शुक्रबार बिहानदेखि पानी परिरह्यो। यो क्रम राति अबेरसम्म जारी रह्यो। अनि शनिबार बिहानैदेखि नखुलेको आकाश खुलेर आयो। भक्तपुरको गुन्डुमा रहेको घ्याम्पे डाँडा। कहाँ रहेछ भनेर कन्फ्युज भएछ भने यहाँ क्लिक गरी गुगल म्यापमा हेर्न सक्नुहुन्छ। त्यहीँ तपाईँले पत्रपत्रिकामा खुब सुनेको पाइलट बाबाको आश्रम र ध्यान केन्द्र पनि छ। अहिले घ्याम्पे डाँडा पिकनिक स्पट पनि भएको छ। यो ठाउँको विशेषता के हो भने आकाश खुलेको बेला यहाँबाट गजबले हिमशृङ्खला देखिन्छ। दोर्जे लाक्पा, लाङटाङदेखि गणेश हिमाल, हिमालचुलीसम्म। शनिबार पिकनिक जुरेको थियो र त्यही मौकामा खिचेका फोटोहरु-
साह्रै राम्रा हाम्रा ठाउँ, मनै लोभियो I ठाउँ झैँ मन, तन र धन भए झन् कति रमाइलो हुन्थ्यो ! सालोक्य जी, धन्य छुं तपाईका फोटो क्याचिंगलाई है..!
Really appreciated. Beautiful KTM. My Birth Place.