Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ट्रम्प अमेरिकी राष्ट्रपति बन्दा सबभन्दा खुसी नेपालका जग्गा व्यवसायी पो?

Posted on January 20, 2017January 21, 2017 by Salokya

डोनाल्ड ट्रम्पले अमेरिकाका ४५ औँ राष्ट्रपतिका रुपमा शपथ लिँदै शुक्रबारदेखि औपचारिक कार्यभार सम्हाल्दै छन्। उनी राष्ट्रपति भएकोमा अमेरिकाभित्रै पनि त्यहाँकै कतिपय नागरिकहरु खुसी छैनन्। अब यिनले कस्तो नीति ल्याउने हो, हामीलाई के कस्तो असर पर्ने हो भन्दै त्यहाँ एक किसिमको त्रास छ। तर नेपालमा भने खुसीको माहौल एउटा वर्गमा रहेछ। कुन वर्ग? जग्गा व्यवसायी। उनीहरुले शनिबार खुसीले गद्‍गद्‍ भएर शुभकामनाको औपचारिक कार्यक्रमसमेत गर्न भ्याएका छन्। हेर्नुस् त मिडियामा आएको निमन्त्रणा भित्र।

दुःखको कुरा, यी नेपालका घर जग्गा व्यवसायीलाई अमेरिकी राष्ट्रपतिको वास्तविक नाम भने थाहा रहेनछ। उनीहरुले लेखेका छन् डोनाल ट्रम्म। उनको परिचय पनि रियल स्टेट व्यवसायीका रुपमा दिइएको छ।

नेपालीहरु शक्तिका पूजारी हुन् भन्ने त थाहा थियो तर नातासम्बन्ध गाँस्न पनि यति माहिर छन् भन्ने कुरा चैँ नेपालका घरजग्गा व्यवसायीहरुले देखाइदिए। [ref]Note text goes here.[/ref]अब यो रिपोर्ट नेपालस्थित अमेरिकी दूतावासले विदेश मन्त्रालय मार्फत् ह्वाइट हाउसतिर पठाइदिए यहाँका घरजग्गा व्यवसायीहरुलाई अमेरिकी भिसा पाउन चाहिँ सजिलो हुन्थ्यो कि ! कि कसो?

अमेरिकासँग सम्बन्धित ब्लगहरु
पत्रिकाले सम्पादकीय नै लेखेर भन्यो – नेपालीलाई भिसा दिनु अमेरिकाको कर्तव्य हो
अमेरिकामा डलर फल्दैन हजुर!
अमेरिकाको भूत चढेकै हो? यो पढ्न नछुटाउनुस्

8 thoughts on “ट्रम्प अमेरिकी राष्ट्रपति बन्दा सबभन्दा खुसी नेपालका जग्गा व्यवसायी पो?”

  1. nepali says:
    January 23, 2017 at 12:06 am

    साथि हो हाम्रा नेपाली दाई वाई दीद बैनी संघर्स गरि जिउन देश छोडी विदेश जन्चन दुक कस्ट गरि दुइ चार पैसा बचाई रमाएका हुन्छन,कीना बिचरा प्रबासी नेपाली प्रति नकारात्मक खराब बिचार राखने.आफ़्नैइ नेपाली प्रति सहयोग गर्न त सकिएन सकिएन त्यसरी गिराएर हसाउनु वएना नि,माया गर्नु सिक्नोस,अरु त त्यस्ती हो सानो सहानुवुति राक्नुहोस गाठे !!!

    Reply
  2. dhruba says:
    January 22, 2017 at 9:58 am

    balla thha bhayo nepal ma yesta ganwar real estate businessmen chha bhanera

    Reply
  3. मुकेश यादव says:
    January 22, 2017 at 1:16 am

    दौरा न सौरा का खल्ती भनेका यहि हुन् / यी दलाल ले मौका पाए पाताल बाट निस्केका राक्षस को मल पनि स्वाप्राक स्वाप्राक दाल खाए जस्तो खान तैयार हुन्छन् रकम मिल्ने जस्तो देखेमा / कुनै विश्वास , धरम , राजनीति हैन – केवल कहाँ बाट सित्तैमा घिच्न पाइन्छ भनेर सिनु को वरिपरी मण्डराई रहने कालकुट गिद्ध हुन् यी /
    चारपाटे मुडेर मुखमा कुकुरको मल दलेर सहर बाजार घुमाउनु पर्यो यी नालायक भेडिया हरु लाई

    Reply
  4. Ramesh says:
    January 21, 2017 at 4:35 pm

    अरु केही हैन, पिउनु त छदै छ बस पिउने बाहना चाहियो ।

    Reply
    1. Santosh Raut says:
      January 22, 2017 at 10:01 pm

      चिया र बेकरी पार्टी थियो हजुर

      Reply
  5. Kamal Sabina says:
    January 21, 2017 at 1:51 am

    लोकतान्त्र मा जनताकै जित हुन्छ सयुक्त राज्री अमेरिका मा त्यही भयको हो जसले जे भने पनि भोट जितेरै आकाहुन किन टाइको दुखाइ।

    Reply
  6. Shankar says:
    January 21, 2017 at 12:24 am

    सच्चा नागरिक भये देश हुन्छ | देश टिक्छ , अब सब दलाल भएपछि दलाल को कहा देश हुन्छ ?
    पद को लागि दलाली , पैसा को लागि दलाली , नेता दलाल , कर्मचारी दलाल , पत्रकार दलाल सर्बसाधारण धेरै ले दलाली लाइ पैसा र धर्म बनाएका आनी टी बी माँ हामी जस्तै डोनाल्ड अमेरिका को राष्ट्रपति भयो अब हाम्रो पानी तेहि लाइन हो भन्न खोजेको ?
    केहि दलाल ले प्रधान मंत्री सम्म पड्काउँन भ्याए , अब सबै दलाल ले रहर गरेर पुग्ला ?
    सबै कुकुर काँसी गए , आचि कसले खाने ?
    एता सब दलाल हरु ट्रैम्प जीतेकोमा मस्त , उता तराईमा सी के रावत हरु इंडिया र दूतावास को सहयोग सेना गठन गरेर तराई टुक्राउने खतरनाक खेल माँ छ | हालै को जापान र अमेरिकी टोलीको अनुसंधान ले नेपाल को तराई माँ ठुलो तेल को भण्डार भएको पुस्टि गरेको छ | आफ्नो बिहार र उत्तर प्रदेश को जनता समुन्नत बनाऊंन तराई टुक्राउने खेल हुदैछ , नेपाल प्रसासन किन मौन ??
    हालै भीम रावल ले सदन माँ सी के रावत को कुरा उठायो , अरु हरु बोलन पर्दैन ?
    ट्रैम्प आएर खुसी हुनुको अर्थ छैन , नेपाल र नेपाली लाइ धेरै दुःख दिनेछ | किनभने ट्रैम्प इंडिया सैग मिलेर चीन बिरुध्द अभियान चलाउनेछ |

    Reply
  7. राजन says:
    January 20, 2017 at 11:22 pm

    अब डीपोर्ट भएको नेपालीको लर्कन डलर बोकेर आउने भएपछी जग्गा दलाल खुशी नभए को खुशी हुन्छन् त ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme