Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्पेनको राजधानी मेड्रिड जहाँ कारको बाटो भत्काएर पैदल र साइकलयात्रीको लागि लेन बनाइएको छ, हेर्नुस् ३५ फोटो

Posted on January 27, 2017 by उत्तम बाबु श्रेष्ठ

गएको हप्ता स्पेनको राजधानी मेड्रिड शहरमा झोले पर्यटक (नेपालमा अहिले चलेको परिभाषा अनुसार एयरबीएनबीमार्फत् होम स्टेमा बस्ने, सार्वजनिक यातायातको प्रयोग गर्ने र स्थानीय खाने) को रुपमा पुगेको थिएँ। लन्डन र पेरिसपछिको युरोपियन युनियनको ठूलो शहर मेड्रिड कला संस्कृतिको केन्द्र पनि रहेछ। विशेष गरी यहाँका कतिपय घर, दरवार र चर्चहरु सोह्रौं शताब्दीमा निर्माण भएका। तर अहिले भने यो शहर प्रख्यात फुटबल क्लब रियल मेड्रिडको नामले चिनिन्छ।  कुनै बेला ट्राफिक जामको लागि कुख्यात यहाँका शहरका केन्द्रका भागहरुमा केही वर्ष अघि कारको बाटो भत्काएर पैदल र साइकल यात्रीको लागि लेन बनाइएको र रुखहरु रोपिएको रहेछ। त्यसैले होला पैदल यात्री हिड्ने बाटो कारको बाटोभन्दा पनि फराकिलो देखिने । कतिपय ठाउँमा कार निषेध। यहाँको केन्द्रको व्यस्त छ लेनको सडक ग्लानभिया (मुख्य सडक) मा पनि अबको पाँच वर्ष भित्र कारलाई निषेध गर्ने योजना सार्वजनिक भएको रहेछ। यहाँको कतिपय गल्ली काठमाडौंका झोछे, ठमेल, लगनटोलमा हिँडे जस्तै लाग्ने रहेछ। हेर्नुस् ३५ फोटो 

Santiago Bernabeu Stadium_Statium of Real Madrid

Royal Palace_Inside

Royal Palace
Restaurent_bar_1

3 thoughts on “स्पेनको राजधानी मेड्रिड जहाँ कारको बाटो भत्काएर पैदल र साइकलयात्रीको लागि लेन बनाइएको छ, हेर्नुस् ३५ फोटो”

  1. DRJ says:
    February 5, 2017 at 10:02 pm

    Exellent Photography

    Reply
  2. मुकेश यादव says:
    January 28, 2017 at 2:43 am

    झोंछे र ठमेल अनि असन गली संग स्पेन को तुलना करने भनेको आगरा र गाग्रा को तुलना करेको जस्तो भयो ।
    पर्यटक हरु हाम्रो गल्ली माँ हिड़दा हिलो, फोहर मल को डुंगर नाघि नाघि नाक थूनी थूनी वाक वाक गरदै हीडनु परने अवस्था छ्। हामरा जनता र नेता भनौन्दा हरुलाई रत्ती भर पनि इज्जत र गर्व भन्ने छैन।खाली म म म मेरो मेरो मेरो आफू र आफ्ना परिवार ले मात्र घिचने मोटाऊने देश भड़खेलो माँ जाओस ।। गाड़ी चढेर गंधपुरी फोहर र प्रदुषण को लागी संसार माँ कुख्यात शहर माँ शान देखउँदै गुड़ने।
    अरु देशकका नेता र जनता माँ आफ्नो देश र शहर प्रति इज्जत र गर्व छ्। फोटो हेर्नुस कति सफा सुघघर ।। कसरी तुलना करने हाम्रो गंधपुर संग ।

    Reply
  3. Gambhir Ghimire says:
    January 27, 2017 at 5:54 pm

    Best city and best Metro of the world

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme