Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जुङ्गा हैन जाँठा भनेमा दुई रुपैयाँ दण्ड : यस्ता पनि कानुन थिए (२)

Posted on January 29, 2017 by Salokya

पुराना कानुनले त्यतिबेलाको समाज, त्यतिबेलाको व्यवहार र त्यतिबेलाको सोच देखाउँछ। त्यतिबेलाको समाजको अध्ययन हो यो एक किसिमले। मेरो हातमा मुलुकी ऐन परेपछि र त्यसलाई सर्सर्ती हेरेपछि त्यसमा रहेका अनौठा कुराहरु तपाईँलाई बाँड्नबाट रोक्न सकिनँ। विक्रम संवत् १९१० मा लागू भएको नेपालको पहिलो लिखित कानुन थियो यो। हेरौँ अहिलेको अवस्थामा अचम्म लाग्ने थप केही प्रावधानहरु-

यो प्रावधानले देखाउँछ त्यतिबेला मानिसहरु कसरी झगडा गर्थे, कसरी गाली गर्थे?

अहो, भनेपछि त्यतिबेला झगडा गर्दा तेरो ओठमाथिको जुंगा हो भने फलानो कुरा गर, जुँगा हैन जाँठा हो भने….भनेर गाली गर्दा रैछन्। १५९ वर्षअघि यस्तो गाली गर्दा २ रुपियाँ जरिवाना तिर्नुपर्ने रहेछ। अहिले भने जाँठा, मु* भन्नु सामान्य भइसक्यो र हिट फिल्म र किताबहरुमा समेत यसको प्रयोग हुन थालेको छ।

त्यसैगरी त्यतिबेला झगडा गर्दा धोती फुकालेर देखाउने चलन थियो। कालान्तरमा धोतीको ठाउँ प्यान्टले लिएर हो कि किन हो आजभोलि त्यस्तो झगडा गर्ने चलन हटिसक्यो।

अनि यो अर्को प्रावधान हेर्नुस्, यसबाट प्रष्ट हुन्छ कि त्यतिबेला झगडामा केटाहरुले धोती फुकालेर देखाए जस्तै महिलाले पनि के गर्ने रहेछन् ? अनि अहिले ट्राफिकबाट मापसे परीक्षणको ‘आतंक’ ठान्नेहरुले त्यतिबेलाको कडा प्रावधान पनि हेरे हुन्छ। त्यतिबेला गाडी त हुन्थेन। मान्छे ढल्मलिँदै हिँड्थे। त्यसरी मापसे गरी ढल्मली हिँड्यो भने ५ रुपियाँ जरिवाना हुँदो रहेछ। उतिबेलाको ५ रुपियाँ भनेको कति होला तपाईँ आफै गेस गर्नुस् अब। अझ रकम तिरेन भने एक महिना कैद पनि भनेको छ। अहिले त एक रात मात्रै बसे पुग्छ।

लोग्नेस्वास्नी सम्बन्धी केही कानुन

कुटपिट गर्दाका केही कानुन

8 thoughts on “जुङ्गा हैन जाँठा भनेमा दुई रुपैयाँ दण्ड : यस्ता पनि कानुन थिए (२)”

  1. navin says:
    January 31, 2017 at 3:30 pm

    नीतिनियम हरु कडा नै थिए त्यो बेला देखि नै,ऐन कानुन अझै पनि कडा नै छन् आज पनि मुलुकी ऐन मा, तर आज हामी हरु सबै जना जनता भन्दा माथि उठेर कार्यकर्ताको
    रुप मा परिचित भैसकेकोले हामीहरु दण्ड भन्दा माथि छौ त्यसकारण यी नीतिनियम हरु कागज का किताब हरु मा मात्र सिमित छन् |
    सबै लाई चेतना भया

    Reply
  2. sujan maharjan says:
    January 31, 2017 at 1:37 am

    “ख” को ठाउँमा “ष” लेख्ने रहेछ पहिले !!!

    Reply
  3. Shankar says:
    January 30, 2017 at 9:19 am

    अरु भन्दा पनि जार काट्न पाउने चलन बा कानुन चै उल्लेखनीय छ |नत्र मु * भन्दा बा जा *
    कानुन किताब मा लेखिए पनि सायद नै कसैले जरिबाना तिरेको होला |
    हामिनेपालिको भन्दा मदिसेको , खैरेको झन् अस्लिल सब्द बढी प्रयोग गर्ने चलन छ |
    जस्तो खैरे हरु फ * सब्द र बिहारी मदिसेले बहन चो * सब्द हामीले राम को नाम लिए भन्दा
    १० गुणा बढी बोल्छ |

    Reply
  4. Shiva Hari Adhikari says:
    January 29, 2017 at 10:56 pm

    niyam kada raichha

    Reply
  5. Madan Pahari says:
    January 29, 2017 at 11:25 am

    त्यो बेला ऐन को ठाउँमा अलाई दोलकै दिने चलन रहेछ

    Reply
  6. Majboor Khan says:
    January 29, 2017 at 10:08 am

    तेति बेला को कानुन पो ठिक रैछ त बरु

    Reply
  7. मुकेश यादव says:
    January 29, 2017 at 3:50 pm

    अनि भ्रस्टाचार करने लाई तपाईं रक्छ्क हैन भक्छ्क भनेमा कति पैसा जरिमाना करने ?
    अझ पुलिस का हाकिम त् सबैको मुखमा जुँगा तर दिलमा भने के जति xxxठाँ हुने रहेछ /

    अनि आज त् रक्सि ले हैन पैसा र पद को अभिमान ले धुन्मुनी भएर हिडने अवस्था छ /

    Reply
  8. Bhumi Raj Chalise says:
    January 29, 2017 at 9:18 am

    Hunuparne ta ahile pani testai sajaya ho Tara ke garnu bidambana. Nepali haru chhada bolna yek number bhayeka chhan. I hate them.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme