Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

६२ वर्षअघिको अमेरिकी जासुसी एजेन्सीको रिपोर्ट : काठमाडौँमा हरेक साँझ एक घण्टा बत्ती जान्छ, राति ११ बजेदेखि त बल्दैबल्दैन

Posted on January 24, 2017January 24, 2017 by Salokya

अमेरिकाको फ्रिडम अफ इन्फरमेसन एक्ट अनुसार पुराना केही फाइलहरु सर्वसाधारणको पहुँचमा हुने गरी सार्वजनिक गरिएको छ, जसमा नेपालसम्बन्धी रोचक रिपोर्टहरु पनि समावेश छ। सन् १९५४ को जुन २५ तारिखमा अर्थात् २०११ साल असार ११ गतेको एउटा रिपोर्ट रोचक लाग्यो। खासमा यो अमेरिकी जासुसी एजेन्सी सिआइएको विज्ञापन सम्बन्धी एउटा गोप्य रिपोर्ट रहेछ। उसले नेपालमा कस्तो खालको विज्ञापन गरे ठीक हुन्छ भनेर सुझाव दिएको रहेछ। त्यसमा पाँच वटा विकल्प दिइएको छ। सबभन्दा रोचक त के छ भने त्यतिबेला एउटा मात्र पत्रिका गोरखापत्र छापिँदो रहेछ र सिआइएले कम छापिने भएकोले त्यसमा विज्ञापन दिनु उचित नहुने उल्लेख गरेको रहेछ। अर्को विकल्प रहेछ नियोन साइन अर्थात् बत्तीको झिलिमिलीबाट विज्ञापन गर्ने। यो पनि नगर्ने सुझाव दिइएको रहेछ किनभने काठमाडौँमा हरेक साँझ एक घण्टा बत्ती जाँदो रहेछ। अर्थात् ६२ वर्षअघि नै लोडसेडिङ हुँदो रहेछ। भलै त्यतिबेला लोडसेडिङ भन्ने शब्द चाहिँ चलेको थिएन।

तर रिपोर्टमा कम उत्पादन र बढी उपभोगका कारण हरेक साँझ एक घण्टा बत्ती नहुने लेखिएको छ। त्यो भनेको लोडसेडिङ नै हो। एक घण्टामात्र लोडसेडिङ हुने रैछ त्यतिबेला भनेर दङ पर्नुभएको भए पख्नुस्, अझै बाँकी छ। रिपोर्टमा हरेक रात ११ बजेपछि बत्ती पूरै निभ्ने पनि उल्लेख छ।

विज्ञापनको लागि पहिलो विकल्प रेडियो दिइएको छ। नेपालका बासिन्दाहरु संगीत निकै मन पराउने र रेडियो आयात गर्दा कुनै कर नलाग्ने मात्र हैन बिजुली सस्तो भएकोले पनि रेडियो माध्यम लोकप्रिय रहेको रिपोर्टमा छ। तर विज्ञापनमा भने रमाइलो रहेछ। रेडियो नेपालमा हैन विज्ञापनदाताहरुले श्रीलंकाको रेडियो सिलोनमा विज्ञापन दिने रहेछन्। २०११ सालसम्म रेडियो (काठमाडौँ भनिएको छ रिपोर्टमा) सानो रेडियो स्टेसनमात्र रहेको र व्यवसायिक भइनसकेको रिपोर्टमा उल्लेख छ।

चौथो विकल्प सिनेमा स्लाइड दिइएको छ। काठमाडौँमा त्यतिबेला चार वटा हलहरु रहेछन्। हिन्दु फिल्महरु त्यसमा देखाइने रहेछन्। सिआइएले यो माध्यममा विज्ञापन दिँदा राम्रो हुने तर भाषा देवनागरी उपयोग गर्नुपर्ने सुझाव दिएको रहेछ।

पुराना सिआइए फाइल्सका केही रोचक प्रसंग पढ्नुस्-
भारतीय प्रमको अपील नेपालका १२ सहरमा जहाजबाट खसालियो
सिआइएको रिपोर्ट अनुसार शनिबारको यो दिन नेपालका १२ जिल्लामा झण्डै साढे ६ सय किलोग्राम नेपाली र अङ्ग्रेजीमा छापिएको पर्चा खसालिएको थियो। पर्चा खसाल्न निजी चार्टर विमान उपयोग गरिएको थियो

पोखरा नजिकै युएफओ देखियो
चैत १२, २०२४ मा नेपालको कास्की क्षेत्रमा उत्तरबाट दक्षिणतर्फ एउटा अचम्मको वस्तु आवाज निकाल्दै उडेको देखिएको सिआइए रिपोर्टमा उल्लेख छ। रिपोर्ट अनुसार पोखराबाट पाँच माइल टाढा रहेको बाल्टिचौरमा ठूलो धातुजस्तो देखिने डिस्क आकारको वस्तु भेटिएको थियो जसको छ फिट चौडाइ र चार फिट उचाइ थियो। तालाकोट र टुरेपसलमा पनि यस्तै वस्तुका अंश भेटिएको रिपोर्टमा उल्लेख छ।

6 thoughts on “६२ वर्षअघिको अमेरिकी जासुसी एजेन्सीको रिपोर्ट : काठमाडौँमा हरेक साँझ एक घण्टा बत्ती जान्छ, राति ११ बजेदेखि त बल्दैबल्दैन”

  1. दिपक अधिकारी says:
    January 27, 2017 at 9:30 am

    रेडियो सिलोङ भनेको श्रीलंकाको रेडियो नभई भारतको सिलाङबाट प्रशारण हुने रेडियो सेवा हो जस्तो लाग्छ। भारतको रेडियो सिलाङ पहिले नेपाली बिच लोकप्रिय रेडियो च्यानल थियो।

    Reply
    1. Salokya says:
      January 27, 2017 at 11:38 am

      रेडियो सिलोन हो सिलोङ हैन र यो श्रीलंकाको राष्ट्रिय प्रसारण संस्था हो https://en.wikipedia.org/wiki/Radio_Ceylon

      Reply
  2. किरण ( देशभक्त ) says:
    January 24, 2017 at 9:12 pm

    *** यो सिआईएको बिज्ञापन होइन प्रोपागन्डा हो। ***
    *** राजा महेन्द्र हत्या भएको हो, मृत्यु होइन। ***
    ल्याटिन अमेरिका, अफ्रिका सबै जस्तो देश मा प्रजातान्त्रिक तरिका ले जितेका, राष्ट्रपती हरुलाई हत्त्या गर्ने , देश -प्रेमी राम्रो नेताको गलत प्रोपागन्डा गरेर त्यो देश को गृह-युद्द गराएर लाखौं लाख मनिष को रगत को होली खेल्ने यो सिआईए को धर्म हो।
    नेपाल का बुद्दिजिबी (टपटुइया हरु होइन) हरु – आर्मी का ठुला अफिसर हरु , बिदेशी मामिला समन्धी अधयन गरेका ब्यक्ती हरु, गुप्तचर का अफिसर हरु ले दाबा का साथ भन्छन “ राजा महेन्द्र लाई मार्ने सिआईए हो भनेर।”

    Reply
    1. मुकेश यादव says:
      January 29, 2017 at 3:42 pm

      साथी ले जासुसी उपन्यास ज्यादा पढनु भयो जसतो छ / जता ततै सनसनीखेज र खडयन्त्र मात्रै देखनु हुन्छ /

      Reply
      1. किरण ( देशभक्त ) says:
        January 31, 2017 at 10:54 pm

        बिचरा मुकेश यादब ज्यु, हजुर त Mysansar मा Trolling गरेर बस्नुहुन्छ जस्तो लाग्यो। Raw+CIA को दाना पानी को गन्ध जस्तो आयो। अलिकत पनि दिमाग छ भने Wikipedia मा History of the CIA सर्च गरेर हेर्नुहोस त। अरु धेरै ज्ञान पाउन त, हजुर को १० बर्ष को अधयन पनि हजुर ले सक्नु हुन्न, बिचरा मुकेश ज्यु।

        Reply
  3. kiran says:
    January 24, 2017 at 11:51 am

    नेपालमा पनि UFO देखिएको रहेछ तर अहिले सबै बैदेशिक रोजगारमा गएको ले उतै मात्र देखिन्छ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme