Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

टियुका भिसीले बाँडेको निमन्त्रणा पत्रमा कति धेरै गल्ती

Posted on December 27, 2016December 28, 2016 by Salokya


त्रिभुवन विश्वविद्यालय (टियु) का उपकुलपति (भिसी – भाइस चान्सलर) तीर्थ खनियाँको पिएचडी थेसिस प्लेजरिजमको नमूना रहेको प्रमाणै सार्वजनिक भए पनि कसैले गर्न केही सकेन। उनै भिसीको नाममा बाँडिएको दीक्षान्त समारोहको निमन्त्रणा पत्रमा गल्ती नै गल्ती भेटियो भनेर सोसल मिडियामा अहिले खुबै हङ्गामा मच्चिएको छ। यसले पनि हुने चाहिँ केही होइन। अलिकति रमाइलो भने पक्कै हुनेछ। हेर्नुस् महेन्द्र रायमाझीले पत्ता लगाएका गल्ती। अरु पनि प्रशस्तै गल्ती छन्। तीर्थ खनियाँको नामै गलत छापिएछ।

Plagiarism आरोप लागेका TU VC तीर्थ खनियाँ सरले बाँडेको निम्तापत्रमा गल्तीको संख्या पत्ता लगाउनुहोस् । @KuSamachar #TUConvocation pic.twitter.com/s0DdqGpovg

— Mahendra Rayamajhi (@mahenrayamajhi) December 27, 2016

12 thoughts on “टियुका भिसीले बाँडेको निमन्त्रणा पत्रमा कति धेरै गल्ती”

  1. Shankar says:
    December 30, 2016 at 4:46 pm

    येस्ता थीसिस चोरेर पि एचडी गरेका कांग्रेसी कार्यकर्ता लाइ टी यु को भी सी बनाएर , टी यु डुवाउनु बाहेक केहि हैन |

    Reply
  2. प्रदीप पन्त says:
    December 30, 2016 at 2:58 pm

    चन्द्र समसेरले भने जस्तै, “यो वाहुन लाई वागमतीको तीर वालुवा ख्वाऊंदै दौडाउ” भन्नु पर्ला जस्तो भएछ ।

    Reply
  3. शैलेन्द्र says:
    December 28, 2016 at 9:33 pm

    महेन्द्र रायमाझीजी,
    यहाँ कुनैपनि गम्भीर प्रकारका गल्तीहरु छैनन्। मेरो यस लेखमा उल्लेखित कसैसंग केही सरोकार छैन। तर कसैको मान हनन गर्ने मनसायले लेख लेख्नु भन्दा आफ्ना छोराछोरीहरुले कत्तिको शुद्धरुपमा नेपाली बोल्न र लेख्न सक्छन्? के नेपालीमा कम्प्युटरमा टाइप गर्न सक्छन्? भनेर पो सोच्ने हो कि?

    Reply
  4. shailen says:
    December 28, 2016 at 9:23 pm

    यहाँ देखाइएका गल्तीहरु कुनै पनि गम्भीर प्रकारका छैनन्। कसैको मान हनन गरी आनन्द लिंदैमा कसैको भलो हुनेवाला छैन। बरु सबैले आफ्ना छोराछोरीहरुले कत्तिको शुद्ध रुपमा नेपाली बोल्न र लेख्न सक्छन? के नेपालीमा टाइप गर्न सक्छन्? यो सोच्न जरुरी छ।

    Reply
    1. कमल says:
      December 30, 2016 at 6:54 pm

      कुतर्कको हदै भएन र भन्या? छोरा छोरीले नेपालीमा टाइप हान्न जान्नु र सप्रमाण प्राज्ञिक चोरीको बात लागेको भीसीले जथाभावी खेस्रामा आफ्नो सही खस्काउनु कसरि एउतै भयो? कसरि भुल छैन बताउनुस|

      Reply
  5. जनक says:
    December 28, 2016 at 6:58 pm

    एक दिन होइन एक क्षण मात्र पनि पदमा बस्ने हक छैन खनियालाई| हिमालखबर पत्रिकाले उनले चोरेको प्रमाण सहित लेख लेखे पछि शिर झुकाएर राजिनामा गर्नु पर्ने हो| सरकारले पनि झाडु लगाएर बाहिर निकाल्न पर्ने थियो|
    धेरै जसो प्राध्यापक र अन्य विद्वत कहालिएका व्यक्तिहरु मौन छन| उनीहरुले पनि के कसरि डिग्री र पी एच डी लिएका छन खनिया लाई थाहा छ र बाहिर निकालिदिने डर छ|
    ओलीको नक्कली डक्टरेट र खनियाको पी एच डी मा के फरक? खनिया बिद्यार्थी र शिक्षण पेशामा रहेकाहरुका लागि नमुना हुन् भने ओली राजनीतिमा तालि पिट्ने हरुका लागि वाकचालका अनमोल नमुना हुन|
    खनियालाई तु खोसुवा गरिन पर्छ|

    Reply
  6. LALIT KUMAR TAMANG says:
    December 28, 2016 at 5:44 pm

    In every office clerical jobs are carried by the secretary or by the Office clerk. I am sure this letter also must have been prepared by the Secretary/Clerk. We shouldn’t accuse to the VC for such typo errors but VC must have checked before they release it.

    Reply
  7. Dhan Khaling says:
    December 28, 2016 at 5:22 am

    अरु भन्दा नि टाइप गर्ने लाई हो कि प्रिन्ट गर्नेलाई पो गाह्रो पर्ने भो त 🙂

    Reply
  8. रमण भाट says:
    December 28, 2016 at 7:32 am

    खानियालाई के दोष? उनको काम चाप्लुसी गर्नु हो गरे, यस्तो घटिया व्यक्तिलाई भी.सी. बनाउने कांग्रेसको पो दोस हो त | बिरेन्द्र क्याम्पस चितवनको क्याम्पस प्रमुख हुँदा यिनले थुप्रै भ्रस्टाचार गरे, माध्यमिक शिक्षा परिषदमा त् झन् उत्पातै गरे | कसले के लाछारो त उनलाई ??? न टर्कीको प्राध्यापकले, न दा.गोबिन्द के.सी.ले, न त अख्तियारले | कांग्रेस दाहिने भएपछि कसको के लाग्छ नेपालमा ???

    Reply
  9. Rajendra Tamrakar says:
    December 28, 2016 at 1:46 am

    हाम्रो नेपालमा नेपाली भाषाका विद्वनहरु धेरै भएर यो किचलो आएको हो, भाषालाई सरल ढङ्गले ब्याख्या गरौं !
    यो सार्वजनिक बेइज्जती !!!!!!!!!!!!!

    Reply
  10. Ratna says:
    December 28, 2016 at 3:46 am

    अब त अति भयो …..नेपालमा सांस्कृतिक संस्थान, प्रज्ञा प्रतिष्ठान, आदि छन् रे….तर नेपाली साहित्य एकेडेमी छैन होला ….बरु त्यो एकेडेमी सरकारले लगानी गरेर स्थापना गरे कसो होला .. जसमा भाषाको एकरुपता बारे फलदायी छलफल र प्रकाशन होस् | ..हिन्दी र बंगलामा खाते देखि वरिष्ठ पत्रकार, टाइपिस्ट, सरकारी, गैरसरकारी, शैक्षिक पेशा आदि पेशामा संलग्न सबैले एकरूपताका साथ उत्कृष्ट हिज्जे र व्याकरणमा शुद्ध भाषा लेख्दछन | हाम्रोमा खै ? नेपाली युनिकोडमा टाइप गर्दा हिज्जे मिलाउनु हम्मे पर्छ तर पनि अलिकति समय खर्च गरेर टाइपगर्ने, लेख्ने, सम्पादन गर्नेहरुले शुद्ध नेपाली लेख्न सक्छन, तर अफसोस कसैलाई फुर्सत पनि छैन होला, रुचि पनि छैन होला, जाँगर पनि छैन होला…अनि त्यही भएर त्यस्तो रद्दी कार्ड छापिएको होला | त्रुटी देखाईदिनु भएकोमा धन्यवाद |

    Reply
  11. हृषिकेश अधिकारी says:
    December 28, 2016 at 2:35 am

    पढेर उपकुलपति भएको भए पो गल्ती गरेछ भन्नु ! चोरी र चाकरी गरेर प्रमाणपत्र र उपकुलपति पद थाप्ने सँग के शुध्दता आशा गर्नु. आफु कृतिचोर हो भन्ने प्रमाण गर्यो तीर्थेले…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme