Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एमालेको हिजो मोटरसाइकल, आज मान्छे देखाएर शक्ति प्रदर्शन

Posted on January 6, 2017 by Salokya


प्रतिपक्षको काम माओवादी जस्तो लुरे प्रतिपक्ष हुनु पक्कै हैन। प्रतिपक्षको कामै आफूले ठीक नठानेको काम सरकारले गर्न लागे त्यसलाई रोक्न अप्ठेरो पारिदिने हो। त्यसलाई सहमतिमा ल्याएर मिलाउने काम सरकारको हो। संविधान संशोधन संविधानविरोधी र राष्ट्रघाती छ भन्ने एमालेलाई लागेको छ। त्यसैले त्यो गर्न दिन हुन्न भन्दै आज सडकमा शक्ति देखाउने काम एमालेले गर्दैछ। यस क्रममा रिहर्सल स्वरुप हिजो मोटरसाइकल र्‍याली निकाल्दाको यो फोटो रामकुमारी झाँक्रीको फेसबुकबाट साभार गरिएको हो। आज भने मोटरसाइकल हैन मान्छेको शक्ति प्रदर्शन हुँदैछ।

यो प्रदर्शन पहिले जस्तो खुलामञ्चमा हुनेवाला छैन। खुलामञ्चको आधा भाग अहिले अस्थायी बसपार्कले खाइदिएको छ। पुरानो बसपार्कमा टावर बनाउने भनेर बसपार्क अस्थायी रुपमा खुलामञ्चको आधा भाग ओगटेर बनाएको महिनौँ भइसक्यो तर पुरानो बसपार्कमा केही संरचना बन्न सकेको छैन।

खुलामञ्च खाली नभएपछि एमालेले शक्ति प्रदर्शन गर्न ठाउँ रोजेको छ- पर्यटन बोर्ड अगाडिको सडक। राष्ट्रिय सभागृह/पर्यटन बोर्ड अगाडिबाट पद्मोदय मोडसम्मको बाटोमा मान्छे भरिभराउ राखेर आज एमालेले भन्दैछ- देख्यौ- जनता संविधान संशोधनको विरोधमा छन्।

तर सर्वोच्च अदालतको फैसलाले संविधान संशोधन राष्ट्रहित अनुकूल छ कि छैन जाँच्ने पहिलो काम संसदकै भएको प्रष्ट पारिसकेको छ। अब शक्ति प्रदर्शनपछि आइतबार हुन लागेको संसदको बैठकमा सडकमा शक्ति देखाइसकेको एमालेले संसदको शक्ति परीक्षण गर्न मान्छ कि मान्दैन, हेर्न बाँकी छ।

9 thoughts on “एमालेको हिजो मोटरसाइकल, आज मान्छे देखाएर शक्ति प्रदर्शन”

  1. Prof.Dr. Tilak R. Shrestha says:
    January 8, 2017 at 11:27 pm

    Now what is the use of ६०१ slaves and political slavery at the parliament?

    Reply
  2. यलम्बर says:
    January 6, 2017 at 7:16 pm

    अब फेरी झटारो हान्नुहोला यो एइरेगैरेले जातपातको कुरा निकाल्यो भनेर| नेपालमा जे पनि जातपातको आधारमै चलेको थियो र लोकतन्त्र पछि पनि त्यस्तै छ| किनभने जातपातको भेद र विभेदमा हुर्केकाहरुले नै राज्य चलाउदै आएका छन| ज्ञाने बढ़ारिएको पनि त्यहि कारणले हो, हद भएपछि|
    यो एमाले हिरो भएको कारण गत चुनावमा माओवादीहरुको फुर्तिलाई साम्य पार्न एमालेलाई भोट दिए, जनजातिले एमालेलाई साथ दिए| कांग्रेसले पनि त्यही फायदा उठाए| राप्रपाले प्रत्यक्षमा जिरो पाए जिरो| ऐले जिरो हिरो भएको छ भने एमालेको फुर्ति कंहा सम्म होला? माओवादीको नेता गलाभरि टन्न माला लगाएर हिंड्ने जारि राख्यो भने भोलि उनको पार्टीलाई पनि फेरी कीर्तिपुरेहरुले गत चुनावमा लखेटेको जस्तै लखेट्नेछ| त्यसपछि जानेछन राप्रप्रा जस्तो घर न घाटको हुन् अतिवादी हिन्दु र उखेलिएको राजावादी पक्षमा|
    एमाले, काँग्रेस खालि आफ्नै जात र नाता केन्द्रित पार्टी हो| सर्बहारा होइन वर्गहारा हो| मुलुकहारा हो| जनजातिले आगामी चुनावमा एमालेलाई ब्याण्ड बजाएर लखेट्नेछन्|
    एमाले अहिले आएर बढेमानको राष्ट्रबादी हुन् पर्ने? विगतमा एमाले सरकारमा हुँदा गरेका आत्माघाती सन्धि खारेज गर्ने भनेर आन्दोलन गर, अनि पत्याउने छौ|
    ओली उखाने हजुरको मुख मात्र प्यार प्यार| राष्ट्रिय धुनका सर्जक अम्बर गुरुङ दिल्लीमा अस्पतालमा लाचार हुँदा ओली त्यतिका दिन इन्डिया भ्रमणमा जाँदा पनि उनलाई एसो हेर्न बुझ्न गएनन् तर बलिवुड गएर नायक अभिनायक लाई भेटे|
    एमाले जनजातिको समर्थक थिएन र होइन| मुखाँ रामराम बगलीमा छुरा|
    किन लोडशेडिङ्ग गराएर जनतालाई अन्धकारमा राख्दा पनि ओलीको सरकार उबेला चुइक्क बोलेन? एमाले उर्जा मन्त्रि राधा ज्ञवाली भ्रस्टचारमा मुछिएको थाहा पाएर पनि किन कारवाही गरिएन?
    ऐले आएर मोटर साइकलवाला र मान्छे उतारे पनि केहि लाग्दैन| भोलि अझै के के उतार्नु पर्ला है एमाले| वा उतारीदेला जनताले|
    जे होस्, पूर्व समर्थकको हैसियतमा एमालेलाई एउटा कुरामा चैने जश दिनपर्छ| दौरा सुराल सम्हालेर राखेका छन्, राम्रो हो| दौरा सुरालमा पंचायतको गन्हाउने पसिना र जातपातको विभेद चैने राम्ररि ड्राईक्लिन गर्नुहोला है|

    Reply
  3. Shankar says:
    January 6, 2017 at 2:40 pm

    एमाले लगायत ९ पार्टी भनिन्छ , कुन कुन रहेछ ९ पार्टी |

    Reply
  4. संदेश राई says:
    January 6, 2017 at 1:02 pm

    स्वच्छाले सडकमा आउने जनता १०० पनि छैन, काम नभएको बेरोजगार केटाहरुको मोटरसाइकलमा तेल भरेर एमालेले १०-१२ हजार बेरोजगारीहरु सडकमा उतारेका हुन् | मैले यसरी भ्रस्टाचार गरेको पैसाले तेल भर्नेभए ३ करोड जनता सडकमा ल्याउथे, त्यसैले एमालेले कुनै घमण्ड नगरे हुन्छ, अब एमाले सकिएकै हो |

    यसलाई शक्ति प्रदर्शन भन्दैन, यो त कायरपन हो, एमाले डराएर बेरोजगार युवाहरुलाई मोटरसाइकलमा तेल भरिदिने स्वार्थले सडकमा ल्याएका हुन् | भरे बेलुकी एमालेको कार्यालयमा हेर्यो भने १०० जनता केटाहरु पनि हुदैनन, यदि कुनै राजनैतिक पार्टीसंग शक्ति छ भने उसले देशमा आर्थिक क्रान्ति गरेर देश र जनताको पक्षमा काम गर्छन तर बेरोजगार केटाहरुको मोटरसाइकलमा तेल हालेर सडकमा ल्याउनु भनेको कायरपन मात्र हो |

    Reply
    1. Lekhnath says:
      January 6, 2017 at 6:13 pm

      Yesai laai rajniti (lokniti ) bhanchan.
      Maobadi le pani gareko tyahi ho.
      Sabai le garne nau yehi ho.

      Reply
  5. Wangchhe Sherpa says:
    January 6, 2017 at 3:16 am

    ब्याण्ड बाजा बजाएर देशैभरी बाट एमालेको विदाई गर्नुपर्छ…

    एमाले पाँच महिना सरकार बाहिर बस्दा देशलाई केके फाइदा भयो?
    फाइदाहरु
    #लोडसेडिङ को अन्त्य,बिजुली माफियाहरुलाई कारबाही,नउठेको अर्बौं रुपैया बराबरको विद्युतको महसुल उठ्यो
    #सहरभरी साझा बस,यात्रुलाइ ठग्ने ट्याक्सीहरुमा कम्प्युटर बिलिङ सिस्टम जडान,लाइसेन्स र राहदानीको फारम अनलाइनबाटै भर्न सकिने गरि e-governance को सुरुवात
    #फास्ट ट्रयाक आफैंले बनाउने मन्त्रीपरिषदको निर्णय,ट्राफिक जामको समस्या हल गर्न नागढुङ्गा-नौबिसेको टनेल प्रोजेक्ट सुरु,कलंकी-कोठेश्वरको सडक द्रुतगतिमा बिस्तार,आयोजना स्थलमै पुगेर प्रचण्डले मेलम्ची आयोजनाको निरिक्षण गरेपछी
    टाइममा प्रोजेक्ट सम्पन्न गरेमा reward दिने घोषणासंगै दिनरात २४ घण्टा कामको थालनी ,टनेलको breakthrough
    #डा.बाबुरामको पालामा सुरु गरिएको १२०० मेगावाटको बुढी गण्डकी आयोजना पछिल्लो समयमा आएर अगाडि बढ्नै सकेको थिएन।प्रचण्ड सरकारले उक्त आयोजना अगाडि बढाउन मुआब्जा रकम वितरण ,चाँडै ड्यामको काम सुरु हुनेछ।

    अब एमाले मुक्त नेपाल को निर्माण गरौँ

    Reply
    1. Binod says:
      January 6, 2017 at 8:53 pm

      हा हा हा । बच्चालाई ललि पप देखाको भन्दा पनि भद्दा उदाहरण हरू ।

      Reply
  6. Bidur Prasad Adhikari says:
    January 6, 2017 at 3:05 am

    हिजडाहरूकाे काम नै के छ र अरू ।

    Reply
  7. Khimdung Kanxa Moh says:
    January 6, 2017 at 3:02 am

    Yo ryaliko manusya vanauda haru amaleko karjekarta navai sab duii kaurima bikeka bichar bihin naitikta navayka haru kpko khuttako jutta ho.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme