Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो देखियो यमबुद्धको पोस्टमार्टम रिपोर्टमा

Posted on January 17, 2017January 19, 2017 by Salokya

सारा संगीतप्रेमीलाई स्तब्ध पार्ने गरी शनिबार लन्डनस्थित नर्थहोल्टको आफू बस्ने घरकै बाथरुममा झुण्डिएको अवस्थामा यमबुद्ध (अनिल अधिकारी) फेला परेको खबर आयो।

योसँगै अनेकले अनेक थरिका अनुमानहरु गर्न थाले। केहीले अर्का गायक कुल पोखरेलको जस्तै ड्रग्स ओभरडोज मृत्युको कारण हुनसक्ने अनुमान गरे। तर आज सोमबार गरिएको पोस्टमार्टमको रिपोर्टले त्यस्ता अनुमानलाई फेल खुवाएको छ। यमबुद्धसँग नजिक रहेका लन्डनस्थित स्रोतले जनाए अनुसार लन्डनमा रहँदा उनले ड्रग्स लिने गरेको कसैलाई पनि थाहा छैन।

के के भेटियो त पोस्टमार्टम रिपोर्टमा?

के भेटियो पोस्टमार्टम रिपोर्टमा? भिडियो हेर्नुस्-

१) पोस्टमार्टममा धेरैले अनुमान गरे जस्तो ड्रग्सको मात्रा केही पनि भेटिएन।

२) पोस्टमार्टम रिपोर्टमा अल्कोहलको मात्रा देखियो। परिवार निकट स्रोतका अनुसार राति कामबाट फर्केर श्रीमतीसँग बसी केही वाइन खाएका थिए उनले।

३) पोस्टमार्टममा उनको बंगारा भाँच्चिएको देखियो। झुण्डिँदा यस्तो हुने भएकोले हो कि यसलाई पनि रिपोर्टमा शंकास्पद मानिएको छैन।

यसबाहेक कोठामा यमबुद्धले आफ्नो पासपोर्ट टुक्राटुक्रा पारेर च्यातेको भेटिएको छ। किन त्यसरी पासपोर्ट च्याते उनले त्यो भने थाहा हुन सकेको छैन।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme