Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पारसलाई सूर्य खड्काको ह्यापी बर्थ डे पत्र

Posted on December 30, 2016 by सूर्य खड्का

प्रिय पारस शाह,
पूूर्व युवराज, निर्मल निवास, काठमाण्डौं ।
कुनै बेला लोकप्रिय गायक रामकृष्ण ढकालको चर्चित गीत ओराली लागेको हरिणको चाल भो…… भन्ने गीतको पर्याय झैं देखिने तिम्रो जीवन अहिले ठीक उल्टो राम्रो, राम्रो र राम्रो हुदै गएको खबरले तिम्रा स्वदेश र विदेशमा रहेका तमाम समर्थक, शुुभेच्छुकहरु निकै हर्षविभोर छन । आजको दिनाँकमा त तिमी ४६ औं जन्मदिवस पनि मनाईरहका छौं । निकै मोटाउदै गएका देखिन्छौं, हसिलो र प्रशन्न मुुद्राभाव पनि तिम्रा सार्वजनिक तस्वीरहरुले देखाउँछन्। आजकै दिन देख्न तिमीले कति धेरै उतारचढावहरु सहनुु परयो, त्यो कालो संघर्षको असली अनुभुुति तिमीबाहेक अरु कसलाई होला र ? अचानाको चोट खुुकुुरीलाई के थाहा भनेजस्तै तिमीले सारा दुख पिएर पनि यही समाजको सामुुु खुसी खुसीको जीवन जिएर देखाईरहेका छौं । त्यसैले यी शव्द शुुभकामना तिम्रो पुण्यजन्म तिथिमा । तिम्रो दैनिक सुुस्वास्थ्य, दीर्घायुु र सफल भावि दिनका लागि।

मान्छेलाई रीन लागोस, दिन नलागोस भन्थे बुढापाका । तिम्रा हकमा दिन धेरै लागे । तै पनि चरेश खाएर पनि हरेश नखानुु भन्ने ठूूला बडाको भनाईलाई तिमीले जीवन जिउने दौरानमा व्यवहारमा नै प्रमाणित गरेका छौं । त्यसैले तिम्रो पुर्नजीवनले बाँकी सबैलाई प्रेरणा र हौसला दिएको छ । अनि तिमी अरु धेरै चिरन्जीवि बन्न सक भन्ने हार्दिक शुभकामना छ तिम्रा फ्यानहरुको तिमीलाई जन्मदिनको यो पवित्र दिनमा ।

प्रिय पूूर्वयुवराज,
१४ पुसमा जनप्रिय राजा वीरेन्द्रको जन्मजयन्ती मनाएको भोेलिपल्टै तिमी पूर्व युवराज पारश शाहको जन्मदिन मनाउनुपर्ने क्यालेण्डरको हरेक वर्ष दोहारिने तिथिमिति नेपालको राजसंस्थालाई मन, वचन र कर्मले सम्मान भाव प्रकट गर्नेहरुका लागि बडो दुखद र सुुखद संयोग हो । हरेक दुखका पछाडि सुख र सुुखका पछाडि दुख हुुन्छ भनेको पनि यही होला शायद । हिजोका दिनमा दिवंगत राजा वीरेन्द्रलाई श्रद्धाभाव प्रकट गरेका जनमनले आज तिमीलाई लाख लाख शुुभकामना दिन पाउनुु एक फगत औपचारिकता मात्रै नबनोस, प्रजावत्सल राजा वीरेन्द्रको अभाव पूर्ति गर्ने तहसम्मको तिम्रो पुनरागमन, उदय हुन सकोस भन्ने भित्री मनको जनजनको शुुभेच्छा पनि हो तिमीलाई यो वर्षको , आजको जन्मदिनको शुुभकामना ।

जनताले सपना जस्तै अपत्यारिलो विभत्स दरवार हत्याकाण्डको कारण राजा वीरेन्द्रको वंश विनासको घट्ना व्यहोरोको डेढ दशकमा यो वर्ष तिमी त्यो हत्याकाण्डका प्रतयक्षदर्शी मध्येको एक पूर्व युवराज पारश शाहले आफ्नो ४६ औं जन्मदिन मनाईरहन पाउनुुलाई तिमी त्यस्तो एक ऐतिहासिक अवसर बनाउ, ता की तिमी प्रिय राजा वीरेन्द्रको वीडो थाम्न सक्ने व्यक्तित्व र हैसियतमा पुुग्न सक । श्रीपेच पहिरिनुु र नपहिरनुु मात्रैले राजा हुनुु र नहुुनुुको खास माने राख्दै अचेल । तिमी अहिले पनि श्रीपेच विनाका नागरिक युुवराज छौं । धेरै छन तिम्रा सहयोगी, समर्थक र शुुभेच्छुक । तिनको शुुभकामनाको सार्थकता तिम्रो उदय र सफलतामा परिणत हुन सकोस ।

जन्म दिनमा तिमीले सामाजिक संजालहरुमा समर्थकहरुको वधाई र शुुभकामना जुन रुपमा पाईरहेका छौं, त्यो तिम्रो शक्ति हो, उर्जा हो , जनताको तिमीप्रतिको भत्ति र विश्वास हो, राजसंस्थाप्रतिको जनताको भरोसाको एक प्रतिक पनि हो । यो पवित्र दिनमा त्यसको मर्म बुुझेर अझै जनप्रिय हुने मार्गमा तिमी अघि बढ्न सक, निरन्तर निरन्तर । समर्थकहरुले तिम्रो जन्मदिनलाई शुुभ अवसरका रुपमा नै मनाईरहेको संकेत सामाजिक संजालको शुुभकामनाको लहरले दिएको तथ्यको गुुत्थी कुरो बुुझ्न सके तिम्रा भावी दिनहरु अरु उज्याला र सफल हुदै तिमी जनताका सर्वाधिक प्रिय बन्ने पक्का छ ।

४६ औं जन्मदिवस मनाईरहदा तिम्रो जीवन धेरै अपत्यारिला दुखहरुका मोडबाट गुुज्रिएर यहाँसम्म आईपुुगेको हो । मृत्युु जितेको जीवन हो तिम्रोे । षडयन्त्र र दुुर्भाग्यहरुलाई हराएर पुनः सामान्य जीवनमा फर्केको जीवन हो तिम्रो । खुल्ला किताव जस्तै ओपन ओपन छ पारश तिम्रोे जीन्दगीको कोर्ष । हो, त्यही व्ल्याक एण्ड हवाईट र जे छ खुल्ला छ, जस्ताको तस्तै, दुरुस्तै तिम्रो जीवन । त्यही हो तिमीप्रति जनताको सहानभुति र मायाका असली मुहान । तर पछिल्ला दिनमा तिम्रो जीवन पूर्ववत लयमा फर्किसकेको प्रतित हुुुन्छ । यो त झन सुखद भैगयो ।

यस वर्षको क्रिसमस ईभमा तिमी एक पार्टीमा पिता पूर्व राजा ज्ञानेन्द्र शाह, बहिनीहरु,छोरीहरुसमेत सपरिवार पहिलो पटक निकै प्रशन्न मुद्रामा देखा परेको देखेर सबै खुसी छन । तिमी र परिवारवीच खासगरी पिता र पत्नी वीच सुुसंवन्ध र आत्मियता छैन भन्ने जुन गोयवल्स प्रचारवाजी हुने गर्छ, त्यसलाई थप चिर्न सक । परिवारमा तिमी जति जाति र राम्रो हुनेछौं, समाजमा त्यसको सकारात्मक भाईव्रेसन हुनेछ । तिमी हासे तिम्रो समर्थकको दुुनियाँ स्वतः हास्नेछ । त्यसैले तिमीलाई मुरी मुरी ह्याप्पी वर्थ डे पूर्वयुवराज पारश शाह । पुनः एकपट्क ह्याप्पी वर्थ डे ।

यो फेस्टिभ मुडमा थप राजनीतिक वा अन्य कुराहरु नगरौं । देशको पछिल्लो अवस्थाबारे तिम्रा पिताले गरेको टिप्पणीले राजनीतिक रंगमन्चका नयाँ दलीय छोटे राजाहरुमा आएको कम्पनको ठूलै कहानी छ । तिमी पनि देशका बारेमा निकै चिन्तित छौं नै । देश पुनः राजसंस्थालाई राष्टिय एकताको प्रतिक र संरक्षक बनाउने मुड्मा फर्किसकेको छ । त्यसका लागि तिम्रो ४६ औं जन्मदिन एक शुुभसुुरुवात हुन सकोस । अल द बेष्ट प्रिय पारस।

साथमा यो पुरानो व्लग पनि पढ्न छुटेको भए हेर्नुुहोस्

18 thoughts on “पारसलाई सूर्य खड्काको ह्यापी बर्थ डे पत्र”

  1. शन्तनु says:
    January 3, 2017 at 1:14 am

    यी सूर्य खड्का र उसको पक्ष लिएर कमेन्ट छाड्ने अजय प्रधान भनौदाहरु दास मनस्थितिको चरम उदाहरण हुन् / शायद सूर्य खड्का सपना देख्दा हुन् – आफु पनि यी दरवारिया जस्तै जस्तै सिन्को नभांची शान शौकत मा मोज गर्न पाए कस्तो हुन्थ्यो , पिटपाट बवाल गर्न पाए हुन्थ्यो , अनि जनताका चेलीबेटी सित मनपरी गर्न पाए हुन्थ्यो भनेर /

    यस्तो मनस्थिति भएका हरु आफुले त्यो शान शौकत र मनपरी गर्न नपाए पनि त्यसो गर्ने पारस जस्ता हरुको स्तुति गाउने र अनेक तर्क दिएर तिनले गरेका कुकृत्यको वकालती गर्ने गर्छन् /

    Reply
  2. प्रदीप पन्त says:
    January 2, 2017 at 12:12 am

    राजपरीवारमा जति जति तल तल सर्दै गयो, मुर्खता को मात्रा झन् झन् माथि गएको देखिन्छ | त्रिभुवन कुपुत्र हो महेद्रे, तेस्को कुपुत्र हो ज्ञाने, तेस्को पनि कुपुत्र पारसे |
    चुतियापन मा त्रिभुवन को बाउ महेद्रे, तेस्को बाजे ज्ञाने,अनि तेस्को जिबाजे पारसे |
    ४६ बर्षको उमेरमा पनि बुद्धी पलाउन नसकेको बज्रस्वाँठ डुकुलण्ठु पारस को पटक पटक हनुमान भक्ति गर्ने खड्काजि चाहिं कसको कुपुत्र पर्नु भयो त्यो चाहिं थाहा भएन | तर तपाइको करतुत देख्दा तपाइका बा-आमा लाइ कति ग्लानि भएको होला जस्तो मात्रै लाग्दछ | तपाइका बा-आमा पक्का पनि नैतिक हुनुहुन्छ होला, तपाइले पारस र ज्ञाने बाट लेख लेखेर पाएको घुस वहाँ हरुले पक्का लिनु हुन्न |
    प्रवीण गुरुङ र सानुकाजी को हत्या पछि दरवार काण्ड मच्चाउने अनि त्यसले पनि नपुगेर थाइल्याण्डमा लागु औषधि र अपराध मा सङ्घलग्न हुने पारसे कसरी बधाई र शुभकामना को पात्र हुन सक्छ ?

    Reply
  3. अनुप थापा says:
    January 1, 2017 at 5:24 am

    एकै हप्ताभित्र दुई-दुई वटा पुर्ब राजा-राजकुमारको गुणगान गाएर लेखिएको ब्लग राखेर माईसंसारले सम्पुर्ण पाठकको मन जित्न सक्दैन।केवल सानो तप्कामा रहेका यी हिन्दु अतिबादी,राजाबादीहरुको मन मात्रै जित्ने छ।

    एउटा सुर्य खड्का भन्ने सुईखुट्टेले कनि-कनि बढाई-चढाई गरेर पुर्व राजा र राजसंस्थाको बारेमा लेख लेख्छ।अनि माईसंसारले ब्लग मार्फत एडबरटाईस गरि दिन्छ।अनि ब्लगरका साथीहरु आएर लाईक र कमेन्ट बर्साउछ।यो भन्दा लाज लाग्दो के होला र हगि?

    अहिलेका नेताहरु कोही पनि असल परेनन त्यो सत्य कुरो हो।तर त्यसो भन्दैमा पुर्ब राजा ज्ञानेन्द्रलाई राजा बनाउनु पर्छ।पारसलाई राजकुमार बनाउनु पर्छ भन्नु अन्धोले गुहु र खिर नछुटाए जस्तै हो।हामी सचेत बर्गलाई थाहा छ ज्ञानेन्द्र राजा बिरेन्द्र र उनका परिवारका हत्यारा हुन।पारस गायक प्रबिण गुरुङका हत्यारा हुन।यस्ता हत्याराहरु कहिल्यै राजा या राजकुमार बन्न १% पनि लायक छैनन।

    Reply
    1. Ajaya Pradhan says:
      January 2, 2017 at 11:10 am

      १५० पार्टी र तिनका औरे भौरे हरुले देश कंगाल बनाउनु भन्दा एक शासक आओस जसले निरङ्कुश तर उदारवादी विकाशको उद्घोष गरोस ,,, अहिलेको नेपालको आवश्यकता त्यो हो | सिंगापुर त्यसै बनेको होइन,,, नेपालका जनता , सरकार सार्है छाडा र भ्रष्ट |

      Reply
      1. प्रदीप पन्त says:
        January 4, 2017 at 8:13 am

        के तपाइले ज्ञाने लाइ साधु देख्नु भएको हो ? के तेस्को पालामा भ्रस्टाचार भएको थिएन ? तपाइँ या त त्यो बेला बामे सर्नु हुन्थ्यो या तपाइँ अहिले साह्रै बुढो भएर सुद्दी हरायो | त्यो बेलामा दिपे, ज्ञाने, धीरे, पारसे, तिनीहरुका आसे पासे ठुला राजामा गनिन्थे, छोरीका पोइहरु पनि राजा नै थिए | जता मन लाग्यो उतै जग्गा र सम्पति कब्जा गर्थे | भ्रस्टाचार र घुस खोरी गर्ने उनीहरुलाई छुट थियो | ज्ञाने-धीरे दिउसै माफिया सिन्डिकेट चलाएर हिड्थे, भगवानका मुर्ति र बहुमुल्य बस्तुहरु तस्करी गर्थे | प्रधान मन्त्रि र प्रहरी-प्रसासनले तिनको होइन तिनका पी.ए. को तलुवा चाट्थे |
        तपाइँकै भोटले प्रचण्ड प्रधान मन्त्रि भएको हो | के तपाइँ लाइ प्रचण्ड वा वोली लाइ भोट दिन कर छ ? के तपाइँलाइ तेस्तो देशको अवस्था बिग्रंदै गएको आभास छ र सहि बाटो देख्नुभएको छ भने किन एउटा पार्टी खोलेर नेतृत्व प्रदान गर्नु हुन्न ? तपाइले मलाइ बिस्वास दिलाउनु भयो भने मा भोट गर्छु | तपाईलाई सहि व्यक्ति लाइ चुनाब जिताउन कसले छेकेको छ ? कम से कम तपाइमा त्यो अधिकार प्रजातन्त्रले सुरक्षित गरेको छ |
        त्यतिबेला भ्रष्ट ज्ञानेको नेतृत्व मन नपरेर हटाउन खोज्दा १३,००० को ज्यान गयो | प्रचण्ड लाइ हटाउन तपाइको ज्यान जानु पर्दैन | तपाइले भोट मात्र नगरे पुग्छ | अनि देश बनाउन प्रचण्ड जस्ता चुसक होइन कर्मठ व्यक्तिलाई भोट मात्र दिए पुग्छ |
        देशमा प्रजातन्त्र आएको फाइदा यहि हो |

        Reply
  4. Ekraj says:
    January 1, 2017 at 3:13 am

    राजाहरुको सताब्दी को राज, गणतन्त्र का ठेकेदारहरुको दसक को राज ले नंगाएको नेपाल लाई बचौना लागु पदार्थले जिर्ण पारेको दिमाग र जिन्दगि भर भाँड भैलो गरेको हिरो चाहिने भयो नेपाल मा| अरु कसैलेइ केहि गर्न सक्दैन? बदाई छ यो एक्सैशौं सताब्दी को नया नेता को अविस्कार को लागि| लौ मोज गर्नुस पारस माथि विश्वास भएका हरुले|

    Reply
  5. राजेन्द्र राठी says:
    January 1, 2017 at 12:29 am

    ओहो यो त कुनै राष्ट्रप्रमुखलाई लेखिने लामो अभिनन्दन पत्र जस्तो पो भयो / क्याबात छ सूर्य खड्काजी , चाप्लुसी गर्नु गर्नुपरेपछि किन सानोतिनो पाराले गर्ने ? यस्तै गरी “grand style” ले पो गर्ने त चाप्लुसी /

    अंग्रेजीमा ब्राउन नोजिंग (brown nosing) भन्ने भनाई सुन्नु भएको छ ? ल भन्नुस त ब्राउन नोज याने कि नाकमा हल्का खैरो (अझ भन्ने हो भने पहेलो पहेलो ) रंगको पदार्थ यौटा मान्छेले अर्को मान्छेको कुन अङ्ग सुघ्न खोज्दा नाकमा लतपतिन्छ लौ भन्नुस् त खड्काजी ?

    आफ्नो हातमा असिमित राज्यशक्ति हुँदा भटभटे हार्ली डेभिडसन मोटरसाइकल चढेर गुन्डाहरु को जमातको नाइके भएर लागु पदार्थ खाएर होटेल होटेलमा पेस्तोल पड्काएर जनतालाई तर्साउने गर्दैमा यसलाई फुर्सत भएन / दम्भ र दुर्भावको भकारी हो यो / यो रहरले नेपाल फर्केको हैन / सिंगापुरमा डुंगडुंगती गनाएर निकाला भएपछी थाईलेन्ड अनि थाईलेन्ड मा चाहिं लागु पदार्थ रंगेहात पक्रिएर थुनामा सडेर अनि थाईलेन्ड ले देशनिकाला गरेपछि पुच्छर लुकाएर अहिले यहाँ आएको हो यो

    अहिले आएर ४६ वर्षको उमेरमा यो सुध्रन्छ भन्ने सपना देख्नुस / एक हैन दुइ हैन तीन हैन , अनेक पल्ट सुध्रने मौका पाएको थियो यसले /

    कविशिरोमणि लेखनाथ पौडेलका केही हरफ याद आयो

    सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति ।
    घोचने जङ्गली काँढा पहिले नै तिखा कति ।।

    सङ्गले पनि जाँदैन दुष्टको दुष्टा रिस ।
    श्रीखण्डमा बसी सर्प कहाँ हुन्थ्यो र निर्विष ।।
    मूर्खका मनमा अर्ती गालीतुल्य बिझाउँछ ।
    दूधपान गरी सर्प खालि विष बहाउँछ ।।

    प्रविण गुरुङ को नाम त सम्झिनु भाको छ हैन सूर्य खड्काजी ? अँ त्यही प्रविण गुरुङ के त – जसलाई पारसले जांड खाएर मोटरले किचेर मारेको थियो – र जसका नावालक केटाकेटी लाई टुहुरा र जवान पत्नीलाई विधवा बनाएर छोडेको थियो / हैन यसो कहिले काहीं फुर्सद हुँदा प्रविण गुरुङका परिवार लाई पनि अभिनन्दन पत्र लेख्नुस् न

    Reply
    1. रामेश्वर says:
      January 2, 2017 at 4:05 am

      राठी जी , अंग्रेजीको “ब्राउन नोजिंग” भन्दा अतिशय चाप्लुसी गर्ने सेवकले उनका मालिकको कुन अंग सुंघ्दा नाकमा खैरो बस्तु लतपत पर्छ भन्ने जुन प्रश्न तपाईंले गर्नु भयो , मलाई लाग्छ हाम्रो नेपालीमा पनि त “चाकडी” भन्छन् नि – त्यही अंग होला /

      जहाँ रह्यो “लामो अभिनन्दन पत्र जस्तो” भन्ने कमेन्ट , मलाई त यो त्यो भन्दा पनि हजार गुणा बढी “प्रभु बन्दना” गरेको जस्तो लाग्यो /

      हुन त यो कुनै नया कुरा हैन सूर्य खड्काजी को लागि / सूर्य खड्का जस्ता उनका मालिक को सात खुन पनि माफ र उनका मालिक को अपानवायु समेत सुँघेर “ओहो कस्तो सुघन्दित” भन्ने भक्त हनुमान अरु पनि धेरै छन् /

      फरक यति हो कि सूर्य खड्काले नेपाल भित्रकै हिजोका मालिक को अपानवायु सुँघेर वासनादार भएको घोषणा गर्छन भने हाम्रा नेताहरु भने प्लेन चढी चढी दक्षिणको अपानवायु सुँघ्न तीर्थयात्रा गरेझैं जान्छन् र सुँघेर कृतकृत भएर फर्कन्छ्न /

      Reply
  6. Ajaya Pradhan says:
    December 31, 2016 at 6:09 pm

    प्रचण्ड/बाबुराम/ओली/देउबा/कमललाई संसद र संविधानले स्वीकार्छ भने पारशलाई नस्वीकार्ने के त्यस्तो प्रावधान छ ?

    Reply
    1. प्रदीप पन्त says:
      January 2, 2017 at 12:25 am

      कल्ले भन्यो पारसलाई संबिधान ले अस्विकार गरेको छ भनेर ? योग्यता भए किन चुनाब लड्दैन त्यो बज्रस्वाँठ ?
      तेस्को बाउ र तेस्ले डुकुलण्ठु भएरै सारा जीवन फाले | दरवारका किरा भएरै अहिले सम्म जीवित छन् | सर्वसाधारण भएको भए उहिले फाँसी/जन्मकैद भैसक्थ्यो होला |
      बाउ नमिता-सुमिता र दरवार हत्याकाण्डको नाइके |
      कुपुत्र चाहिं प्रबीण गुरुङ, सानो काजी को हत्यारा अनि दरवार हत्याकाण्डको पासे |

      Reply
      1. Ajaya Pradhan says:
        January 2, 2017 at 7:23 pm

        ह्त्या हिंसा आन्दोलन र अहिलेको राजनीतिको कुरा गर्दा कस्ले के कति प्रगति गरेका छन सबैलाई प्रस्टै छ ,,, सबैको जीवन उस्तैहो रोल्पामा मारिएका हुन् या दरवारमा … दुधले नुहाएर आएका खोज्न त मानव जुनीमा असम्भव |

        Reply
        1. Tilly says:
          January 17, 2017 at 2:29 pm

          There are no words to describe how boiodcaus this is.

          Reply
  7. Ekraj says:
    December 31, 2016 at 3:26 pm

    It is really strange how soon the sentiment of some helpless people of Nepal changes with time and want forcefully oxiginate a half dead brain rotten creature.
    When people loose their civic sense, have no personal commitment for hard work, honesty, moral sense and give up the hope of creating new leaders through proper social order, the hapless tend to surrender their all pride to a druggist who not in the capacity of recognising himself and how will he save people like Surya ji and other follower of Paras Shah. What capacity Paras Shah has not to be played in the hands of Indians.
    Good luck.

    Reply
  8. Ajaya Pradhan says:
    December 31, 2016 at 2:43 pm

    पारशका बाबु जसरि राजावाट सिधै सर्वसाधारण बनाइए त्यसै गरि पारश पनि अहिलेको स्थितिमा तिमि हामि जस्तै सर्वसाधारण नै हुन् , पारिका शाहरुख र ऋतिकलाइ ह्याप्पी बर्थडे भन्नेको लाम नेपालमा यदा कदा देखिने पेट्रोलको भन्दा लामो नै छ भने ,, एक नेपालीले अर्को नेपालिलाइ जन्मदिनको अवसरमा शुभकामना दिनु र सुध्रिएर अघि बढ भन्नुलाइ कतै तिर जोड्नु आवश्यक छैन ,, हुनत ज्ञानेन्द्रको एउटा विज्ञप्तिले हल्लिने लोकतान्त्रिक मुलुकमा हामि छौं , पारशलाइ दिईएको शुभकामनाले नहल्लिने त कुरै भएन नि कि कसो मित्रहरु ?

    Reply
  9. Ratna says:
    December 30, 2016 at 10:47 pm

    वाह सूर्यजी, लभलेटर त दामी लेख्नु भएछ; बधाई छ…क्लासफेलो पर्यो कि क्या हो पारस शाह ? थाइल्याण्डमा सडेको मान्छे नेपालमा माथी चढेको छ अहिले….खुशी लाग्यो …यसमा सबै भन्दा ठूलो भूमिका श्रीमती हिमानीको नै होला; जेठीको पर्वाह नगरी बारम्बार बैंकक गएर फर्काएर ल्याईन | यसरी नै राजपरिवारको कुनै सदस्यले सड्दै गएको नेपालको अवस्था पुरानै लेभलमा ल्याई शान्ति र स्थायित्व, सार्वभौमिकता र राष्ट्रियतालाइ पनि सुधार्न योगदान दिने बेला भएको छ….वर्तमान राजनीतिक नेताहरुबाट आशा छैन, मोदीको धोती मुनि शरण लिएका छन् | नेपाली सेना पनि बेकामे भएको छ, ऊ बाट पनि आशा छैन, अहिले देशमा कुनै पनि मान्छेले कुनै पनि पार्टीलाइ शाबाश भन्दैनन् ; अब कि त मोदी आऊ नेपाल खाऊ, कि राजा आऊ नेपाल बचाऊ भन्ने अवस्था श्रीजना भएको छ है…जनताको मन, विश्वास, आदर र बहुमत जसले जित्छ, उसले नेपाल फेरी राम्रो बनाउन सक्छ |

    Reply
  10. Mishra Bharat says:
    December 30, 2016 at 11:33 am

    happy birthday पारस शाह आसा छ तपाई आफ्नो बनी व्यबहार परिबर्तन गरि नेपाल र नेपाली को मन भित्र राज गर्न सक टाउको मा हैन। नेपाली तपाईं लाई धेरै माया गर्छन् ।

    Reply
  11. Alikhit says:
    December 30, 2016 at 4:12 pm

    लौन यो बेमौसमी गर्धभ राग किन ?

    Reply
  12. Shankar says:
    December 30, 2016 at 3:36 pm

    कथा अनुसार हनुमान ब्रह्म चारि , राम भक्त र अपार सक्तिसाली थिए | हृषि को श्राप पारेर आफ्नो क्ष्यमता बिर्सेका थे | समुद्र नाघ्ने बेला अरुले ये तं त यति बलियो भनेपछि उफ्रेरसमुद्र नाघे अरे |
    उस्तै शैलीमा अब हामीले पूरब युबराज लाइ राजनीतिमा तानने प्रयास गरे दुर्घटना पो हुन्छ की ?त्यों सोच्नु पर्ने बिसय हो |
    उनीहरु को पनि आफ्नै लाइफ होला , दिन चर्या होला त के यो झंझट , यो टेंसन लीन तैयार होलान ?
    अब को नेपाल हिजो को भन्दा धेरै फरक नेपाल छ , आज धेरै बिहारी हरु भेस बदलेर नेपाली सभासद र
    ठुला कर्मचारी भइसकेको अबस्था छ , नेपाल माँ को प्रधानमन्त्री बन्ने तय दूतावास मार्फ़त दिल्ली माँ हुन्छ | प्रमुख नेताहरुले समेत ब्यबहार माँ सक्तिको श्रोत नेपाली जनता न भयी दिल्ली भएको मानी आएको अबस्था छः ”
    सी आई ये सक्रिय , यूरोपियन देश हरु बिभिन्न येन जी यो ,आई येन जी यो मार्फ़त नेपाली समाज फुटाउन र कलह उत्पन्न गर्न सक्रिय ”
    एस्तो नेपाल लाइ लागू पदार्थ ले गलेका , रोगी पारस को हात माँ दियो भने बिचारा उनलाई सेजाय दिएको हुदैन ??

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme