Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आइतबार क्रिसमसमा सबैलाई विदा दिने शनिबार अबेरमात्रै गरियो घोषणा

Posted on December 24, 2016December 25, 2016 by Salokya

यसपालि पनि क्रिसमसमा इसाई धर्मावलम्बीलाई मात्र नभई सबैलाई सार्वजनिक विदा हुने भएको छ। यससम्बन्धी गृह मन्त्रालयको निर्णय शनिबार साँझ ६ बजेसम्म पनि मन्त्रालयको वेबसाइटमा अपलोड गरिएको थिएन। राति ७ बजे अपलोड गरिएको विज्ञप्तिमा आइतबार क्रिसमस डेमा नेपाल राज्यभर तथा विदेशस्थित सबै नेपाली कुटनीतिक नियोगहरुमा लागू हुने गरी नेपाल सरकारले पर्व विदा दिने निर्णय गरेको उल्लेख छ।

यसअघि राजपत्रमा प्रकाशित सूचनामा भने विदा इसाई धर्मावलम्बी सरकारी कर्मचारीलाई मात्र हुने उल्लेख थियो।

राजपत्रमा प्रकाशित सूचना

गृह मन्त्रालयकै साइटमा राखिएको राजपत्रको सूचना हेर्न यहाँ क्लिक गर्नुस्–

3 thoughts on “आइतबार क्रिसमसमा सबैलाई विदा दिने शनिबार अबेरमात्रै गरियो घोषणा”

  1. बिक्रम says:
    December 24, 2016 at 11:18 pm

    कस्तो रमाइलो “सोमबार राति ७ बजे अपलोड गरिएको विज्ञप्तिमा आइतबार क्रिसमस डेमा”
    आइतबारको लागि बिदा सोमबार!
    सरकारी भाषा “नेपाल राज्यभर” पण्डितहरुले के भन्छन कुन्नि मलाई चाही अप्ठ्यारो लाग्यो! — नेपालीको जग एस एल सी भन्छन क्यारे! त्यसैमा ३२ आको थ्यो तै पनि यो “नेपाल राज्यभर” चाही अप्ठ्यारो नै लागो यसको बिकल्प “सार्बजानिक बिदा” हुन सक्थ्यो कि!

    यहाँ त विभिन्न राज्यहरुको गणराज्य हो जसमा नेपाल राज्यमा चाही बिदा छ है भने जस्तो बुझियो!

    Reply
    1. Salokya says:
      December 25, 2016 at 12:13 am

      हैट शनिबार लेखेको हो के कसरी सोमबार भएछ ! सच्याइयो तपाईँको कमेन्ट देखेपछि । धन्यवाद

      Reply
  2. वल says:
    December 24, 2016 at 10:41 pm

    विगतमा बिद्युत प्राधिकरणले लोड्षेडिङको तालिका निकाल्दा लाग्थ्यो, बरु बत्ती आउने तालिका निकालेको भए ठीक हुन्थ्यो|
    अब यस्तो लाग्न थालेको छ्, सरकारले विदाको तालिका भन्दा काम गर्ने दिनको तालिका निकाले हुन्छ|
    घाम तपुवे, कामचोर र भ्रश्टहरुको वाहुल्य भएको कर्मचारीलाई के को विदा? भन्सार र मालका कर्मचारीले किन विदा लिन मान्दैनन? काम नगरनेलाई जैले नि विदै विदा| बरु विदाई नै दिए हुन्छ|
    त्यस्ता जो घुसखोरीहरु छन, सिधै नर्कमा जान्छन, झन जग्गा अध्यावधि र पास गर्नेहरुलाई पाप र श्राप भन्ने चिजको डरै छैन जस्तो छ|
    आफ्नै धेरजसो अनुभव र् पर्यवेक्षणको आधारमा यो भन्न लागेको हुँं|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme