माथिको फोटोमा देखिएको कीर्तिपुरमा रहेको एउटा छ्याकने ढुङ्गा हो जसलाई स्थानीय भाषामा छ्याकः ल्वहँ भनिन्छ। धेरै अगाडिदेखि नै यो ढुङ्गा यहाँ रहेको छ। पहिलेभन्दा अहिले के फरक रहेको छ भने यो ढुङ्गाको वरपर इँटाहरु राखेर संरक्षण गरिएको छ। यो ढुङ्गाको विशेषता के हो भने यो यस्तो ठाउँमा रहेको छ जहाँबाट काठमाडौँ उपत्यका देखिन्छ। अहिले त धेरै अग्ला अग्ला घरहरु भए र देखिँदैन। नत्र पहिले यहाँबाट काठमाडौँको वसन्तपुर दरबार पनि देखिन्थ्यो।
वसन्तपुर दरबार अर्थात् त्यतिबेलाको राजा बस्ने दरबार। पछि मात्रै नारायणहिटी दरबारमा राजाको बास सरेको हो। मल्लकालदेखि यही वसन्तपुर दरबारमा बस्थे राजखलक। कीर्तिपुरबासीहरु भने यो ठाउँबाट दरबार हेर्दै थुक्ने गर्थे। यो चलन पृथ्वीनारायण शाह राजा भएको बेलादेखि चलेको कीर्तिपुरवासीहरु बताउँछन्। कीर्तिपुरवासीहरु आफूमाथि भएको अत्याचार सम्झँदै त्यो ठाउँमा थुक्थे।
स्थानीय बासिन्दा श्रीकृष्ण महर्जनका अनुसार पञ्चायत कालमा यसरी थुकेको थाहा पाएपछि प्रहरीले दुःख दिने गर्थ्यो। बीचमा यो चलन लोप भयो। गणतन्त्र आइसकेपछि भने फेरि यो चलन सुरु गरिएको छ। पुस २७ गते पृथ्वीनारायण शाहको जन्मदिवसका दिन देशभर विभिन्न कार्यक्रमहरु मनाइँदै गर्दा एउटा सानो समूह भने इतिहास सम्झँदै थुकिरहेका थिए।
भिडियोमा हेर्नुस्-
https://youtu.be/3Tm6jwfUI4E
Ho ta ni tuasaila ta malla kalma sambridha nepal 280 barsha pachhi biswoka aru deshsanga magne garib desh banaune yee desh khane kayar shahharulai aadarsha purus manne deshbhakta bhanaudaharu prati gaurab gardai garnu
विश्व कहाबाट कहा पुगिसक्यो–यहाँ ढुङ्ग्गो थुकेर बस्छन साथीहरु,लाजको भाँडो!
Ho ta ni tyasaile mallakalin sambridha nepallai biswokai garib rastra banaune tee kayar deahdrohi bloody rajalai pheri samman gari desh khakta banne ki
*** Prithvi Narayan Shah – the Dracula of Nepal ***
Prithavi Narayan Shah was a blood thirsty psychopath whose sole motive was to terrorize people to submission. He was assisting British empire to weaken Mughol in India by creating turmoil at its neighboring country. Initially, he tried to recruit men in Gorkha he could not recruit more than 1200 fighting men of all ages and he was unsuccessful to attack Nepal. Realizing the weak force, British supplied modern arms particularly rifles when he visited his in-laws at Baneras and he was able to create a formidable force.
The powerful five Pradhans of Lalitpur came to know it and invited him to become the king of Lalitpur but instead he sent his brother to become the king of Lalitpur to spy on activities of Malla kings but soon left Lalitpur after Jaya Prakash Malla’s force took it over.
After capturing Nepal, he started terrorizing its people and brought the trade route to Tibet almost standstill. He created so much intimidation and blackmailed merchants to the extent that the big merchant houses were reduced from 12 to 4. He brought so much hard ship for people and it can be said that the dark age started in Nepal after him.
पुजा गर्नु आफैमा नराम्रो होइन हाम्रो धर्म सस्कृतिमा धेरै कुराहरु पुजा गर्छौ केहि न केहि बहानामा तर पुजा गर्ने स्थान वरिपरि फोहोर नै फोहोर अनि कसरि त्यो पुजा गरेको सार्थकता हुन् सक्छ? यसमा पनि जहाँ पुजा गरिन्छ त्यसको वारी परि हेर्ने हो भने सुँगुर पनि बस्न घिनाउछ — २५० पचास बर्ष अगाडिको घटनालाई लिएर अहिले सम्म पुजा गर्नेले १७००० को बलि चढाउनेलाइ जिताएर पठाएको पनि त हो नि होइन र किर्तिपुर बासि?
द्वेस लिएर अगाडी बढीदैन बरु अरु रचनात्मक केहि पो गर्ने कि? युद्दमा कि त जित हुन्छ कि त हार जित्नेले केहि न केहि त गर्छ नै यो २५० वर्षा अघि मात्रै होइन अहिले पनि छ बरु यसलाई बिर्सेर ति पुजामा संलग्न जमातहरु किर्तिपुरको फोहोर सफा गर्न लाग्ने कि? त्यहाँ बिध्यमान गरिबी हटाउन पो लाग्ने कि?
कहिले कहिँ मान्छे हरुको चरित्र बुझ्नै गार्हो हुन्छ. खै के भन्ने के भन्ने. पागल भन्ने कि सद्दे भन्ने केही बुझ्न सकिदैन. अब सयौ वर्ष पहिले को कुरा सम्झेर त्यो ढुङ्गो मा थुकेर नि केहि होला त? लौ तेती बेला को कुरो त अर्कै थ्यो रिस ले गरेको भनेर बुझ्न सकिन्थ्यो तर अहिले त खोला मै पानि कति बगिसक्यो, संसार कहाँ बाट कहाँ पुगिसक्यो अनि त्यो ढुङ्गो मै थुकेर बसेर के हुने हो र. फेरी सानो सानो टुक्रो लै जोडेर एउटा राम्रो देश बनेको छ र त हामि नेपाली बन्न पाएको छम, तेस्मा नराम्रो के नै छ र? एउटा रमाइलो कथा बोकेको धुगो रहेछ तेस्लाई नै जोगाए त भैहाल्यो फेरी तेस्मै फर्केर थुकी हाल्न जरुरि त थिएन नि ..
खै के भन्ने.. कुरो गर्यो कुरो कै दुखः.