Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पृथ्वीनारायण शाहलाई सम्झिएर कीर्तिपुरमा किन यो ढुङ्गालाई पूजा गरिन्छ?

Posted on January 11, 2017January 12, 2017 by Salokya


कीर्तिपुरको देवढोका नजिकै अलि भिरालो ठाउँमा यो ढुङ्गा रहेको छ। कीर्तिपुरको मुख्य तथा पुरानो बस्ती यसै पनि स-साना गल्लीहरुले भरिएको छ। त्यस्तै एउटा गल्लीको बाटैमा यो ढुङ्गा र त्यसमा पूजा गरिरहेको हामी देख्न सक्छौँ। खासमा पृथ्वीनारायण शाहलाई सम्झिएर यस्तो पूजा गरिने रहेछ। किन त? आज पुस २७ गतेका दिन यहाँ यसैबारे जानकारी दिन एउटा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमका आयोजकहरुले यसबारे प्रष्ट पारे। के भने उनीहरुले हेर्नुस् भिडियोमा-

कुरा हो २८ मे, १७५७ को।

पृथ्वीनारायण शाह कीर्तिपुर हान्न तयार भएका थिए। हुनत उनलाई अहिले बेला भएको छैन भनेर सुझाव नआएको होइन। तर उनले मानेनन्। यसको सुइँको पाएपछि कान्तिपुरका राजा जयप्रकाश मल्ल, ललितपुरका राजा विश्वजित मल्ल र भक्तपुरका रणजित मल्ल गरी तीनै वटा राज्यका राजाले संयुक्त फौज पठाए। तीन राज्यको संयुक्त सैनिक संख्या ३ हजार जति थियो। जयप्रकाश मल्लले नगरकोटे सेना सहित युद्धको नेतृत्व गरे। विश्वजित मल्लले ललितपुरे सेनाको नेतृत्व गरे र भक्तपुरको नेतृत्व चाहिँ एक जना सेनापतिले लिए।

कालु पाँडेको नेतृत्वमा कीर्तिपुर हान्न गोर्खाली सैनिकहरु दहचोकबाट कीर्तिपुरका पाखामा आएर ढोका ढकढकाउन थाले। वास्तविक लडाईं चाहिँ कीर्तिपुरको उत्तर र पूर्वी फाँटमा भय । मे २८ १७५७ मा गोर्खाली फौजले गरेको यो आक्रमणमा मल्ल फौजले संयुक्त प्रतिकार गरे। बल्खु खोलाको किनारामा ६ घन्टासम्म ठूलो लडाइँ भयो। लडाइँमा ४०० गोर्खाली सैनिक सहित काजी कालुपाँडे पनि मारिए।

पृथ्वीनारायण शाह पनि घेरामा परेका थिए। उनी भाग्दै गर्दा कीर्तिपुरको यही ठाउँमा यही ढुंगामा चिप्लिएर लडे। यत्तिकैमा एक मल्ल सैनिकले पृथ्वीनारायण शाहलाई मार्न हतियार उठाए। त्यसैबेला अर्को सैनिकले राजालाई सिपाहीले मार्नु हुँदैन भनेर हतियार चलाउन दिएनन्। पृथ्वीनारायण शाह मृत्युको मुखबाट भागेर गए।

तेस्रो पटकको युद्धमा पृथ्वीनारायण शाहले कीर्तिपुर जिते। तर पहिलो पटकको युद्धमा पृथ्वीनारायण शाह जुन ढुङ्गामा चिप्लिएर लडेका थिए, कीर्तिपुरवासीहरुले त्यही ढुंगालाई आफ्नो रक्षकका रुपमा देवताका रुपमा पूजा गर्दै आइरहेका छन्। यो त्यही ढुंगा रहेछ।

5 thoughts on “पृथ्वीनारायण शाहलाई सम्झिएर कीर्तिपुरमा किन यो ढुङ्गालाई पूजा गरिन्छ?”

  1. BB Basnet says:
    January 17, 2017 at 4:49 am

    थुक्नेलाई थुक्न देउ ! तिमीहरुको बाजे पृथिबी नारायणले त्यस्तै काम गरेको छ र त थुकेका हुन् ! त्यो ढुंगामा लडेको बेला नै मारेको भए लाखौ निर्दोष जनताहरु बच्ने थिए !

    Reply
  2. Kiran says:
    January 12, 2017 at 3:12 pm

    *** Misleading History of Nepal ***

    The history of Nepal written by historian Babu Ram Acharya is flawed and misleading and it was intended to appease the king Mahendra Shah.
    One of the great mistake made in history is that Newars migrated to Nepal after Lichhevi dynasty established its rule in Nepal after driving away Kiratis. The intention of writing this is that the Shah rulers and its malefactors want to displace Newars and its culture out of Kathmandu valley.
    Newars are the indigenous inhabitants of Nepal. They have been descendants right from Gopal Banshi, Kiratis and later Licchevis and Mallas period. As migrants came in they adopted its language and culture and become Newars. As such in Nepal Bhasa language the residents of Nepal is known as Newars.

    Reply
  3. Naran says:
    January 12, 2017 at 11:01 am

    पृथिबी नारायण ले नजितेको भय अहिले यिनीहरुको न त आफ्नो कुनै धर्म हुन्थो न देश न भेष भूषा न कुनै जाति न नेपाल नै हुन्थो
    अंग्रेज ले शाशन गरेसी अनि अहिले क भन्थे होलान !

    Reply
  4. Shankar says:
    January 12, 2017 at 12:22 am

    म लाइ त् भिडियो मा मान्छे ले आफ्नै आँखाले देखे जस्तो गरि गलत बोलेजस्तो लाग्यो |
    कुनै आधार बिना साह हरुलाई सजिलै आरोप लाइदिदो रहेछ | पृथ्बी नारायण सम्म किन जाने ?
    हाम्रै आँखा अगाडी पम्फादेबी ( बिगत को रानी ) संसार को दोस्रो धनि आइमाई , महेन्द्र ले टापु किनेको छ राजतन्त्र गएपछि एसको सन्तान उतै जान्छ भने ? मुस्ताङ्ग मा हिरा खानि धिरेन्द्र चलाएको छ भन्थ्यो , २०४६ साल मा आयो आयो भनेर रात भर काठमान्डू मा कुरेर बस्यो , केहि आएँन , फेरी भन्थे पानीमा बिस मिसाएर मार्न थाल्यो ?
    यो ज्ञानेन्द्रलाई नै पनि हत्यारा भन्ने मान्छे अझै धेरै छ , तर एसको स्वाभाब सग त्यो ताल मेल खान्न | न भए बाबुराम , प्रचण्ड , माकुने हरु ली आफु पावर मा हुदा छानबिन गरेर जेल हाल्न सक्दैन ??
    यो खालि एक थरि जान छुटाएर यो साह राजा हरुको पछि बद्नाम गर्न लागि परेको छ |
    सब फोगतिया गफ हो |
    मैले देखेको तेसो बेलामा जे , जुन कारण भएपनि पृथ्बी नारायण ले नेपाल एकीकरण गरे र आज हामि ले नेपाल भन्न पा छ | त्यो गफ गर्ने ले यो सोचेंन गफ गर्ने भन्दा काम गर्ने ठुलो |
    काम गर्नेलाई क्रेडिट जान्छ | भरे भाइ लाइ घृणा गर्दा कसाइ को फेला पर्नु पर्ला , बेलैमा होस् गरम |

    Reply
  5. Rajendra says:
    January 11, 2017 at 10:40 pm

    Ramro kaam gareko bhaye ghandai ghandai bansagh sakhab nahune theyo hola.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme