Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खुलामञ्चमा भलिबल, एमालेको शक्ति प्रदर्शन खुला सडकमा

Posted on January 6, 2017January 6, 2017 by Salokya

काठमाडौँमा आज एमालेले शक्ति प्रदर्शन गर्‍यो- आफ्नो पक्ष देखाउन सडकमा मान्छे उतारेर। भन्नलाई त यो ९ दलको कार्यक्रम हो। तर अरु दल साना दल भएकोले यसको खासै गणना हुन्न। यो उहिले माओवादीले ३१ हो कि ३२ दलको मोर्चा बनाए जस्तो मात्र हो। एमालेले आज सभा पनि गर्‍यो। तर त्यो सभा खुलामञ्चमा भएको थिएन। सामान्यतया यस्ता राजनीतिक कार्यक्रम खुलामञ्चमा नै हुने गर्थ्यो। तर आज भने एमाले सभा हुँदै गर्दा खुलामञ्चमा भलिबल पो खेलिरहेका थिए मान्छेहरु। 

यस्तो छ खुलामञ्चको स्थिति। तपाईँले देख्नुभयो होला नि दायाँ छेउतिर बारेको। त्यो किनभने अहिले खुलामञ्चको आधा भाग खुला छैन। त्यो बसपार्कले खाइदिएको छ। पहिले यहाँदेखि अहिलेको आर्मीले बिहे भोजमा पार्टी दिने गरी बनाएको हलसम्म टुँडिखेलै थियो खुला स्थान काठमाडौँको। पछि बिस्तारै यो खुम्चिँदै गयो। हुँदाहुँदा अहिले अस्थायी बसपार्कले खाइदिएको छ खुलामञ्चको आधा भाग।

यो खुलामञ्चको आधा भाग कब्जा गरी बनाइएको अस्थायी बसपार्क हो। यहाँको घाँसे मैदानमा पिच गरिएको छ। सार्क सम्मेलन ताका यो खुलामञ्चमा घाँस रोप्ने भन्दै कति बजेट कुम्ल्याइसकेपछि अहिले चैँ पिच गरेर घाँस मासिसकिएको छ।

यति सून्य सडक कसरी भयो भन्नुहोला- ट्राफिक व्यवस्थापन। दरबारमार्गतिरबाट जुलुस आउँदै गरेपछि ट्राफिकले त्यो बाटो सवारी साधन आउन दिएनन्। त्यसैले सडक खाली हुनपुग्यो।

 

जुलुस निस्कँदाको स्थिति।

जुलुस र गाडी सँगसँगै हुँदा भएको जाम।

राष्ट्रिय सभागृह अगाडिदेखि पद्मोदय मोडसम्मको सडकमा चाहिँ सभाको भाषण सुन्न आउने बसेका थिए।

केपी ओलीको भाषणमा एउटा स्मरणीय कुरा चैँ मधेसमा एमालेले छिट्टै कार्यक्रम लिएर जानेछ रे जसलाई ड्रोनले हैन, स्याटेलाइटले फोटो खिच्नुपर्नेछ रे। एमालेकै एक नेताले स्याटेलाइटबाट बिजुली बेच्ने कुरा गरेका थिए। अब चाहिँ स्याटेलाइटबाट फोटो खिच्ने गरी कार्यक्रम गर्ने कुरा आएछ। गजब !

3 thoughts on “खुलामञ्चमा भलिबल, एमालेको शक्ति प्रदर्शन खुला सडकमा”

  1. Pralhad Pralhad says:
    January 7, 2017 at 2:07 pm

    काठमांडू को सानू सड़क खोचा खोच देखौन सड़क मै सभा गरे ख़ुल्ला मंच लगेको भय येउटाकुनो नी भरियको देखिने थियन

    Reply
  2. Ekraj says:
    January 7, 2017 at 1:59 pm

    Wait and see where all this goes. So far over the years (historically) what we have seen and experienced is:
    1.The political party make slogan and riots when they become deprived of looting powers.
    2. Each party has enough criminals,unemployed and thugs to provoke the situation disturb public life.
    3.Each party is led by recycled of same deadwood, incompetent and barkers and no leader has ever delivered anything.
    4. These sort of riots have produced enough chaos and disturbances in public life for no gain and mostly time wasting exercise to create the mockery of law and order situation.
    Really tired of cycle of anarchy and doomed situation.

    Reply
  3. भुषण says:
    January 7, 2017 at 12:28 pm

    एमालेको राजमा मुलुकलाई लोडसेडिङ्ग गरेर अन्धकारमा राख्दा उठाएको रकम खर्च गर्दै होला|
    भलिबल पनि एमालेले नै आयोजना गरेको भए ठिक हुनेथियो| घर घरमा पिटिक्क ग्यास बाल्ने, बस तिर्नुस जति आउँछ बील| रेल चद्नुस काठमान्डू वरिपरि भनेर गफ दिने, जनतालाई लोडसेडिङ्ग गरेर अन्धकारमा राख्ने
    एमाले पनि हुन्| रत्नपार्कको पेटीमा कालो चश्मा चम्काएर चटक देखाउदै सबै इलाज हुने एकैथोक औषधि बेच्ने हो कि के हो?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme