Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दुःखको खबर : र्‍यापर यमबुद्ध रहेनन्

Posted on January 14, 2017January 14, 2017 by Salokya

र्‍यापर यमबुद्ध रहेनन्।

यो फेक न्युज हो। उनी जिउँदो छन्।

यी दुई खबरले अहिले सोसल मिडिया तातिएको छ। भर्खरै यमबुद्ध आफ्नी श्रीमतिसित जुन घरमा बस्दै आएका थिए, त्यही घरमा बस्दै आएका उनका साथीसित भाइबरमा कुरा भयो। र, खबर साँच्चिकै दुःखद नै रहेछ। उनका अनुसार लन्डनको नर्थ होल्डमा रहेको घरको बाथरुममा यमबुद्ध झुण्डिएको अवस्थामा लन्डनको समय अनुसार आज बिहान ६ बजेर १० मिनेटमा फेला परेका थिए।

उनी जीवितै छन् भन्ने कुरा पनि आइरहेका छन् नि भनेर सोध्दा उनले भने, ‘यस्तो भइदियोस् भन्ने आशाको कुरा हो। हाम्रो कमन बाथरुम थियो। बिहान बाथरुममा जान खोज्दा मैले नै पहिलो पटक देखेको थिएँ। म त सक भएको छु। के गर्ने के नगर्ने भइरहेको छ। मलाई पनि यो कुरा विश्वासै गर्न गाह्रो भइरहेको छ।’

उनका अनुसार प्रहरीले यस विषयमा अनुसन्धान थालिसकेको छ। उनको शव पनि पोस्टमार्टमका लागि लगिएको छ। तर विकइन्डमा काम नहुने भएकोले बुधबार मात्रै रिपोर्ट आउने भनिएको छ।

यमबुद्ध, जसको वास्तविक नाम अनिल अधिकारी हो, ले तीन दिन अघि मात्रै फेसबुकमा मेरो नयाँ एल्बम खतरा चाँडै आउँदैछ लेखेर पोस्ट गरेका थिए। फेब्रुअरी ११ मा बेलायतमै एउटा कन्सर्ट पनि हुँदै थियो त्यसका लागि उनले आफै टिकट डिजाइन पनि गरिसकेका थिए।

श्रीमतीसहितको परिवारसँग नर्थ होल्डमा बस्दै आएका उनीमा कुनै प्रकारको निराशाको संकेत आफूले नदेखेको उनले बताए। यमबुद्ध राति कामबाटै फर्केका थिए। कति बजे झुण्डिए थाहा भएन तर भेटिएको भने बिहान ६ बजेर १० मिनेटमा थियो।

उनको आत्माको शान्तिका लागि कामना।

उनका केही गीत-

साथ छोड्ने छैनौँ भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले

आमा

सिपाही

रियल

एकादेशमा

र्‍याप ब्याटलका सञ्चालक पनि उनै थिए

20 thoughts on “दुःखको खबर : र्‍यापर यमबुद्ध रहेनन्”

  1. Any-ka:) says:
    January 16, 2017 at 4:55 am

    सबै लाई ‘राम्रै’ मान्छेको ‘खाचो’ हुन्छ ।
    आखिर ‘भगवान’ लाई नै किन नहोस् !
    हजुर को उपस्थितिमा ‘सोर्ग’ झिलिमिली होस्!
    ?? _____ हार्दिक श्रदांजलि_____??
    #अनिल_अधिकारी(यामाबुद्ध)

    Reply
  2. pratik says:
    January 16, 2017 at 3:44 am

    RIP Anil. You are gone too young.

    I noticed many comments here about suicide and no sympathy. That is ignorance about mental illness. Mental illness is invisible and there are still stigma attached to it sadly. Before you express your opinion such as suicide is a selfish and coward act, try to gain some information on mental illnesses such as depression, anxiety etc.

    Reply
  3. Arnal Pramo says:
    January 15, 2017 at 9:46 am

    सर्वाधिक लाइक पाउनेहरूको सूचीको सातौं स्थानमा छन् एकमात्र पुरुष यम बुद्ध । उनको आधिकारिक पेजमा ११ लाख ३३ हजार ९८ लाइक छ । यम बुद्धका प्रस्तुति युवाहरू माझ निकै लोकप्रिय छन् ।

    बैकुण्ठ बाँस होस् !

    Reply
  4. Sunil, London says:
    January 15, 2017 at 1:53 pm

    NOT NORTH HOLD , SHOULD BE NORTHOLT , WHICH IS BETWEEN SOUTHALL AND HARROW .

    Reply
  5. Deepa Sapkota says:
    January 15, 2017 at 4:59 am

    Rip Yama buddha

    Reply
  6. Saru Sh says:
    January 15, 2017 at 4:57 am

    Rip.

    Reply
  7. Sanjay kalakheti says:
    January 15, 2017 at 9:12 am

    RIP

    Reply
  8. Syonou Parajuli says:
    January 14, 2017 at 6:43 pm

    R.I.P

    Reply
  9. Rohan Rana says:
    January 14, 2017 at 5:47 pm

    RIP YAMA

    Reply
  10. Bikash Kumar says:
    January 14, 2017 at 5:30 pm

    Rip

    Reply
  11. Ratna says:
    January 14, 2017 at 10:41 pm

    दुखद् समाचार….कति होनहार युवा थिए, उहाँको आत्माले शान्ति पावोस यदि समाचार सत्य हो भने | लण्डनमा म्युजिकले जीवन धान्ने कुरा मुश्किलै छ, कुनै सारो गारो काम गर्थे कि, विवाहित थिए भने पारिवारिक टेन्सन पो थियो कि ….शोकाकुल परिवारमा आइपरेको यो ठूलो दुख सहने शक्ति मिलोस | नेपाली सांगीतिक क्षेत्रमा उदयमान तारा सानो उमेरमा नै विलिन भएकोमा धेरै दुख लाग्यो | RIP Anil Adhikari. I think his place of residence was Northolt and not north hold.

    Reply
  12. Aalok Adhikari says:
    January 14, 2017 at 4:52 pm

    oh my god……this is unbelievable….. RIP

    Reply
  13. Yam Budha Magar says:
    January 14, 2017 at 4:41 pm

    मृत्यूको कुनै क्षतिपूर्ति हुँदैन । यो दुःखद सत्य हो । भन्दा तीतो लाग्छ, तर , यस्तो जान्दा-जान्दै आत्महत्या रोज्नेहरू प्रति खासै साहनुभूती जाग्दैन। समबेदना र साहनुभूतीले तब मात्र आँखा रसाउछ जब कठोर परिस्थितिसंग जुधेर जिन्दगी जिउँछु अनि केही गर्छु भन्ने असिम आट र चाहना हुनेहरूले मृत्युवरण गर्न पुग्छ्न ।

    Reply
  14. Deelip Prazapati says:
    January 14, 2017 at 4:35 pm

    Speechless……
    RIP …..☘

    Reply
  15. Gag-on Rai says:
    January 14, 2017 at 4:29 pm

    Oh God…can’t believe this..RIP.

    Reply
  16. Nil Gurung says:
    January 14, 2017 at 4:27 pm

    So sad news……..RIP

    Reply
  17. Ranjita Pariyar says:
    January 14, 2017 at 4:06 pm

    Jpt kura:@>:)

    Reply
  18. Bee Kirant says:
    January 14, 2017 at 4:05 pm

    Rip yamabuddha

    Reply
  19. Aditya Magar says:
    January 14, 2017 at 4:01 pm

    k ho real news I do not belive

    Reply
  20. अर्पण जुलियेट says:
    January 14, 2017 at 3:53 pm

    What nonsense

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme