१२ वर्षअघि आजैको दिन (माघ १९) मा राजा ज्ञानेन्द्रले शेरबहादुर देउवाको सरकारलाई दोस्रो पटक बर्खास्त गरी सत्ता तीन वर्षका लागि आफ्नै हातमा लिने घोषणा गर्दा परिस्थिति सामान्य थिएन। घोषणालगत्तै ल्यान्डलाइन फोन र मोबाइल फोनका साथै इन्टरनेट सम्पर्क पनि विच्छेद गरिएको थियो। प्रिपेड मोबाइल त महिनौँसम्म बन्द नै रहे। विमानस्थल पनि बन्द गरिएको थियो। केबल टिभी बन्द थिए। टेलिभिजन र एफएममा समाचार पढ्न रोक लगाइएको थियो। मिडियाका समाचार कक्षमा हतियारधारी सेना पठाएर समाचार सेन्सर गरिएको थियो। त्यही कडा सेन्सरसिपका बीच आन्दोलनका घटनाक्रमलाई समेटेर माइसंसार पनि जन्मिएको हो। यस्तो कडा सेन्सरसिपका कारण कुनै खबर थाहा पाउन कति गाह्रो हुन्थ्यो, त्यो भोग्नेलाई मात्र थाहा थियो। न फोनमा कुरा गर्न सकिने, न इन्टरनेटमा। न टिभीमा केही आउने न रेडियोमा। सर्टवेभ रेडियोमा बीबीसीको प्रसारण एउटामात्र विकल्प थियो सूचना पाउने। त्यतिबेलाको सम्झनाका लागि बीबीसीको प्रसारण मैले क्यासेट टेपमा रेकर्ड गरेको थिएँ। त्यसैलाई डिजिटल रुपमा सारेर यहाँ राखेको छु।
यहाँ भएका तीन फाइलमध्ये बीबीसी नेपालीको प्रसारण माघ १९ कै दिन रेकर्ड गरिएको हो। त्यतिबेला नेपाली सेवा पौने ९ बजेमात्र हैन राति अबेर पनि थियो।
त्यसमा नेपाली कांग्रेसका तत्कालीन महामन्त्री सुशील कोइरालाले कडा अभिव्यक्ति दिएका छन्। राजाको यही कदमले गणतन्त्रको बाटो खोलेको उनले बताएका थिए। पछि उनै कोइराला गणतन्त्र नेपालको प्रधानमन्त्री पनि बने र गणतन्त्रलाई संस्थागत गर्ने संविधान पनि संविधान सभाबाट बनाउने प्रक्रियाको नेतृत्व गरेर बिते।
काठमाडौँका सबै नेता हाउस अरेस्टमा राखिए पनि नेपालगञ्जमा भएकोले सुशील बचेका थिए। भूमिगत भएका कोइरालासितको अन्तर्वार्ता नेपालमा सञ्चार सम्पर्क विच्छेद भएका कारण बीबीसी संवाददाताले सीमापारी भारत गएर फाइल गरेका थिए।
यसमा काग्रेस नेता प्रदीप गिरी र पत्रकार कनकमणि दीक्षितको प्रतिक्रियासमेत रहेको छ।
सुन्नुस्-
यो तलको अडियोमा भने पहिलो फाइल बीबीसी हिन्दी सेवाको रहेको छ। यसमा एक संवाददाता कू भएकै रात काठमाडौँ ओर्लन्छन् र भोलिपल्ट बिहानको प्रसारणमा रिपोर्ट सुनाउँछन्।
अन्तिम फाइल अंग्रेजी सेवाको छ। यसमा बेलायतका लागि तत्कालीन नेपाली राजदूतले राजाको कदमको बचाउ गरेका छन्।
सबै फाइल सुन्नुस्-
सम्बन्धित लिङ्कहरु
-
माघ १९ को सम्झना « Mysansar
www.mysansar.com/2013/02/3760/
Feb 1, 2013 – १९ माघ एकाबिहानै सञ्चार माध्यमका कार्यालयमा फ्याक्स आयो- श्री ५ बाट १० बजे महत्त्वपूर्ण सम्बोधन बक्स हुँदैछ। त्यतिबेला म च्यानल नेपालमा कार्यरत् थिएँ। आफ्नै टेलिभिजनले प्रसारण गरेको भए पनि भाषणमा के थियो, हामीलाई
… -
माघ १९ : आसेपासेले डुबाए ज्ञानेन्द्रलाई « Mysansar
www.mysansar.com/2013/02/3765/
Feb 1, 2013 – आज माघ १९। वैकल्पिक सूचनाको स्रोतका रुपमा ब्लगहरु अगाडि आउन सक्नुको प्रमुख कारण यही दिन हो। त्यतिबेला अहिलेका जस्ता फेसबुक र ट्विटर थिएनन्। भएभरका मिडिया अफिसमा सेना छिरेका थिए। इन्टरनेट, मोबाइल र ल्यान्डलाइन फोन …
-
माघ १९ सम्झनाः समाचार लेख्न नपाउँदा हातै काटिए …
www.mysansar.com/2013/02/3777/
Feb 1, 2013 – २०६१ माघ १९ मा राजाले कू गरेपछिको घटना कान्तिपुर टेलिभिजनमा कार्यरत सञ्चारकर्मी भुवन केसी यसरी सम्झन्छन्
-. बिहान सुतिरहेको थिएँ, त्यतिबेला रेडियोबाट आज राजाबाट शाही घोषणा हुँदैछ भन्ने खबर सुने। त्यसपछि फेरि निदायछु । -
माघ १९ को महिमा « Mysansar
www.mysansar.com/archives/2007/02/id/1264
Feb 2, 2007 – घुम्दै फिर्दै फेरि ति कहालीलाग्दा दिनका स्मरण बोकेर माघ १९ हाम्रा अगाडि आइपुगेको छ। राजाको सम्बोधन, शेरबहादुर देउवाको सरकार पुन अपदस्थ, सञ्चार गृहमा टाटेपाटे पोशाकधारी सेना, सैनिक नियन्त्रणमा राजनीतिक दलका नेता।
-
विदेशमा बस्ने नेपालीका लागि माघ १९ « Mysansar
www.mysansar.com/archives/2007/02/id/1271
Feb 2, 2007 – -ददिराम सापकोटा/पेरिस-. ओहो माघ १९? आएकै हो यो कालो दिन? स्वदेशमा बस्ने धेरै नेपालीहरुले यो कालो दिनको चर्तिकला, प्रशासन, राजाका सिमित आसेपासेको मोजमस्ति, देशको सम्पत्ति सकेर भोज भतेर र पूजा पाठका रुपमा देखे।
आन्तरिक दुर्गुण त् सबै सग हुन्छन , तर जो मानिस आफुलाई व्यस्त राख्दैन , उद्देश्य पूर्ण जिबन जिउदैन ( जस्तो कि कुनै चिज को अन्वेसन , पैसा कमाउने , नाम कमाउने अभिलासा, इश्वर नजिक पुग्ने प्रण, ठुलो नेता बन्ने , लेखक बन्ने आदि ) उसलाई यी दुर्गुण ले सताउने गर्छ | तेसैले आफुलाई कुनै कुरा मा व्यस्त राख्न पर्छ |
भगवान ले ( या प्रकृति जे भनौ ) ले धेर थोर क्ष्यमता सबैलाइदियेको हुन्छ | जब सम्म कुनै उपाए द्वारा बाहिर निस्कदैन , ति नेपाल का खानि जस्ता हुन् | भित्र छ तर निस्केको छैन | तपाइले आफुलाई क्ष्यमाता बान मान्नुहुदो रहेछ , म त्यसलाई तपाइसग आत्म बिस्वास रहेछ भन्ने मानेमा बुझ्छु | तपाइको राम्रो पक्ष्य हो त्यो |
यहा ज्ञानेन्द्र लागायत का सक्ति मा रहेकाले कोसिस गरे सकेनन भनेर उनीहरुलाई प्रयास गरेबापत क्रेडिट दिन खोजेको मात्र हो | कमि कमजोरी त् सबै प्रधान मन्त्रि , राजा , तपाइँ हामि मा हुन्छन | हामि ले त्यो मौका पायेनम , तर जसले त्यो मौका पाए अथवा हासिल गरे
त्यो ठाउमा पुगेर न सक्नुको कारण , त्याहा पुग्ना साथ् मन बिग्रियो , घुस खान थाले , जाथाभाबी गर्न थाले , मानिस नै बदलिए भन्ने अर्थ मा न बुझाम , धेरै कारण हुन् सक्छन भन्न खोजेको हो |
,
सालोक्य जी को यो कामको मुक्तकण्ठले प्रशंशा गर्छौं . यो हो नि त पत्रकारिता .
ज्ञानेन्द्रले त् आजको अबस्था न आउँन न दिन र आफुले देश चलाउन प्रयास सम्म गर्यो | सकेन |
घर चलाउन त् गारो हुन्छ त् देश चलाउन गारै हुन्छ | सबै आफ्नो हात मा लिएर तेस्माथि चलाउन त् अति गाह्रो बिसय थ्यो |
ज्ञानेन्द्रको कु को त् कुरा न गरौ , तर महेन्द्र ले कु न गरेको भए सायद नेपाल टुक्रिने बा भारत मा मिलिसक्ने चै पक्का हो |
” घर चलाउन त् गारो हुन्छ त् देश चलाउन गारै हुन्छ | सबै आफ्नो हात मा लिएर तेस्माथि चलाउन त् अति गाह्रो बिसय थ्यो | ”
तपाइको तर्क चाही जे होस् सहि लाग्यो.. गाडी राम्ररि चलाउन नजान्ने, लाइसेन्स नबोकेको खलासीले मानम एउटा मिनिबस चलाएर दुर्घटना परेको खबर पत्रिकामा आउँदा, अनि सबले त्यो खलासीलाई भएभरको क्रुर सब्दले गाली गरेको देख्दा तपाइंले पक्कै भन्नु हुनेछ – ” गाडी चलाउनु चान चूने काम हो, जाबो १२५ सी सी को मोटरसाइकल चलाउन त गारो हुन्छ, मिनिबस चलाउन त पक्कै गारो हुन्छ. त्यैमथी स्टेरिङ्ग पुरै आफ्नो हातमा लिएर ड्राइभर लाइ पछाडी सुत्न पठाएर गाडी चलाउनु त झन् गारो हुन्छ ”
यस्तो बेजोडको तर्क गर्न सक्ने खुबी भाको तपाइंलाई धेरै बधाई छ!!
के देश चलाउनु र गाडी चलाउनु एउतै कुरा हो ? २००७ साल देखि कति सरकार आए गए , देश जहा को तही छ | कुनै पनि सरकार होस् , एउटाले काम गर्न खोज्ने , आर्को ले खुट्टा तान्ने | मोहन सम्सेर देखि प्रचण्ड सम्म आइपुग्दा के सबै पी यम हरु ले बिकास न चाहेको हो ?सबै करप्ट थे?
जब सम्म कसैले जिम्बेबारी पुर्बक काम गर्दैन , काम हुदैन | चाहे त्यो देश होस् या घर |
मोहन सम्सेर देखि प्रचण्ड सम्म कसैले पनि आफ्नो देश लाइ माया न गरेको होला त् भन्न सकिन्न |
येस्मा अन्यथा के कुरा छ ? बरु तपाइकोखिसि गर्ने क्ष्यमता बेजोड छ गाउ देखिकै हो कि ?
हैन म त झन् तपाइंको प्रसंशा पो गर्दैछु त, त्यत्तिकै झनक्क रिसाउनुहुन्छ. हुन त नामै शंकर. खैर केहि छैन, तपाइले मेरो प्रसंशायुक्त कमेण्ट्को लागि कृतज्ञता ब्यक्त नगरेपनि त्यसको प्रत्युत्तरमा तपाइंले दिनुभएका अरु गजबका तर्कहरुको लागि म तपाईंप्रति सारै आभारी छु. अझ नढाटि भन्ने हो भने माथि को तपाइंको प्रत्युत्तरका तर्कहरु कसैका लागि lifesaver सिद्द हुन्न सक्छ. तपाईं फेरी खिसी गर्यो भन्नु होला तर म तपाइंलाई उदाहरण दिन्छु. जस्तै –
”मोहन सम्सेर देखि प्रचण्ड सम्म आइपुग्दा के सबै पी यम हरु ले बिकास न चाहेको हो ?सबै करप्ट थे?जब सम्म कसैले जिम्बेबारी पुर्बक काम गर्दैन , काम हुदैन | चाहे त्यो देश होस् या घर |”
यो कुरा मेरो जीवन संग ठ्याक्क मेल खान्छ. म आफुँ निकै प्रतिभाशाली भएको भन्ने कुरामा सन्का गर्दिन. मैले चाहे भने अरुले ५ दिनमा सक्ने काम एक दिनमै, त्यो पनि अझ राम्रो क्वालिटी मा गर्न सक्छु. तर खाली समस्या के छ भने त्यहाँ केहि यस्ता तत्वहरु सक्रिय छन् जसले मलाइ आफ्नो क्षमताको १०% पनि प्रयोग गर्न दिनैदन. जस्तै अल्छिपन, रमझम गर्नु पर्ने बानि, आज को काम भोलि सार्ने बानि, आफ्नो लागि हितकर र अहितकर संगत छुट्याउन सक्ने क्षमताको अभाव, इत्यादि. यसले गर्दा सधैं म पछि परिरहें तर सधैं आफुलाई दोष दिन्थें. तर अब ढुक्क भो. कसी मलाई औंला उठायो भने म तपाइको फर्मुला प्रयोग गरेर सिधै भन्न सक्छु-
”के मैले यो काम समयमै राम्रोसंग होस् भन्ने नचाहेको हो र” अब यो अल्छिपन्ले केहि गर्न खोजे कि भाँजो हाल्छ, के गर्नु मैले ?
” के मैले त्यो ठाउँमा जानी जानी नागाको हो र ? अब सथिभाइहरु नै गतिला छैनन् , दिउसै रमझम गर्न कर गर्छन के गर्नु ? ”
आदि…