Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अपडेट : आइतबार क्रिसमसमा सबैलाई विदा दिने शनिबार अबेरमात्रै गरियो घोषणा

Posted on December 23, 2016December 24, 2016 by Salokya

अपडेट (डिसेम्बर २४, शनिबार राति ७:१४) : यसपालि पनि क्रिसमसमा इसाई धर्मावलम्बीलाई मात्र नभई सबैलाई सार्वजनिक विदा हुने भएको छ। यससम्बन्धी गृह मन्त्रालयको निर्णय शनिबार साँझ ६ बजेसम्म पनि मन्त्रालयको वेबसाइटमा अपलोड गरिएको थिएन। सोमबार राति ७ बजे अपलोड गरिएको विज्ञप्तिमा आइतबार क्रिसमस डेमा नेपाल राज्यभर तथा विदेशस्थित सबै नेपाली कुटनीतिक नियोगहरुमा लागू हुने गरी नेपाल सरकारले पर्व विदा दिने निर्णय गरेको उल्लेख छ।

यसअघि राजपत्रमा प्रकाशित सूचनामा भने विदा इसाई धर्मावलम्बी सरकारी कर्मचारीलाई मात्र हुने उल्लेख थियो।

यसअघिको ब्लग
नझुक्किनुस्, यसपालि क्रिसमसमा आइतबार सबैलाई विदा छैन
अघिल्ला केही वर्षहरुमा क्रिस्चियनहरुले उल्लासपूर्वक मनाउने चाड क्रिसमसमा सबैलाई सार्वजनिक विदा हुने गर्थ्यो। यो पटक पनि त्यसै होला भन्ने लागेको छ?

नझुक्किनुस्। यो पटक सबैलाई क्रिसमसमा विदा छैन।

नेपाल सरकारले यो वर्ष कुन कुन पर्वमा विदा दिने भन्ने बारे पोहोरै निर्णय गरेर राजपत्रमा यसबारे सूचना छापिसकेको छ। त्यस अनुसार क्रिसमसमा सबैलाई विदा छैन। त्यसैले पोहोर परार जस्तो विदा यसपालि हुने छैन। तर विदा नै नहुने भन्ने चाहिँ होइन।

सरकारले क्रिसमसमा इसाई धर्मावलम्बी सरकारी कर्मचारीहरुलाई मात्र विदा दिने भनेको छ। अर्थात् कोही सरकारी कर्मचारी हो र इसाई धर्मावलम्बी पनि हो भने मात्र उसले विदा पाउने छ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको कूल जनसंख्याको १.४२ प्रतिशतमात्र क्रिश्चियन छन्। त्यसमध्ये कति सरकारी सेवामा छन्, त्यसको तथ्याङ्क भने छैन।

हेर्नुस् राजपत्रमा प्रकाशित सूचना

4 thoughts on “अपडेट : आइतबार क्रिसमसमा सबैलाई विदा दिने शनिबार अबेरमात्रै गरियो घोषणा”

  1. rukmagat sharma says:
    December 24, 2016 at 6:21 pm

    क्रिश्चियनलाई झै अन्य कर्मचारीहरूलाई पनि उनिहरूले मान्ने धर्म अनुसार सार्वजनिक विदा गराउनु पर्छ | मुसलमानलाई दशैमा विदा किन , त्यस्तै रमजानमा हिन्दुलाई विदा किन

    Reply
  2. Siraj Ojha says:
    December 24, 2016 at 3:17 pm

    कूल जनसंख्याको १.४२ प्रतिशत मात्र रहेका क्रिश्चियनका कारण किन सबैलाई विदा दिने ? यस पटक सरकारले सही निर्णय गरेछ ।

    Reply
  3. Gags says:
    December 24, 2016 at 2:46 am

    के खृस्टियनहरुलाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरेको हो सरकारले? किन भेदभाव ?

    Reply
    1. Abhi says:
      December 24, 2016 at 11:40 am

      भेद- भाव कसरि भयो?? बिदा दियेको नै छ तर तिमीहरू लास पुजक हरू को लागि मातर

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme