Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लोकसेवा आयोगले पनि हँसाउँछ, पासवर्ड रिसेट गर्न ५० रुपैयाँ पो माग्छ

Posted on January 24, 2017January 24, 2017 by Salokya

नेपालका सरकारी कार्यालयहरु बिस्तारै अनलाइन हुँदैछन्। पासपोर्टदेखि लाइसेन्ससम्मको फाराम अब अनलाइनमा भर्न पाइन्छ।

निकै राम्रो।

तर माल पाउनेले चाल नपाएपछि अनलाइन शब्दकै बेइज्जत हुने काम पनि हुने रहेछ। एउटा उदाहरण यातायात व्यवस्था विभागमा लाइसेन्सका लागि फाराम अनलाइन भर्दा देख्न सकिन्छ। बिहान १० बजे नै भर्न खोज्दा पनि कोटा सकियो भन्छन्। भो त, अनलाइनमा समेत कोटा हाल्ने कस्ता मान्छे रहेछन्!

अर्को गजबको नमूना भने लोकसेवा आयोगको देखिएको छ। लोकसेवा आयोगमा पनि आजभोलि अनलाइन दरखास्त फाराम भर्न पाइन्छ। त्यसरी फाराम भर्न युजर प्रोफाइल बनाउँदा युजर नेम र पासवर्ड दिइन्छ। त्यो बिर्सिएमा के हुन्छ?

तपाईँ यो विषय अनलाइनमा नै पढ्दै हुनुहुन्छ। तपाईँले अनलाइनमा सयौँ हजारौँ फर्महरु भरिसक्नुभयो होला। इमेलदेखि फेसबुकसम्म अनि अरु पनि विभिन्न अकाउन्ट तपाईँको छ। यस्तोमा पासवर्ड वा युजर नेम बिर्सिँदा के हुन्छ? मोबाइल नम्बर वा अरु कुनै इमेल वा अरु केही तरिकाबाट तपाईँको पासवर्ड रिसेट गरिन्छ।

यो सरल र सहज उपाय हो र विश्वभर यस्तै गरिन्छ।

तर यो त लोकसेवा आयोग हो लोकसेवा आयोग। कहाँ चानचुने सम्झिरहनुभएको? भोलिपर्सि सरकारी सेवामान नियुक्त भएर अरुलाई हैरान खेलाउने पो हो त।

यहाँ पासवर्ड बिर्सिएमा भने ५० रुपैयाँ तिर्नुपर्ने रहेछ। ५० रुपैयाँ तिर्नुपर्ने मात्र हैन नजिकैको कार्यालयमा गएर तोकिएको ढाँचामा निवेदन दिनुपर्ने रहेछ हातले लेखेर लौ न हजुर मेरो पासवर्ड रिसेट गराइ पाउँ भनी। गजब गजब। यस्तो त विश्वमा कहीँ पनि हुन्न होला। रिप्लेज बिलिभ इट अर नटमा राख्नुपर्ने यो विषय।

यो सोच चाहिँ कुन चाहिँ टोर्पे लोकसेवा पास गरेका आइटी अधिकृतको होला, त्यो जान्न पाए कति जाति हुन्थ्यो होला, कि कसो 😛

(सन्दर्भ सामाग्री : यो लोकसेवा आयोगको सूचनामा हेर्नुस्, पासवर्डको विषय लेखिएको छ)

17 thoughts on “लोकसेवा आयोगले पनि हँसाउँछ, पासवर्ड रिसेट गर्न ५० रुपैयाँ पो माग्छ”

  1. karna says:
    January 27, 2017 at 1:12 am

    IT engineer bhanne haru lai dos bhayena ra bhaneko k padheko tani testo ni ki ta hami sanga dajnu paryo ki kaso ….?????

    Reply
  2. prakash says:
    January 26, 2017 at 7:43 pm

    khai k khai vitra vitrai khel kheleko holani teska baje

    Reply
  3. pramish says:
    January 26, 2017 at 6:39 pm

    mero civil bank ko password reset garna lai bank ma gayera request letter diyeko ta rs 100 charge lagcha rey. yo bank haru ta kahile grahak le galti garla ra paisa thutunla vanera baseka chan.

    Reply
  4. B-Chrome Maharjan says:
    January 26, 2017 at 1:07 am

    Stupid site, no profile editing facility.

    Reply
  5. हेमन्त भट्टराई says:
    January 25, 2017 at 9:07 pm

    यो सहि तरिका हो । जे मा पनि सरकारको मजाक उडाउन त नेपालीलाई कसले सक्छ र ? यो मैले बुझे सम्म पासवर्ड विर्सियो अाफै रिकोभर गर्दा भएन भने वा आईडि पासवर्ड नै विर्सो भने मात्र लोक सेवा आयोगमा जाने हो । आफुले आई डि बनाउँदा रिकोभर प्रश्न के राखें त्यो ख्याल गर्नुपर्यो । तेति गर्दा नि भएन भने लोक सेवा जानुपर्यो । कि भने पासवर्ड विर्से फेसबुकको जस्तो अर्को आईडि गराउनुपर्यो । किन यस्तो नियम बनाएको भनी कि भने आयोगकै अधिकारीसंग सोधेर चित्त बुझ्दो जवाफ नआए यो ब्लग लेखे सुहाउने थ्यो ।

    Reply
    1. Mukund p says:
      January 26, 2017 at 12:11 am

      Yini ni torpe hun. Timro sarKara le ke machha ke ho bhutlo ke ho bhanera chhutaune haisiyat bhako manche nai rakhdaina ke ko samar than ma bolne. 8 kaccha pass gareko bacchale 3 hapta ko training ma sikeko jhanda Halline bhanda kuna I gatilo website dekhya chha Nepal sarkarko? Bolcha bada- Bhakt hanuman.

      Reply
    2. Sagar Shiwakoti says:
      January 26, 2017 at 9:41 am

      Sorry! No logic under the sun can justify the concept of charging money to reset a mere password. It just shows the incompetency of the government official who came up with this awful idea.

      Reply
    3. Bikalpa says:
      January 27, 2017 at 11:07 pm

      तपाई ले लेखेको कुरा अलि मिलेन कि? बिज्ञापन मा स्पस्ट संग user name ra/वा password बिर्सिए मा bhaneko छ.

      रवि लामिछाने ले उमेश मैनाली lai sodhi सक्नु vako छ

      Reply
  6. Daniel Poudel says:
    January 25, 2017 at 2:19 pm

    ठ्याक्कै उस्तै समस्या ब्यांक अफ काठमाडौँ बाट भोगेको छु मैले नि !
    मेरो ल्यापटपको किबोर्ड को समस्याको कारण पास्वोर्ड राख्ने क्रम मा गडबड भयो ३ चोटी भन्दा बढी गलत भए ब्लक हुन्छ जुन सुरक्षा को द्रिस्टिकोण ले सहि पनि हो ! तर समस्या चै कहाँ नेर भो भने मैले ब्यांकमा फोन गरेर समस्या सुनाए त्यहाका कर्मचारी ले ब्याङ्कमा आएर एउट निवेदन दिनुपर्ने कुरा गरे ! अहिले त म नेपालमै छु अझ भनुम काठमान्डू मै छु त्यो गरे मेरो अकाउण्ट सुचारु भयो पनि यदि बाहिर भाको अवस्थामा भए के हुन्थ्यो होला ?सुबिधाको साटो झन्झट चै भएन र ?

    Reply
  7. Rosham says:
    January 25, 2017 at 1:29 pm

    यो आइ.टि पट्टिको पक्कै पनि होइन
    बरु ‘माइती’ पट्टिको चाही पक्कै हो |
    कि कसो ?

    Reply
  8. Pushkar Khanal says:
    January 25, 2017 at 5:32 am

    यातायात व्यबस्था बिभागले ल्याएको अनलाईन सिस्टम सेवा संप्रेषणमा सुचना प्रबिधिको प्रयोग गरे जस्तो गर्ने तर त्यसलाई पूर्ण कार्यान्वयन हुन नदिने अथवा प्रबिधिको प्रयोगलाई चुस्त दुरुस्त राख्न नदिने बदनियत देखिन्छ। घुमाई फिराई उहि कोटा र कुपनलाई उपयोगमा ल्याई आंशिक सेवाग्राहिलाई सजिलै सेवा दिए जस्तो गर्ने अनि बाँकिलाई घुस तिराएर काम गराउन बाध्य पार्ने दलालि त्यहा हावि छ।

    Reply
  9. rasik says:
    January 25, 2017 at 11:03 am

    वा वा !!! वा नेपाल
    क्या नेपाल

    Reply
  10. Rajeeb says:
    January 25, 2017 at 8:12 am

    Private bank ko ta yestai chha halat. Paisa matra magdaina. Banki you have to go to their office to change password. Sarkari ko ke kura…

    Reply
  11. आले बोउजा says:
    January 25, 2017 at 2:10 am

    आफन्त बाद बाट प्रवेश गर्नेहरू को छेमता एहिनै हो

    Reply
  12. मुकेश यादव says:
    January 25, 2017 at 3:53 am

    यो त् नापाउने ले केला पायो बोकरै सुद्द खायो भने जस्तै भयो / आज पासवर्ड को लागि पचास रुपियाँ मागने भोलि खैरात हस्पताल मा पनि फिस मागने हो कि ? बाटो मा हिड्न बाटो कटन पनि रकम बुझाउनु परने पो हो कि ? भोली सास फेरन पनि फिस तिरनु परने हो कि ?

    बन्दरको हातमा नारियल गट्टा भने जसतो पो भयो /

    यी कायते गवाँर हरु कुनै पनि हालतमा सरकारी कार्यालयमा ड्युटी करने लायक को छैन / बरु बोका भैंसी चराउने काम मा लगाउनु परयो लाऊ यी मुरख लाई /

    Reply
  13. bijay says:
    January 24, 2017 at 11:55 pm

    देश येस्ता मान्छेहरुले ( माड्साप ) चलाइरहेछन..अनि कसरि विकास होस् त..

    Yes it needs to go in ripley’s believe it or not

    Reply
  14. Deepak Shrestha says:
    January 24, 2017 at 6:09 pm

    बैंकको त ख़तम छ । अरु त बिचारा

    यूज़र/पास्वर्ड मेल गर्नु भनेको, हुदैन रे ।
    अकाउंट डीटेल्स पूरा भए नि न पाहिने । बरु छैन भने छैन भनी बस्नू सकिन्थ्यो । भएपछि सकसक लाग्ने

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme