिकता न भएको आफ्नै खुट्टा मा बन्चरो हान्ने , येस्ता यिनीहरु नै हुन् भुटान बाट लखतिने जस्ता | केहिसमय यिनको नाउ हुन्छ , क्रमस कोइ लेन्डुप हुने छन् कोइ बनिया , र धुर्त व्यक्ति | किनभने नेपाल मा बिभुति त् चेन्ज हुन्छ , भानु भक्त को प्रित्बी नारायण को सालिक ढल्छ त् यिनको भोलि के दसा होला ?
    अब एउटा बचाले पनि बुझ्ने कुरा के हो भने हामि क्रमश इन्डियाको मुख बाट पेट मा जादैछौ ( मुख मा त् ७ साल देखि नै थ्यो ) |

    तराई टुक्रिने न भए तेस्को नाउमा ठुलो काट मार गराइने कसरत हुदैछ | कसैले सोचला ये एसले राजा आए देश जोगिन्छ सोचेको होला भनेर त्यो समय गइ नै सक्यो , नेपाल खानेले बिरेन्द्र को बंस सोचेर नै सखाप पारेको छ |
    विश्व राजनीति चेन्ज भए नेपाल लाइ पनि असर गर्छ , नत्र देश रहदैन |
    ( यहा देश न रहेन भनेको कारण देश त् रहन्छ , नाम पनि सिमाना मा भएकोले नेपाली राख्ला तर देश चलाउने पारीको सुक्ला, गुप्ता , यादब , ठाकुर हुन्छ , यो भट्टराइ , दाहाल , खनाल , साह , देउबा, नेपाल , ओली चै टन्न कमाएर , डैबितिज भएर मोर्छ , केहि समय चै हल्ला गर्छ , मान्छेले सुन्छ पनि |

    Reply
  5. Anarchy says:
    February 6, 2017 at 3:47 pm

    A post doctorate researcher earns an average of $47k per year here in the United States. I personally know few of them making way less than that (below $40k).

    Given CK was here as a post doctorate researcher , he wasn’t making millions a year even if he was working for NASA! You need to be a hedge-fund manager to pull that amount !!!!

    Reply
  6. Shukla Ji says:
    February 6, 2017 at 9:49 am

    ओली माफिया समूह दोशी हो जस्को कारण सीके रावत को समर्थन बढदो र मधेस का लोतॉत्रिक दल फेल हुदै गई रहे को छन…

    Reply
  7. Amit Upadhyay says:
    February 6, 2017 at 8:29 am

    सहिकुरो हो यसरिनै मानवअधिकार कर्मी भनौदाहरु डलरको खेतीमा सम्लगन छन जुन देशको लागि लज्जास्पद छ ।

    Reply
  8. sharad says:
    February 6, 2017 at 2:04 pm

    he posted threat in facebook ‘will rape and kill pahadi people ‘

    can’t believe surya khadka is writing this article about this swine …

    Reply
  9. bijay says:
    February 6, 2017 at 4:50 am

    “अमेरिककाको लाखौं डलर मासिक कमाउने प्रतिष्ठित जागिर छोडेर “यो चाही अलि बढी नै खोकेको जस्तो लग्यो/ हजारौ हुनसक्छ..लाखौ हैन/

    Reply
    1. मुकेश यादव says:
      February 6, 2017 at 1:56 pm

      ए हजुर , अमेरिकामा पी एच डी करेकाले बरसमा एक लाख डलर भन्दा बढी रकम कमाउन छन / पोर्फेसर को तलब सुरु मा नै एक लाख तिस हजार जस्तो बर्स को हुन्च्छ सानो कलेज मा पनि / अझ नाम चलेको विश्व विद्यालय को त् कुरै न गरौं /

      हो कतारमा बाथरुम साफ करने लाई विश्वास नलाग्ला /

      मैले पहिले नै भने नि – मधेसीले अमेरिकामा पी एच डी करेर राम्रो जागिर हासिल करेको भन्ने आम काठमाडौँ वासी लाई पेटमा पच दैन र विश्वास पनि लाग्दैन तर यो सच्चाई हो /

      सी के भनेको त् केवल सय वर्ष भन्द अघाडी देखि पहाडी ले मधेसी दाजुभाई दिदीबहिनी लाई हेपेर थिचेर राखेको परिणाम हो / हाम्रा मधेसी दाजुभाई दिदीबहिनी लाई काठमाडौँ स्थित शक्ति केन्द्र ले पहि ले नै इज्जत संग व्यवहार करेकोभए , थिचो मिचो नकारेको भए सिके को जनम हुने थिएन /

      Reply
      1. bikash shrestha says:
        February 8, 2017 at 4:41 am

        हो हजुर . तपाइलाई सबैले थिचोमिचो गरेकै हो / अनि सिकेजीले मासिक एक लाख भन्दा बढी कमाएकै हो
        कुरा मासिक कमाई हो कि बार्षिक, कुरो बुझुम /
        सबै कुरालाई थिचोमिचो भएको भनि निष्कर्ष निकाल्नु कत्तिको जायेज छ ?
        टुक्रिएको देश साउथ सुडानले के कायापलट गर्न सक्यो?
        सिकेजीले पिएचडी रेसेअर्च भएर आजको सन्दर्भमा तराईबासिहरुको जीवन उत्थानको लागि एदुकेसोन सेक्टरमा धेरै गर्न सक्थे / तर होइन, सबैलाई राज्य चाहिएको छ /

        Reply
  10. narendra says:
    February 6, 2017 at 3:23 am

    प्रधन्द्र र बाबुराम ले अलि अगाडी भन्ने गर्थ सिके राउत को विचार पनि हो र अधिकार हो भन्ने गर्थ तर आज आयर कसरी त्यसलाई गिराफ्ता भय्यो सोचनेइय्य छ. फेरी प्रचान्द्र, बाबुराम ले नेपाल भरत लाइ बुझाउने बाटो मा हिडी रहेका छन् तर त्यसमा इनि हरु र सिके राउत एकै हुन् .

    नरेन्द्र

    Reply
  11. मुकेश यादव says:
    February 5, 2017 at 11:10 pm

    के को आरोप मा गिरफ्तार करेको ? वाक स्वतन्त्रता उनको मौलिक हक हो कि होइन ?

    Reply
    1. Shailesh says:
      February 6, 2017 at 4:33 pm

      वाक स्वतन्त्रता उनको मात्र हैन सबैको मौलिक हक हो, त्यसमा कुनै द्धिविघा नराख्नुस सर!!! तर राष्ट्रिय अखण्डताको बिरोधगर्नु भनेको मित्रराष्ट्र भारतमैपनि फॉसीको सजाय निम्त्याउनु हो भन्नेकुरा बुझे बेश।

      Reply
    2. Harke says:
      February 6, 2017 at 6:12 pm

      साले यादव, तलाई कुकुर, गधेके बच्चे! माफ गर्नुस है यादवजी, तपाइको भनाइ अनुसार मैले पनि मेरो मौलिक हकको उपयोग गरेको क्या | वाक स्वतन्त्रता भन्दैमा जे पायो तेइ बक्न चै पाइन्न, बुझ्नु भो कुरो ?

      Reply
    3. दामोदर कुइंकेल says:
      February 7, 2017 at 6:27 pm

      घूमफिर गर्ने स्वतन्त्रता छ भन्दैमा नाङ्गै हिड्न पाइन्छ र ? अनि पहाडी महिलालाई र ….. , नेपाल आमालाई बेस्या भन्ने , देश बिखन्डनको कुरा गर्ने यस्तो घृणात्मक अभिब्यक्ति कसरी वाक् स्वतंत्रता हुन्छ र मुकेश जी

      Reply
    4. Bijaya says:
      February 8, 2017 at 2:24 am

      यादब ! थाहा छ दलाइ लामा चीन गयो भने सिधै फाँसी दिन्छ अब भन C K लाइ के गर्ने वाक स्वोतंत्रताको नाम मा कहाँ देश टुक्र्याउने कुरा गर्ने लाइ छुट दिन मिल्छ?

      Reply
  12. shambhu says:
    February 5, 2017 at 3:28 pm

    well written

    Reply

Leave a Reply to sharad Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme