Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संसद्‍मा पनि देउताको फोटो राखौँ, अनि मन्त्रीले खैनी थुकेर नफ्याँक्लान् कि

Posted on January 3, 2017 by Salokya


संसदमा केही दिनदेखि न्युजै बन्दैन। जति बेला संसद बसे पनि प्रतिपक्षी सांसदहरु उभिन्छन्। बैठक स्थगित हुन्छ। एक महिनादेखि यो क्रम जारी छ। आज भने सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले समाचार जुटाइदिए। प्रतिपक्षी सांसदहरुलाई संसद बन्धकमा राखेर असंसदीय गतिविधि गरिरहेको आरोप लगाउने सत्तापक्षका मन्त्री भने फोहोरी गतिविधिमा देखिए। अग्रपंक्तिमा बसेका उनले मुखबाट खैनी निकालेर हातमा थुकेर त्यसलाई संसदभित्रै फालेको दृश्य कहिले नबिर्सने गरी कैद भएको छ। मन्त्रीहरु मध्ये र्‍याङ्किङ (वरियता)मा सबैभन्दा वरिष्ठ रहेका मन्त्रीको हेर्नुस् त पारा।

के अब संसदमा पनि देउताको फोटो राख्नुपर्ने बेला भएको हो? ठाउँठाउँमा थुक्लान्, फोहर गर्लान् भनेर देउताको फोटो राखेका हुन्छन् नि। जस्तो यो कलंकीको मालपोत भवनमा

रमाइलो त के भने संसदकै आधिकारिक भिडियो क्यामेराबाट यो दृश्य कैद भएको हो। संसदमा अरु मिडियाको भिडियो क्यामेराले प्रवेश पाउँदैन। यस्तो भिडियो किन खिचिस् भनेर बिचरा खिच्नेको जागिर नजाओस् भन्ने कामना गरौँ। सहरी विकास मन्त्रीले सहरको विकास कसरी गरिरहेका छन् भन्ने त हामीले देख्न पायौँ।

यी मन्त्री स्क्यान्डलमा आएको यो पहिलो घटना हैन। यसअघि मन्त्री केसीलाई उनकै गृहजिल्ला नुवाकोटको निवास आएको बेला प्रहरीले दिएको सलामीको फोटोले पनि कुचर्चा पाएको थियो। निरन्जन पौडेलले खिचेको फोटोमा मन्त्री केसी रातो आसनमा छालाको जुत्ता लगाएर ठिङ्ग उभिएका देखिन्छन्।

17 thoughts on “संसद्‍मा पनि देउताको फोटो राखौँ, अनि मन्त्रीले खैनी थुकेर नफ्याँक्लान् कि”

  1. sandip sharma says:
    January 4, 2017 at 3:59 pm

    धातेको कुरो काटेर मिल्दैन भनेको सत्य हो / मन्त्रि ले सुर्ती हैन दालचिनी शर्केको हो भन्नु भयो तर Video Clip मा मन्त्रि ज्य लै शर्केको वा कुनै अफतायोरो परेको देखिदैन नि ?

    Reply
  2. Dhruba Paudel says:
    January 4, 2017 at 2:18 am

    दालचिनी नै भए पनि त्यसरी संसदमै थुक्न हुन्छ त ?

    Reply
  3. ashakya says:
    January 4, 2017 at 12:17 am

    ला‌‌‍‍‍… काे देशमा गा…. तन्नेरी ।
    यस्ता नेता/मन्त्रीहरु भएपछि राम्राे कुराकाे के अाशा गर्नु ।

    Reply
  4. Sunil , London says:
    January 3, 2017 at 10:19 pm

    संस्कार भन्ने कुरो पैसा र पद ले दिन सक्दैन , कुरो बुझौ !!!!!!

    Reply
  5. अरुण says:
    January 3, 2017 at 10:02 pm

    वहाँ ले खैनी हैन दाल्चिनी खाएर थुकेको रे । कुरो के खाको हैन मन्त्री ज्यु , कहाँ थुकेको पो हो त!

    Reply
  6. Ekraj says:
    January 3, 2017 at 3:36 pm

    Most politicians and ministers brain is filled with garbage and they stinks most of the times due to their ethics, moral character and mostly due to disrespectful filthy behaviours.
    It is shame that Nepalese are ruled by stinking garbage like Arjun Narshing KC and similar other characters.

    Reply
  7. praveen says:
    January 3, 2017 at 12:03 pm

    थुक्क मोरा फोहरी !

    Reply
  8. राम बाबु श्रेष्ठ says:
    January 3, 2017 at 11:56 am

    स्वास्थ्यमन्त्री गगन थापाको समेत बेइजत गर्यो िन शहरी िबकास मन्त्रीज्यूले ।

    Reply
  9. रमेश says:
    January 3, 2017 at 10:24 am

    नेपालको संसद सार्वभौम छ भनेको यहि हो कि क्या हो यस भित्रका कसैलाई पनि नियम कानून लाग्दै लाग्दैन ‌……….

    Reply
  10. Shankar says:
    January 3, 2017 at 7:15 am

    मुख माँ बेकार को अहम् ता झलकने , स्वभाब फोहोरी , भद्दा सरीर —–

    Reply
  11. शन्तनु says:
    January 3, 2017 at 1:49 am

    कस्तो नबुझ्नुभाको / खैनी थुकेको हुँदै होइन / हातमा खैनी देखिंदैन / २०१७ नया वर्षको आरम्भ साथै भ्रस्टाचार र व्यभिचार यसरी खुला रुपमा ओकेलेर फ्याँक्छु भन्ने प्रण गरेर मन्त्रीज्यूले काल्पनिक खैनी ओकल्नुभाको पो त

    Reply
  12. Purna Munankarmi says:
    January 2, 2017 at 7:55 pm

    कुकुरले लठ्ठा, मुढा, ढुंगा र देवतामा कुनै फरक देख्दैन ।

    Reply
  13. Pawan Sharma says:
    January 2, 2017 at 7:20 pm

    lol

    Reply
  14. साजन says:
    January 3, 2017 at 12:39 am

    शहरी बिकाश मन्त्रिको सट्टा अबदेखि उनलाई फोहरी बिकाश मन्त्रि भने कसो होला!
    पढे लेखेका मन्त्रि भनाउदोको एस्तो चाल| झुरेस्ट नै परेछ|

    Reply
  15. Yogendra says:
    January 3, 2017 at 12:39 am

    अझ रोचक चाँही, छोरी डाक्टर छिन अनी ज्वाँई स्वास्थ्य मन्त्री |बुढाको बुद्दी जस्ताको त्यस्तै ||

    Reply
    1. Narayan says:
      January 3, 2017 at 7:04 pm

      हाम्रो मुलुकको दुर्भाग्य भनेकै छोरी छोरा ज्वाईं नारान र आफ्नै नाता गोता पोताहरुलाई मात्र बिकाश गर्न र पोशाउन तिर लाग्छन| जनता भांडमे जाए भन्ने तालका| प्रकाश चन्द्रे लोहनीले पनि त्यसै गरे, महतको कारनामा जस्तापातामा मात्र सीमित छैन|

      Reply
  16. Balkrishna Dahal says:
    January 2, 2017 at 6:52 pm

    देबी देबताको फोटो त अचुक औसधि पो रहेछ। स्पेससे आए हुए पिकेले पनि गालामा ला’थ्यो, चडकनबाट जोगिन! 😉

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme