Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बाबुरामको ‘नमूना किताब’पछि ईश्वरविक्रमले गरे नयाँ किताबको विज्ञापन – यसपालि प्रचण्ड

Posted on January 21, 2017 by Salokya

माथिको विज्ञापन कान्तिपुरको शनिबार विशेषाङ्क ‘कोसेली’ मा आज छापिएको विज्ञापन हो। किताबको नाम रहेको छ पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक महान् व्यक्तित्व। यसका लेखक हुन् ईश्वरविक्रम सिंह। यी खतराका लेखक हुन्। जो प्रधानमन्त्री हुन्छन्, उनको नाममा फ्याट्ट किताब निकालिदिइहाल्छन्। किताब पनि कम्ता रमाइलो हुन्न। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाताका उनले बाबुरामकै बारे किताब निकालेका थिए। त्यो किताबको रमाइलो पक्षबारे April 18th, 2013 मा माइसंसारमा एउटा ब्लग प्रकाशित थियो। पढ्नुस् त्यही ब्लगभित्र। 

बाबुराम भट्टराईबारे गजबको पुस्तक
-विन्देश दाहाल-

book अंग्रेजी भाषा सिक्न चाहनुहुन्छ ?

त्यसो भए वरिष्ठ समाजशास्त्री तथा कृषिशास्त्री श्री ईश्वर विक्रम सिंहले लेखेको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको जीवनी पढ्नुहोस्।

सरल भाषा र सुललित शैलीमा लेखिएको यो पुस्तक मैले आजसम्म पढेका पुस्तकमध्येकै सर्वाधिक रमाइलो छ। पुस्तक पढेर यति धेरै पेट मिचीमिची यसरी म कहिले पनि हाँसेको थिइनँ।

पुस्तकको मूल्य रु. ५००/- छ। पूरा पैसा वसुल किताब छ। खोजीखोजी पढ्नुस् है!

विद्वान् जीवनीलेखकका लेखनका केही नमुना हेरौं है त ! मैले किताबबाट जस्ताको तस्तै सारेको छु।

ishwor

भट्टराईको बाल्यकाल:
Dr. Babu Ram Bhattrai was born on 4th Ashad 2011 B.S. in Khoplang VDC of Belbashe village. Father is Bhoj Prashad and Mother is Dharam Kumari Bhattarai. AS the eldest brother died, they were conscious for the look after of Babu Ram Bhattarai. Bhattarai families are the farmers. Babu Ram got support and attention from another the respective mother highly.

उच्च शिक्षा:
After SLC., it was customary to study higher education either in Kathamdu or abroad. Due to some unavoidable factor, Dr. Bhattarai had to come to Kathamandu for the study in spit of going abroad. As there was not a provision of transpors, yet air service was there, so he comes to Kathmandu with the airplane. He studies I.Sc. at Amrit College. … Dr. Bhattarai completed his I.Sc. with the ration, sent from he home.

दूरदर्शी प्रधानमन्त्रीका रूपमा: (अपूरा वाक्यहरू याद गर्नुहोला ।)
As he became the historic Prime Minister of the Federal Democratic Republic of the country. He is the 57th Prime Minister of the country. As Prithvi Narayan Shah from the same district became the first king of nation. Likewise he became the Prime Minister with the support of Madhesi Unified Morcha. (यहाँ लजिकल अर्डरमा ध्यान दिनुहोला ।)

परिवार तथा व्यक्तिगत जीवन:
Dr. Bhattarai was married to Hishila Yemi who is Architect by profession. Bhattarai and Manashi is an olny daughter which they leave and she is persueing her master degree from the TU.

धर्म:
Bhattarai is a Hindu, Specifically a man from the Gorkha temple (गोर्खाको मन्दिरमा उत्पन्न भाको?) and track devotee with his religion, however, he more believes on the architecture development.

इतिहास:
The history of Prime Ministerial System in the country historic however, it is just in the country, mostly are somewhat like of the country with the influence in the country. The idea and culture is very beneficial on harmful that will be reflected in dry as the two neighbouring country are projecting however, the situation of the country is as such.

प्रधानमन्त्री भवन:
Prime Ministerial buildings are of two types; are for the official work for office. Work is being done by the Singh Durbar and Baluwatar is being used of the living. It would be worthy if it could be developed with pet animals within the premises.

भाषामाथिको यत्रो बलात्कार गर्ने आँट भएका ईश्वरलाई मेरो प्रणाम !

16 thoughts on “बाबुरामको ‘नमूना किताब’पछि ईश्वरविक्रमले गरे नयाँ किताबको विज्ञापन – यसपालि प्रचण्ड”

  1. केदार श्रेष्ठ says:
    January 25, 2017 at 8:28 pm

    अङ्ग्रेजी भाषामा दखल नभएको हुँदा Google Translate गरेको हुनसक्छ।

    किनकि Google Translate मा Nepali-English र English-Nepali Translate गर्दा अनौठो र नमिल्दो Translate हुन्छ।

    तापनि आफूले एकचोटी पढेर हेर्नुपर्ने हो।

    Reply
    1. मुकेश यादव says:
      January 26, 2017 at 8:19 am

      तेसो केहि पनि हैन / यो नांगा नाच करने धमालो को स्वरुप लाज पचेको नकच्चरो हो / सुद्धि न बुद्धि को किताप लिखेर दलालीको डर त्रास धम्की दिखेर लुट्न पल्केको धमिरो हो यो / यसको नाङ्गो नाच दिखेर स्वयम् पत्रु हरु पनि लाज शरम करी सके / विद्या सागर रे इसको नाम ? बरु कुबुद्धि अनपढ अन्गूठा टेक असाक्ष्यर मूरख नाम राखनु परने यो दुर्बुद्धि को / लाज र सरम नभएको नाङ्गो

      Reply
  2. PuKu says:
    January 25, 2017 at 4:43 am

    यो मान्छे को फेसबुक ID छैन? खोजौ न, अस्तिनै पनि मैले कोसिस गरेको पाइएन, लौन कोहि संग सम्पर्क भए प्रोफाइल हेर्न पाउ….!!

    Reply
  3. Bibek Dhakal says:
    January 23, 2017 at 2:22 pm

    ‘यसबाट प्राप्त रकम मानवतावादी कामलाई दियिनेछ’
    विद्या सगर बन्धु, त्यो प्राप्त रकमले ( हुन त क होला र ) बरु कुनै सानो tino व्यवसाय गर्नुस र kalam बिसाउनुस .. मानवताको लागि यो भन्दा ठुलो देन के होला?

    Reply
  4. सञ्जय अधिकारी says:
    January 23, 2017 at 1:58 pm

    यो मान्छे बिचित्रको छ ! जो जो नयाँ राष्ट्रपती , प्रधानमन्त्री बन्दछन् , उनिहरुको किताब लेखिहाल्छ ! अनी रु २००० मुल्ये राखेर सरकारी अफिसमा डर धम्की देखाएर राख्न लगाउछ ! भित्र पढ्यो भने हाँसो लाग्छ , कक्षा ५ मा पद्द्ने विद्ध्यर्थी को जत्तिको पनि सुद्द लेखन छैन !

    Reply
  5. Abhisek says:
    January 23, 2017 at 10:13 am

    Very Poor English !!!

    Reply
  6. Deepak Budhathoki says:
    January 23, 2017 at 10:11 am

    नेपाल मा Toilet paper को चलन सुरु गर्नु पर्यो अब एस्ता किताबहरुको सदुपयोग गर्न लाई!!

    Reply
  7. Yam Budha Magar says:
    January 22, 2017 at 6:48 pm

    लाजको पसारो ।

    Reply
  8. बिजय तामाङ says:
    January 22, 2017 at 11:47 pm

    हैन यसले कति कक्षाा पास गरया छ हाै? मेरो बिचारमा सरकारी स्कूलमा ८ देखि ९ पढ्या हुँदो हो ।

    Reply
  9. Prakash Tamang says:
    January 22, 2017 at 4:11 am

    Arulai use garera poisha kamauuu dantaaa!

    Reply
  10. मुकेश यादव says:
    January 22, 2017 at 1:07 am

    लाज र शरम पचेपछि जे सुकै गरे पनि हुन्छ / के जाति गर्नेलाई भन्दा देख्ने लाई लाज भनेजस्तो / अझ यो डूकूलठ्ठक आफैलाई के के न विद्वान लेखक ठान्दो हो / धमलो प्रवृत्तिको निर्लज्ज बेवकूफ / धमलो ले जस्तै नंगा नाच दिखाई राखेको छ यो उप बुजरुक/ कंगाल मनस्थितिको ज्वलन्त उदाहरण

    Reply
  11. Rohini says:
    January 21, 2017 at 11:59 pm

    लेख्न खोज्नु त राम्रो हो | तर प्रकाशन गर्नु पूर्व अंग्रेजी भाषाको बिज्ञलाइ देखाएको भए हुन्थ्यो |

    Reply
  12. sujan maharjan says:
    January 21, 2017 at 11:37 pm

    एस्तो बक्लोल लेख्ने मान्छेको उपनाम ” विद्यासागर” रे !!! बाबुराम को जीवनी अंग्रेजीमा भएकोले ५०० रुपैया रे, नेपालीमा लेखिएको प्रचण्डको जीवनी २५० रुपैया रे , सीधै ५०% discount !! नेपाली भाषा को अपमान भएन र !!!

    Reply
  13. Gambhir Ghimire says:
    January 21, 2017 at 5:14 pm

    छलाङ होकि क्रमभंग ?

    Reply
  14. rajan says:
    January 21, 2017 at 9:47 pm

    पशु बिज्ञान अध्ययन संस्थाले निक्कै अनुसन्धान गरेको रहेछ प्रचण्ड माथी | अरु नेताहरु पनि उहि जातका हुन्, तिनीहरु माथी पनि अलि अनुसन्धान गर्ने हो की ?

    Reply
  15. Shankar says:
    January 21, 2017 at 8:11 pm

    जसो जसो बाहुन बाजे , उसै उसै स्वाहा |

    अरुलाई पनि किन लेख्न लगाउने , आफै किन न लेख्ने आफ्नो आत्म कथा ? अब भटा भट
    आफ्नो जिबनी लेखे , आफुलाई महान लेख्ने , बिर पराक्रमी पनि लेख्ने | देश लुटेर , भ्रास्ताचार गरेर , बिदेसी सग देश को सौदा गरेर , बिखन्डन को कसम खाएर टन्न धन कमाइहालेउ| अब यस चाहिएको ?
    बाउ आमाले प्रचण्ड , बिर बहादुर , राम भनेर समाजमा हिरो को नाउ राखिदियेकै छन् , येस्ता पत्रु तलुवा चाट्ने लेख क पाए रातारात महान पनि हुने भयेउ | तर बादर मुढे चै न बिर्सनु |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme