Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘ठमेल बजार..’ को ट्युन हिन्दी गीत ‘तुझे जीवनकी डोर से..’बाट ?

Posted on January 13, 2017 by Salokya


तपाईँले आजभोलि एकदमै चलेको गीत ‘ठमेल बजार..’ सुन्नुभएकै होला। लुट २ को यो आइटम सङ्ग निकै हिट भइरहेको छ। तर के यो गीतको ट्युनिङ सुन्दा तपाईँलाई कहाँ कहाँ सुने सुने जस्तो लागेको थियो? खासगरी तपाईँ पुराना हिन्दी गीतका पारखी हुनुहुन्छ भने त्यस्तो पक्कै लागेको हुनुपर्छ। मलाई पनि लागेको थियो। तर सोचेँ, ‘पारी त्यो डाँडामा..’ र ‘निर जैले रिसाउने..’ जस्ता हिट गीतको संगीत दिने कालिप्रसाद बाँस्कोटा कहाँ त्यसरी अरु गीतबाट प्रभावित हुन्छन् र! तर आज टिभीमा अचानक सन् १९६२ को हिट गीत ‘तुझे जीवनकी डोर से..’ सुन्दा परिचित झैँ लाग्यो। दुवै गीत युट्युबमा कयौँ पटक सुनेँ। यो गीतको केही अंश ‘ठमेल बजार’ सँग मिल्दोजुल्दो लाग्यो। ठमेल बजार निकै रमाइलो गीत बनेको छ, यसमा शंका छैन। ठमेल बजार… र बाँध लिया है…उस्तै सुनिन्छ। गीतको बाँकी अंश भने पटक्कै मिल्दैन। दुवै गीतको तुलना गरिएको यो भिडियो हेर्नुस् त…तपाईँलाई पनि त्यस्तै लाग्छ कि मलाई मात्र लागेको हो, कमेन्टमा लेख्नुस्।

30 thoughts on “‘ठमेल बजार..’ को ट्युन हिन्दी गीत ‘तुझे जीवनकी डोर से..’बाट ?”

  1. Sharad says:
    January 18, 2017 at 4:09 pm

    थुक्क कालीप्रसादले के गरेको यस्तो। पचेनछ लोकप्रियता

    Reply
  2. रमण says:
    January 18, 2017 at 11:51 am

    कालीलाई सफलता नपचेको हो। दुइटा गीत के हिट भएको थियो दबाब परेछ अनि चोर्न थालेछ

    Reply
  3. madan bajracharya says:
    January 16, 2017 at 9:46 pm

    अछ्यर र सब्द पनि हिन्दि भाषाकै जस्तो, राजनीति र संस्कार अनि पुजिने भगवान देखि मानिने नेता पनि तेतैको भय पछि नाटक गित र अभिनय पनि उतैको जस्तै जस्तै हुनुमा कुनै आस्चर्य मान्नु त् पर्दैन तर मौलिक नेपाल र नेपालीपनमा हिन्दुस्तानी रंग पोतिन्दै पोतिन्दै आयको कुरालाई हलुका सिट लिनु पनि हुँदैन/

    Reply
  4. Niran says:
    January 16, 2017 at 7:23 pm

    लूट २ को येस्तै छ हालत….

    https://www.youtube.com/watch?v=oBXAzxptENo
    https://www.youtube.com/watch?v=UIyRXvHmXxo

    हैन किन आफै बनाउन सक्दैनन्?

    Reply
  5. Vicky Dev says:
    January 15, 2017 at 7:53 pm

    खै मलाई त खासै मिले जस्तो नै लागेन क्यारे… २-४ चोटी सुन्दा सम्म… लेखक ले १०० चोटी सुनेको भए, त्यो पनि पक्कै मिल्छ भन्ने दिमाख सुरुमै प्रयोग गरेर, अलि अलि पक्कै मिलेको भान हुनु अन्यथा होइन…..:) 🙂 🙂

    विक्की

    Reply
  6. Sanjay says:
    January 15, 2017 at 7:22 am

    I wouldn’t say its copied. To develop something entirely new based on some clues is alright. But we even don’t know if that’s the case!

    I love this song. Nothing is entirely original.

    Reply
  7. प्रमोद says:
    January 15, 2017 at 4:30 am

    हैट ! के आई लाग्या हो !
    हन मैले बुझ्ने र सुन्न मजा आउने गाना रहेछ ।
    डुप्लीकेट होस् की अरिजिनलहोस बालै भएन् ।

    Reply
  8. bibek dhakal says:
    January 14, 2017 at 8:15 pm

    सिधा लजिक: चोरी भनेको कसैले पनि जानी जानी अरुले थाहा पाउने गरि कहिले गर्दैन.. जति राष्ट्रवादी पल्टेपनि अधिकांस नेपालीहरुले चर्चित हिन्दि गितहरु (नया पुराना ) सुनेकै हुन्छन र माथि भनिएको गित पनि मेरो बिचारमा अधिकांसले सुनेकै होलान . कुनै फ्रेन्च वा स्पेनी भाषाको गीतबाट चोरेको भए हो नथापाउन भन्ने हिसाबले गरेको भन्न म्लिल्थ्यो. यो कुरा काली प्रसाद देवकोटा जस्ता इन्तेलिजेण्ट संगीतकारले पक्कै हेक्का राखेका होलान.
    अर्काको कला चोर्नुलाई प्लेजियारिस्म ( हो कि कुनी के एउटा अंग्रेजी शब्द ) भनिन्छ.. अनु मालिक, वप्पी लहरी जस्तो हु ब हु डल्लै एउटा अन्तरा वा मुखडा ( chorus / verse ) कपि पेस्ट हान्नु लाइ चोर्नु भन्छु म.. तर अर डि बर्मन ( निकै प्रभावशाली र प्रतिवाशाली नेपाली संगीतकार रंजित गजमेर का पनि गुरु) ले जस्तो कुनै गीतको ट्युन्बाट प्रभावित भएर त्यो ट्युन्लाइ आफ्नो रचना को सुरु वा बीचको सानो भागमा हुबहुनै घुसाएपनि म यसलाई चोरी हैन ‘प्रयोग’ भन्छु. यसो गरेर उनले कति गीतको रचना गरेका छन् तर अधिकांश गीतहरु ओरिजिनल भन्दा पनि कर्णप्रिय सुनिञ्छन. अझ रमाइलो कुरा त के भन्दा उनले तिश्री मन्जिल नामक फिल्मको गित अम्बर गुरुङ द्वारा रचित ‘ए कान्छा भन्ने बाट प्रभावित भएर रचना गरेका हून तर उनले आफै यो कुरा हाका हाकी स्वीकारेका छन् ( युट्युब्मा हेर्न सकिन्छ)..
    प्रभावित हुनु र चोर्नु बिचको nuance लै बुझ्नु जरुरि छ….

    Reply
  9. Kumar Sharma says:
    January 14, 2017 at 9:40 am

    हो रैछ !!

    Reply
  10. Ravi Shrestha says:
    January 14, 2017 at 8:36 am

    Hoina malai ta lagena

    Reply
  11. Biraj Mahat says:
    January 14, 2017 at 7:28 am

    Hawa

    Reply
    1. Deepa Khadka says:
      January 14, 2017 at 7:40 am

      a hawa nai po?? thikaI xa

      Reply
  12. Subedi Sudip says:
    January 14, 2017 at 6:15 am

    Hoina hindi le chahin choreko jasto chha!!!

    Reply
  13. Devin Mgr says:
    January 14, 2017 at 2:07 am

    mysansar le ramro kam garechh…dhun milnu samyog jsto lairax..

    Reply
  14. Bishnu Prasad aryal says:
    January 14, 2017 at 7:27 am

    हा हा सबै ईन्डियन चल्छ यहाँ….

    Reply
  15. mohan says:
    January 14, 2017 at 4:29 am

    यो गितनै त होईन है धुन ।

    Reply
  16. सिर्जने says:
    January 14, 2017 at 2:13 am

    लगाउने लुगा, नाच्ने सटाइल, गुरुप डान्स, लाइटिङ्ग सप्पै इन्डियन फेशन संग मिल्नु हुने, अलिकति धुन मिल्नु नहुने? यो त संगीतकार प्रति अलि बढी नै अपेक्षा भएन र? तेस्तै अपेक्षा फिलिम निर्देशक, नृत्य निर्देशक सप्पै संग गरम न अनि हेरम को कति पानीमा छ!

    Reply
  17. Ganesh Kharal says:
    January 13, 2017 at 11:36 pm

    म आफै गित लेख्छु ! कविता लेखेर गित गाउने र गित नै लेख्ने फरक फरक तरिका हुन्छन् ! गित लेख्दा मस्तिस्कमा आवाज र धुन पनि संग संगै आउंछ तथापी गायक कम्पोजरहरुले त्यही गीतलाई भिन्न प्रकारले नै पनि गाउन सक्छन्! यस्तो हुनु सामान्य हो ! तर कति गित लेख्दा कुनै धुनको आधारमा लेखिन्छ ! कुनै गितको सानो अंस त्यो गितको रचैताको रुचि हुँदैन तर त्यही आधारमा अर्को रचैताको दिमागमा फेरी अर्को पुरा गित नै तैयार गर्छ ! त्यस्तो केसमा यो गित बाट प्रोत्साहित भएको भनेर खुलेरै पनि भन्ने चलन छ ! कहिले काहीं लेख्दा लेख्दै अर्को गितसंग मिल्न गएको थाहा हुन्छ तर सृजानात्मक मुडमा गएको दिमागलाई रोकिंदैन, रोकिन्थ्यो त अनेक राम्रा गित बन्ने नै थियनन् ! एउटा प्रसिद्ध किताब लेखछ : Nothing is original. कसै न कसै र कतै न कतै बाट प्रभाभित हुनु नै पर्छ जानी जानी वा अर्ध चेतमा! चोरेको गित त्यति खेर मात्र हुन्छ जब गित हुबहु हुन्छ !

    Reply
  18. Kcrisn says:
    January 13, 2017 at 9:32 pm

    Copied from hindi….

    Reply
  19. Reewaj Sharma says:
    January 13, 2017 at 3:34 pm

    Nepali music, film industry is getting more rise and more views, do creative criticism. Sometimes Bollywood giant also influenced by nepali creativity. It happens, just chill and enjoy the song and keep promoting nepali musics

    Reply
  20. उत्तम पुरुष says:
    January 13, 2017 at 3:30 pm

    अलिकति त मिल्दोजुल्दो नै सुनियो त !

    Reply
  21. Ntr P Kandel says:
    January 13, 2017 at 3:26 pm

    Samyog matra hola.

    Reply
  22. Ahtsayak Zarus says:
    January 13, 2017 at 3:17 pm

    Bollywood le Hollywood bata ra nepali le bollywood bata…. silsila ta chali hal6 ni…tara inspired by…vaneko vaye…po

    Reply
  23. Bek Ale says:
    January 13, 2017 at 2:41 pm

    गीत मिल्दो जुल्दो छ, यसलाई चोरिएको अथवा नक्कल गरिएकै ठान्छु म |

    Reply
  24. Yogen Karmacharya says:
    January 13, 2017 at 2:39 pm

    नेपालमा पनि के को कपि राइट ? नेताहरु सबै भारतका कपि / कार्यालयका सम्पुर्ण घुस खाने तौर तरिका पनि भारतीय / फिल्म बन्ने लगभग style हरु पनि भारतीय / त्यसमा जाबो एक दुइ वटा गितको धुन चोर्दैमा के भो र /

    Reply
  25. shekhar says:
    January 13, 2017 at 8:20 pm

    हो यो गित चोरेकै हो !

    Reply
  26. Krishna Kumar Shrestha says:
    January 13, 2017 at 2:16 pm

    Pari tyo dada ma gham heryo ramailo pani Indian song ko tune sanga milchh

    Reply
  27. Sagar Mohan Bhattarai says:
    January 13, 2017 at 2:11 pm

    prabhabit 😉 …lol

    Reply
  28. Sunil Maharjan Demand says:
    January 13, 2017 at 2:02 pm

    अलि अलि मिल्नु स्वभाबिक नै हो नि

    Reply
  29. Yam Budha Magar says:
    January 13, 2017 at 1:55 pm

    खोइ हजूर! आफू त सोझो मुन्छे, बिना अर्थ ठमेल बजार भन्दै नाचियो । बिना शर्त मन पराइयो र bathroom सम्म थर्काइयो धेरै पूरानो सिर्जनामा copyrights लाग्दैन भनेर पो त्यसो गर्या हुन कि । वा, संयोग मात्र पो होकि !? मेसो पाइएन हौ !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme